Skip to main content

Posts

Showing posts with the label संस्मरण

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

पिके पिक पदयात्रा

Photo : Amir Shrestha @nepal8thwonder वैशाख २३, २०७९ , बिहान ८ बजे ( भुलभुले , सोलुखुम्बु ) लालीगुराँसको दुनिया भुलभुलेमा आज बिहानै देखि झरी परिरहेको छ । म सुतेको ओछ्यान माथि पानीले एकोहोरो संगीत बर्साइरहेको छ । पानी नपरेको भए यतिबेला म पिके बेस क्याम्प तिर हिँड्दै हुन्थे  तर पानीले त्यसो हुन देला जस्तो छैन ।  यो यात्रामा मलाई नियमित डायरी लेख्न मन थियो । पहिलो दिन गाडीमा ओखलढुङ्गा पुगेर लेख्न सुरु गर्नु पर्ला सोचेको थिएँ । दिन भरि गाडीमा हिँडेकाले ओखलढुङ्गा पुग्न लाग्दा गाडी लाग्यो । ड्राइभर दाजुलाई एक छिन साइड लगाउन भनेर मैले बाटो छेउको कुलोमा दुई पाउ जति छादे । अलिकति सञ्चो त भयो तर ओखलढुङ्गा पुगेर कलम समाउन जगर आएन । रासन ओकलेर फुर्सद नभाको शरीरले किन हो कोनि शब्द ओकल्न मानेन ।  राती ओखलढुङ्गा पुग्दा पार्टीका झंडा बोकेर युवा र बुढा बुढी बाटोमा हिडिरहेका थिए । चुनाव आउँदा नेपालको माहोल सधैं यस्तै हुने गर्दछ । देशको मुहार फेर्छु भनेर हिड्ने ति जस्तै मानिस केही समय पछि देशभर मुहार लुकाउँदै हिँडेको देखिन्छन् । देशको यो चलन बाट म अपरिचित छैन । मलाई त उसै पेट निमोठेर सकस भइरहेको थियो राज

जादुमय खप्तड

  Photo : Amir Shrestha @nepal8thwonder २०७७ साल, चैत्र महिनाको एक बिहान खप्तडका सयौँ पाटन , त्रिवेणी मन्दिर , सहस्रलिङ्ग र बाबा आश्रम, सबै एकैसाथ हिउँले सेताम्मे भए । त्यो मेरो जीवनको पहिलो हिउँ अनुभव थियो । आँखा अगाडि नेपथ्य ब्यान्डको , आकाशबाट के उडी आयो भेडाको ऊन जस्तो नामको गीत खसिरहेको थियो । प्रकृतिले पनि गीत गाउँछ भन्ने कुरा मैले त्यही दिन थाहा पाएको थिएँ । यस समय, २०७९ सालको बर्खाका दिन काटी रहँदा पनि म त्यो पल उत्तिकै स्प्रस्ट सम्झन सक्छु । भाग्यलेनै भनौ २०७७ साल र २०७९ सालको अन्तरालमा मैले दुई पल्ट खप्तड भ्रमण गर्ने मौका पाएँ । एकपल्ट २०७७ साल चैत्रमा र अर्को २०७९ साल असारमा । म भाग्यमानी छु किनभने मसँग सेताम्मे र हराभरा दुबै खप्तडको मिठा अनुभव छन् । मेरो पहिलो खप्तड यात्रा, अघिल्लो जागिरबाट बचाएको केही हजार रुपैयाको सहयोगमा जीवनको नीरस नियमिततालाई भत्काउन सकिन्छ कि भनेर गरिएको एउटा प्रयास थियो । दोस्रो पल्ट खप्तड जाँदा म ट्राभल राइटर भइ सकेको थिएँ । मेरो कलम माथि देशका धेरै भन्दा धेरै मानिस सम्म खप्तडलाई पुर्याउने जिम्मेवारी थियो । जिम्मेवारीले थिचिँदा पछिल्लो पटक मैले खप्त