Skip to main content

Posts

Showing posts with the label सामाजिक संजाल

एघारौँ दिन : कनेक्सन VS कम्युनिकेसन

LinkedIn भन्ने एउटा एप्पलिकेसन छ । जसमा यदि तपाई र कोहि मानिस जोडिनु भयो भने त्यसलाई LinkedIn ले कनेक्सन भनेर परिभाषित गर्दछ । तर फेसबुकलाई हेर्नुस् तपाई जोसँग जोडिए पनि तपाई उसको फ्रेन्ड अर्थात साथी बनिहाल्नु हुन्छ । मेरो फेसबुकमा १७०० जना साथी छन् । म त्यसलाई सम्झेर बेला बेला एक्लै हाँस्छु ।  नेपाली शब्दकोषका अनुसार साथीको अर्थ हुन्छ : एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति , सँगी , मित्र अथवा कुनै कामकुरामा साथ दिने , परिआएका बेला मद्दत गर्ने , सहायक , सहयोगी , मदतगार । अब भन्नु तपाईका कति वटा फेसबुक फ्रेन्ड यस साथीको यस परिभाषा भित्र पर्दछन् । मैले भन्न खोजेको के हो भने तपाईका फेसबुकका साथी कनेक्सन हुन् कम्युनिकेसन हैनन् ।  तपाईलाई याद छ मानिस किन चिठ्ठी लेख्थे ? यो घरायसी चिठ्ठीको कुरा हो । आफ्नो गैरहाजिरिमा कसैलाई आफ्नो कमीको अनुभवले नसताओस् भनेर मानिस चिठ्ठी लेख्थे आफु त्यहाँ उपस्थित हुन नसके पनि आफ्नो खबर पुगोस् भन्ने उद्देश्यले । चिठ्ठीले एक अर्कासँग भेट्नका लागि एक सुन्दर माहोल सृजना गर्दथ्यो । हामी पनि अहिले चिठ्ठी लेख्दछौँ । एक दुई वाक्य वा एक दुई शब्दका अनि हाम्रो सामाजिक स

दशौँ दिन : नयाँ सम्बन्ध सामाजिक सञ्जालसँगको

हिजोको कुरो हो । दिउँसो एकपल्ट मैले मेरो फेसबुक र इन्स्टाग्राम दुवैमा एक पल्ट लग इन गरेँ । हेरे सरसरती ५ मिनेट जति कस्तो अनौठो अनौठो लाग्यो । मलाई आफ्नो बिगत सम्झेर एकक्षण ताज्जुब लाग्यो । सोचे केहि दिन , ठ्याक्कै भन्दा १० दिन अघि म जे नभइ बस्न सक्दिन थिएँ एकाएक त्यसको आकर्षण हराएझैँ लाग्यो । सामाजिक सञ्जाल जीवनको एउटा साघुरो पाटो रहेछ म त्यसलाई जीवनको फराकिलो मैदान भनेर अल्मलिएको रहेछु । लत थियो मलाई यसमा कुनै दुईमत छैन । कुनै समय मैले सामाजिक सञ्जाललाई ६ महिना डिलिटनै गरेर बसेको पनि हुँ तर जब चलाउन थालेँ म पुन: यसको लती बनेँ । त्यसपछि यसरी लत लाग्यो कि मैले त्यसलाई छोड्नै सकिन । पहिलो लेखको अन्त्यमा भनेको थिएँ म सामाजिक सञ्जाललाई कुनै चुरोटको लतीले चुरोटेहरुकै बीच रहेर चुरोट छोडेझैँ छोड्न चाहन्छु । यो १३ दिनको यात्रा त्यसैको एउटा प्रयास हो । जारी छ ।  याद छैन पुरानो लेखमा भनेको थिएँ कि थिइन तर मोबाइल मानिसको जीवनलाई सहज बनाउने एउटा प्रविधि मात्र हो । तर त्यसलाई जीवन ठान्नु मानिसको एक भुल हो । म आफ्नो गल्ती स्वीकार्दछु । मानिसले किनेका अन्य उपकरण जस्तै साइकल , गीतार पार्किङमा र कोठामै

नवौँ दिन : सम्झन नसक्ने कि सम्झन नदिने ?

  In a new paper published in the Journal of Experimental Social Psychology , researchers showed that those who documented and shared their experiences on social media formed less precise memories of those events. यहाँ एउटा प्रश्न आफैलाई गर्दछु । के यो नसम्झनुको समस्याले मेरो स्मरण शक्ति कमजोर भए तर्फ इशारा गर्दछ ? सामान्य हिसाबले हेर्ने हो भने पक्का पनि गर्दछ तर म यसको ९० प्रतिशत दोष attention span . अटेन्सन स्पान अर्थात ध्यान नभट्किइ केहि कुरामा ध्यान दिएर कति समय बस्न सकिन्छ भन्ने बुझिन्छ ।  एउटा उदाहरणनै लिउँ मानिलिउँ म इन्स्टाग्राममा कुनै रिल हेर्दै छु । त्यहाँ एउटा भिडियो देखियो जहाँ मैले संसारका सबैभन्दा बिशाल नदिहरुको परिचय पाएँ  तर त्यो हेरि नसकिँदै म अर्को रिल फिडले मलाई अर्को भिडियो देखाइदियो जहाँ ब्राड पिटले आफ्नो पहिलो फिल्म खेल्नुको अनुभव साझा गरिरहेका थिए । अब मैले बिशाल नदिहरु कुन कुन थिए भन्ने कुरालाई बिर्सिदिएँ । मानिसको दिमाग एउटा भंयकर योग्य कम्प्युटर हो जसले धेरै भन्दा धेरै कुरा स्मरण गर्न सक्छ तर यहाँ के भइदिन्छ भने उसले त्यती समय पाउँदैन कि उसले त्यो रेकर्ड गर्न

आठौँ दिन : In a Reelationship !

  रिल्स अनि युट्युब सर्टस्को म पनि लती हो । त्यहाँ  एक एक पलमा संसार बदलिन्छ । एक पल कुनै सुन्दर युवतीको नृत्य आइरहेको हुन्छ । अर्को पल चाइनाको कुनै ठाँउमा बाँसको सामान बनाइरहेका मानिस , भुइ खनेर अस्थायी घर बनाइरहेका अफ्रिकन पुरुष । शरीर सुगठनमा लागि परेका अभिनेता । संसार अट्छ त्यहाँ । कहिलेकाँहि म त्यसमा यति अल्मलिनथ्ये कि सोच्थेँ म आज एकै दिनमा संसारका सबै रिल हेरेर सकिदिउँ तर सकिँदैन । अथाह छन् ।  मलाई मात्र हो वा अरुलाई पनि हुन्छ थाहा छैन तर म यहाँ एउटा प्रश्न राख्न चाहन्छु । के कहिलेकाँहि रिल हेर्दै गर्दा अथवा यत्तिकै सामाजिक सञ्जाल चलाइरहँदा एकाएक उदासीले झ्याप्प छोप्दछ ? म यो के गरिरहेको छु , किन यसरी समय बर्बाद गरिरहेछु भन्ने ग्लानीले चसक्क घोच्छ । के तपाईहरुलाई पनि यस्तो हुन्छ ? मलाई बारम्बार हुने गर्दथ्यो । पछिल्लो आठ दिनबाट मैले यस कुराबाट मुक्ति पाएको छु ।  Mindless scrolling is when someone gets on social media – whether it be Twitter, Instagram, Tiktok, or Facebook and starts scrolling through their feeds without even thinking about why they are doing it. माइन्डलेस् स्क्र

सातौँ दिन | सिक्ने कि सिकाउने : द मोर्डन फेम उर्फ प्रसिद्धि

  यो लेखले कसैको खुवी माथि शंका गर्दैन र कसैको कलालाई अपमान गर्दैन यदि कसैको जीवनसँग मेल खाएमा वा कसैको भावनामा ठेस पुगेमा संयोग मात्र हुनेछ । अरिजित सिंहको कुरा गरौँ । उनलाई नचिन्ने सायदै कोहि होला । म उनको भइंकर ठूलो प्रशंसक हुँ र मेरा फुर्सदका पल उनका गीत सुनेर गुज्रने गर्दछन् । मैले केहि दिन अघि द म्युजिक पोडकास्टमा उनको अन्तरवार्ता सुनेको थिएँ । तब मलाई बोध भयो कि अरिजित सिंह किन सबको प्रिय भएका हुन्। बर्षौँ सम्मको उनको रियाज , भारतिय संगीतकार प्रितमसँग असिस्ट्यान्टका रुपमा उनले गरेको काम । अरिजित सिँहलाई उनको रियाज र सिक्ने चाहले अरिजित सिंह बनाएको रहेछ । म त्यसपछि अहिलेका सो कल्ड कलाकार हेर्छु । मलाई ताज्जुब लाग्छ कि कलाकारी क्षेत्रमा देखिएका थोरै समयमानै उनीहरु कार्यक्रमहरु तिर शिक्षा बाँडिरहेका भेटिन्छन् । थाहा छैन ख्याती छिट्टै पाएर हो वा के हो उनीहरुले सिक्न छोडेको आभाष हुन्छ मलाई । म आफै पनि कविता लेख्छु , कथा लेख्छु । तर मलाई लाग्दैन कि म जान्ने भएको छु । मेरो अगाडी एउटा साहित्यको अथाह संसार भर्खर खुलेको छ । मलाई हराउनु छ त्यही । एक पल्ट सम्झन्छु मेरो नजिककै भाइले उसको कले

छैटौँ दिन : छुट्छु कि भन्ने डर

  अङ्ग्रेजीमा एउटा टर्म छ । FOMO अर्थात ( Fear Of Missing Out ) । परिभाषित गर्दा FOMO यस्तो हुन जान्छ । " anxiety that an exciting or interesting event may currently be happening elsewhere, often aroused by posts seen on social media." नेपालीमा भन्ने हो भने मैले संसारमा भइरहेका रमाइला र महत्वपूर्ण घटनाहरुका बारेमा पो थाहा नपाउने हो कि भन्ने डर । सामाजिक सञ्जालबाट टाढा बस्दा मानिसमा यो डर उत्पन्न हुन्छ भन्ने कुरा धेरै अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । साथीले नानी पायो कि ? साथीभाइ आजकल कहाँ जाँदै छन् । छिमेकी के गर्दै छन् । देशमा के भयो । नयाँ मिम के के आए बजारमा । को रातारात परिचीत भयो । को हाँसोको पात्र बन्यो । यी सबै कुराबाट बञ्चित हुन्छु कि भन्ने डरले मानिसलाई दिन रात सताउछ । संसारको यो गति सँग तालमेल मिलाउन मानिस सधै प्रयासरत देखिन्छ । तर यसो गर्दा उसको जीवनको गतिको भने के हुन्छ ?  आज सामाजिक संजालको वाल नचिहाएको छैटौँ दिन । म छुट्छु भन्ने डर मनमा एक थोपो पनि पलाएको छैन । मलाई लाग्छ मानिस असिमित सम्भावनाहरु बोकेर आएको तर पनि संसारको बिराटता हेर्ने हो भने उसका ति सम्भावन

पाँचौ दिन : यात्रा र हाते क्यामरा

  द सेक्रेट लाइफ अफ वाल्टर मिट्टी नामक एक फिल्म छ । जस्को अन्त्यमा एक फोटोग्राफर हिउँ चितुवाको फोटो खिच्न धेरै दिन देखि एउटा ठाँउमा पर्खिरहेका हुन्छन् । तर जब उनले हिउँ चितुवा देख्छन् उनले फोटो खिच्दैनन् बस त्यो चितुवालाई नाँङ्गो आँखाले हेरिरहन्छन् । त्यस बेला उनलाई फिल्मका पात्रले किन तँ उसको फोटो खिच्दैनस् भनेर सोध्दा फोटोग्राफर ले भन्छन् “ Sometimes I don't. If I like a moment, for me, personally, I don't like to have the distraction of the camera. I just want to stay in it.” (  फिल्मको यो सिन हेर्न यहाँ जानुहोला ) मानिस किन यात्रा गर्छन् ? म यस्को उत्तर मेरा कविता , कथा अनि संस्मरणका माध्ययम बाट खोज्ने चेष्टा गरिरहन्छु । मेरा यात्रा सहयात्री प्राय जसो फोटोग्राफर हुने गर्दछन् । उनीहरुको कर्मनै तस्विर खिच्नु हो । त्यसैले गर्दा तिनले पैसो कमाउँछन् । नेपाल एड्थ वन्डर मेडियाबाट यात्रा बृतचित्र बनाउने सिलसिलामा म धेरै ठाउँ घुम्न पुगेँ । टिमका मानिसलाई प्रकृतिको सुन्दरता उठाउनलाई भन्दा पनि त्यसलाई तस्विरमा उतार्न हतारो हुन्थ्यो । मैले यस कुरामा गुनासो गरेको भने हैन । यो त्यो टिमको

चौथो दिन : ओशो भन्छन्

ओशो भन्छन्  :  "Energy itself is neutral, when it is expressed biologically, it is sex. When it is expressed emotionally, it may become love, it may become hate, it may become anger. When it is expressed intellectually, it may become scientific, it may become literary. When it moves through the body, it becomes physical. When it moves through the mind, it becomes mental. The differences are not differences of energy as such, but of the applied manifestations of it." म ओशोलाई बहुत मनपराउँछु । सामाजिक सञ्जालबाट टाँढा रहँदा मन चञ्चल हुनु स्वभाविक हो । म त्यस चञ्चलताको उत्तर खोज्दैैछु सायद ओशोका शब्दहरुमा । उनका किताब पढेर मैले ध्यानसँग सम्बन्धित कैयौँ कुरा बुझ्न सक्दिन तर कता कता आफुलाई भेट्छु । जीवनका कति कुराका उत्तर भेट्छु । पढ्नुको एउटा सुन्दरता यहि हो ।  सामाजिक सञ्जालका बारेमा एकाध अध्ययनहरु पढिरहेको थिएँ एउटा अनौठो कुरा थाहा लाग्यो । सामाजिक सञ्जालमा पोस्ट गर्नु पछाडिको एउटा डरलाग्दो सत्य । अध्ययन भन्दछन् : मानिस स्वभावैले एउटा यस्तो जात हो जस्लाई बेला बेला समाज र आफू वरप

तेस्रो दिन : लत कहाँ त्यसै जान्छ र ?

  लत कहाँ त्यसै जान्छ र .. त्यसको मुल्य चुकाउनु पर्छ ।  हिजो दिउसो बाहिर गएँ । मैले लेखेको छोटो फिल्म खिचिने निस्चित भयो ।आफुले मनबाट लेखेको पात्र कुनैदिन पर्दामा देखिने भएकाले मनै खुसी भयो । दिनभर फिल्म मेकर साथीहरुसँग बिताएर साँझ घर फिेरेँ । एकाएक सामाजिक सञ्जाल खोल्न मन लाग्यो । मन एकाएक एकतमासको भयो । हातका ‌औंलाले पनि मोबाइलको स्क्रिन खोजेझैँ भयो । साह्रो पर्‍यो आफुलाई सम्हाल्न । मलाई यसबाहेक कुनै कुराको लत छैन त्यसैले अरु लत हुनेलाई लत छोड्न कति साह्रो पर्छ त्यसलाई म सायद राम्ररी बयान गर्न नसकुँला । तर मेरो अवस्थाको बयान गर्न म एकपल्ट प्रयास गरि हेर्छु । सुर्ती छोडेको मानिसलाई सायद तल तल लाग्दा उसको मुख बर्बराउँदो हो । चुरोट छोडेको मानिसलाई सायद सास कम भएको आभाष हुँदो हो । रक्सी छाडेकालाई रक्सी पिउन नपाउँदा सायद शरीरमा पानीको कमी भएको भान हुँदो हो । मलाई सायद हिजो डोपामिनको कमी भएको थियो ।  Social media has a reinforcing nature. Using it activates the brain’s reward center by releasing dopamine, a “feel-good chemical” linked to pleasurable activities such as sex, food, and social