Skip to main content

Posts

Showing posts with the label कथा

पुल सम्बन्ध

      छेउमा नारायण गोपालको केही मिठो बात गर गीत सानो स्वरमा बजिरहेको थियो । जीवनका एकदम उदेकलाग्दा कुरा गर्ने बिचार बोकेर मलाई आफ्नो कोठामा बोलाएकी उ स ले किन मोवाइलमा त्यो गीत बजाएकी थिइ आज पनि   म भन्न सक्दिन । बर्खाको मौसम  , बाहिर मुसलधारे पानी परिरहेको थियो , यस्तो मौसममा पहिले पहिले हाम्रा चेतना दिमागबाट सरेर कम्मर मुनि चल्मलाउन थाल्दथे । सायद शरीरको खेल देखि अघाएका थियौ या थाहा छैन त्यो दिन त्यस्तो के भएको थियो, हामी मौन एक अर्कालाई हेरी मात्र रहेका थियौ ।    मलाई याद छैन मैले त्यो भन्दा पहिला त्यसरी कुनै केटीलाई एकोहोरो भएर हेरेको । त्यो दिन पहिलो पल्ट म आत्मा हराएको आँखालाई हेरिरहेको थिएँ । यस्तो हैन कि उसको आखाँ सधै त्यस्ता थिए, पहिले त म तिनमा जीवन देख्थेँ । मलाई लाग्थ्यो सायद जीवनले जीवित रह्न उसका आँखाबाट उर्जा लिन्छ । प्रेम र जीवनको खाल्डोमा भासिदै गइरहेको मेरो जीवनलाई कुनै दिन उसैका जीवन्त आँखाले उद्धार गरेका थिए । मेरो अधमरो जीवनलाई जीवन दिने तिनै आखाँ मेरो अगाडि मृत्युको बाटोमा अघि बढिरहेका थिए र म त्यो हेर्न नसकि नसकि पनि हेरिरहेको थिएँ । उसलाई पनि सायद हेरिरहोस् जस्त

चप्पलको आत्महत्या !

Photo by: Pixabay  सपना देखेको थिएँ वा यर्थाथनै थियो, यसै भन्न सक्दिन । हिजो रातीको कुरा हो, आँखा खोलेरै देखेको जस्तो लाग्छ , सपनानै पो थियो कि जस्तो पनि लाग्छ, ब्युझेको थिएँ जस्तो पनि लाग्छ, निदाइरहेकै थिएँ जस्तो पनि लाग्छ ।  हिजै  राति त हो मैले त्यो रातो चप्पललाई झुल झुन्डाउने हुकमा डोरीको पासो लाएर झुन्डेको देखेको । सपनानै हो जस्तो लाग्छ, तर फेरी सोच्छु सायद ब्युझेकै थिएँ तैपनि जाबो एउटा चप्पलको जोडी न हो भनेर फेरी सुतेँ कि ? यदि मान्छे झुन्डेको देखेको भए झस्केर उठ्ने थिएँ होला अनि थाहा हुने थियो सपना हो कि विपना भनेर। अनि चप्प ल लाई त्यस्तो  सारो  मत्लब कस्ले पो गर्छ र, न चप्पल कराउँछ न त रून्छनै  ।   त्यही  माथि  म चप्पलको सौख राख्ने मान्छे पनि परिन ।  जहाँ सम्म मलाई याद छ एकपल्ट म सँग स्बाट्ट खुट्टा छिराउँने एउटा चप्प्ल थियो कालो रङ्गको हात्तीछाप । त्यो चप्प्ल खुकुलो भएकाले फुटबल खेल्न गाह्रो थियो । सोच्थेँ कहिले यो चप्पल चुँडिएला र बाबालाई अर्कौ चप्पल किन्न लगाउँ भनेर । यो लगभग म पाँच छ कक्षा पढ्दाको कुरा हो , अहिले त म जस्को , जस्तै चप्पल भेट्यो त्यही लगाएर हिँडि

म घामभन्दा छिटो भएँ

Photo by: Abhiram Prakash , from Pexels उठेर बाहिर हेरेँ पुरै अन्धकार थियो, सोचेँ आाा के जानु यस्तो चिसोमा मनीङ्ग वक, बरू सिरक ओढेर सुत्छु, तातो त हुन्छ ।  तैपनि कसो कसो मनलाई मनाए अनि निस्के बाहिर । बाहिर निकै चिसो थियो केही बेर हिडे पछि बल्ल शरीरले तातो चाल पायो अनि मैले पनि चाल पाएँ कि म त आज घाम भन्दा चाँडो उठेछु । यो एउटा भावना जब मनमा उत्पन्न भयो तब मानौ मेरो हेराइमा यस्तो परिवर्तन आयो कि म सबै कुरालाई फरक ढङ्गबाट हेर्न थाले । लाखौ बर्ष देखी त्यो आकाशमा सधै उदाउने घामलाई जितेको किन महसुस भइरहेको थियो थाहा छैन मलाई, बस यती थाहा छ मैले आज घामले देख्न नपाएको धेरै कुरा देखेँ । मैले देखेँ कलेज जाने युवा युवतीका मुहारमा नाचेको अर्धनिद्रा मिश्रित हाँसो, त्यही देखेर होला, मेरा कलेजका दिनका सम्झनाहरू एकाकए कतैबाट आए अनि मेरो काधमा तप्थपाएर गए । त्यहाँ बाट केही पर पुगेपछि देखेँ एउटा मधुरो बत्ती, बत्ती मुनि बलिरहेको मधुरै ग्यास चुलो अनि त्यही चुलो माथी उडीरहेको चियाको बाफ , त्यही छेउमा बसेर मुखबाट बाफ उडाइरहेका दुई थान मान्छे , सोचेँ घामले आज त्यो बाफमा उडेका चिया पसलेको रहर देखेन

जङ्गलमा हराएको मान्छे

Photo by:  Bruno Abdiel from Pexels घना जङ्गल छ, अनि सुनसान पनि छ । हराएको छ एउटा मान्छे यही जङ्गलमा । ठूला ठूला रूख छन् , चराको चिरबिर छ , पातको सुस्केरा पनि छ । किन हराएँ त म भनि सोचिरहेछ त्यो मान्छे यो अत्यासलाग्दो स्थीतीमा । घामको प्रकाश पनि छ जो उसलाई भन्दैछ तँ यही पृथ्वीमा छस् अनि जङ्गलमा छरिएको छ घामको किरण, डालाबाट भुईमा छरिएका मकैका गेडा जस्तै । रूखहरूमा मिठा फल फलेका छन् । जङ्गल बीच एउटा ठूलो खोला छ , कलकल बगरिहेकोछ । खोला माथि एउटा राम्रो, काठको पुल छ जस्को एउटा अन्त्यमा त्यो मान्छे छ । अगाडि हेरिरहेको छ आफुले पार गरेको दुरीलाई । सोच्दैछ अब फेरी त्यतै फर्कनु उचीत हुँदैन । अब त मैले बिगतको यात्रा गर्नु अर्थहिन हुनेछ । सोच्दैछ सायद मैले पार गरेको त्यो दुरी नाप्न सक्थे त भविस्यमा मलाई मेरो यात्रा सम्झने खुराक हुनेथियो । त्यसैबखत जङ्गलका हरेक कुनाबाट कसैले उसको नाम बोलाउँछन्, एउटा ठूलो भिडको गाइगुइ जस्तो आवाजले त्यो शुन्यतालाई चिर्थौछ । यो जङ्गल जस्मा त्यो मान्छे हराएको छ त्यो सामान्य जङ्गल हैन , उसको आफ्नौ मनको जङ्गल हो , उसको भावनाहरूको जङ्गल हो , उसको काल्पनीक जङ्गल

बलि राजाको पक्राउ

Photo : Kamil Ghais /Flickr तीनतले घरको छतबाट पहिले तल्लाको झ्यालसम्म झरेर पिल पिल गर्दै बलिरहेको झिलीमिली बत्तीलाई एकछिन टोलाएर हेर्यो र बसन्तले भन्यो जाऔँ साथीहो अब यो घरका मान्छे तल झर्छन जस्तो लाग्दैन मलाई । उसको स्बर लगातर आधा घण्टा भट्टयाएपछि सुकेको थियो, तिर्खा पनि उतीनै लागेको थियो, पाएको भए एक अम्खोरा पानी एक सासमै रित्याइदिने थियो । पछाडिबाट रमेशले भन्यो जाने भए जाउँ तर आशिष दिएर जाउँ , घरबेटीले  गति छाड्यो भनेर हामीले छाड्नु हुँदैन । खोयाको गति नछाड्नु, सालेहरू माथी जाँड धोेकेर तासमा नारिएका होलान , यत्रो बेर गाएको नसुन्नेले हाम्रो आशिष सुन्छन् जस्तो लाग्छ तिमीहरूलाई झोक्कीदै भन्यो पुण्यरामले । पुण्यरामको कुराले देउसी टोलीमा थोरै खैलाबैला भयो , केटाहरूको गाइगुई बढ्न थाल्यो । ठिकै छ नि त यत्रो बेर त खेलियो अब दुई मिनेट त हो म भट्टाउँछु अनि जाउँला, ल बिष्णु मादल बजा, सकेर गइहालौ अब त अबेर पनि भैसको दरबार पुग्नु छ, बसन्तले सुकेको स्वरमा भन्यो । बसन्तका कुरा भुईमा झर्न नपाई बिष्णुको मादलले ताल दिइहाल्यो अनि आशिष सुरू भयो । बसन्त : आहै, भन मेरा भाइहो  देउसे : देउसीर

सपनाका बाफहरू

Photo by: Elti Meshau from Pexels यो कुरा सुन्दा तपाईलाई लाग्न सक्छ कि त्यो दिन पृथ्वीको थिएन, कुनै अर्कौ ग्रहबाट आएर पृथ्वीलाई छोपेको थियोे । तपाईलाई त अझ यो पनि लाग्न सक्छ कि म जुन निभानको कुरा गर्दैछु त्यो निभाननै कुनै अर्कै ग्रहको थियो , त्यो के त पिके को आमिर खान, हो त्यस्तै । मलाई पनि उसलाई पहिलो पल्ट भेट्दा त्यस्तै लागेको थियो । हैन हैन पिके जस्तो नाङ्गो थिएन , बस थोरै फरक थियो, उसको कुरा गराइले गर्दा । कसैलाई नभन्नु है भन्दै दायाँबायाँ  हेरेर सानो स्वरमा निभानले भनेको थियो , म मान्छेको जिउबाट उडेको सपनाको बाफ देख्न सक्छु । उसलाई त्यही क्षण छोडेर भागौझै लागेको थियो तर भाग्न सकिन , नभागेकै कारण अहिले तपाईलाई यो कथा सुनाउँदै छु । के हो आज त बबाल कथा फुरेजस्तो छ नि ? रबीन दाइले जिस्काउँदै भन्नुभयो । हैन हौ दाई यो त पुरै सत्य घटनामा आधारित कुरा हो, सुन्दै जानु न तपाईलाई अब म पुरै कथा भन्छु, मैले हौसीदै भनेँ । धेरै पल्ट दाइले नाइ नाइ भन्दा भन्दै जबरजस्ती आफुले लेखेका कथा सुनाएको थिएँ, यस्ले योपल्ट पनि नसुनाइ छोड्दैन भन्ने लागेर होला , केही नभनी सुन्नुभयो । साझँ परेको थियो, पानी

सुरेन्द्र खरीदार भयो

सूर्य अस्ताउने बेला भएको थियो, आकाशमा हल्का रातो रङ्ग छरिएको थियो । घर बस्दा बस्दा वाक्क लागेर यसो बेलुकाको हावा खान निस्केको थिएँ । म अर्थात सुरेन्द्र निरौला , यहाँ सानोठिमी ब्यारेक छेउमा डेरा बस्छु । घरचाँही बिर्तामोड हो । बी बी ए सकेर काठमान्डौँमा जागिर खोजिरहेको छु । मेरो बारेमा अहिलेलाई यती जाने पुग्छ जान्नु पर्ने कुरा म बिस्तारै सुनाउँदै जानेछु , ध्यान दिएर सुन्नुहोला । अँ वाक्क लागेर निस्किएको थिएँ हावा खानलाई । ब्यारेकको कम्पाउन्ड हुँदै एउटा बाटो क्यानको अफिस सम्म जान्छ , त्यो बाटो हिड्दा देब्रे तिर पात बजाइरहेका रूख देखिन्छन् अनि दाइने तिर मध्यपुरको खेल मैदान देखिन्छ । साँच्चै कुनै फिल्ममा कैद गर्ने दृश्य जस्तो देखिन्छ ब्यारेक हरेक साँझ । त्यो साझ पनि केही फरक थिएन । बिस्तारै शितल हावा खादै हिडिरहेको थिएँ, मन बिसन्चो मानिरहेको थियो , घरबाट टाढा बसेको बेला मन बिसन्चो भइदियो भने , जीवननै अमिलो लाग्दो रहेछ । मलाई त्यस्तै भइरहेको थियो , बेचैन मन लिएर सिभिल एभिएसनको अफिस अगाडिको चौतारी पुगेको थिएँ । पिपलको पात बजेको आवाजले मलाई सधै शान्ति मिल्थ्यो । चौतारी पुग्दा दुईटा दस एघा

अरिङ्गालको लुकामारी

लगभग दुई बजेको थियो, कम्प्युटरको स्क्रीनमा म कुनै स्ट्यान्ड अप कमेडियनको भिडियो हेरेर मुस्कुराउन खोजिरहेको थिएँ । काम केही नभएको बेला, अफिसमा मन बहलाउने मेलो हुन्थ्यो यस्ता भिडियोहरू । भिडियोमा कहाँ हाँस्ने भनेर खोज्दै थिएँ , त्यतीकैमा कोठामा किरर् आवाज सुनेँ । कम्प्युटरबाट मुन्टो बटारेर आवाज आएतिर हेरेँ । एउछा अरिङ्गाल झ्यालको सिसामा टाउँको ठोकिरहेको थियो । त्यसको प्रयास हेर्दा लाग्थ्यो केही बेरमै त्यो आफ्नो टाउकोले सिसा फोर्नेछ र भुर्र उड्नेछ स्बच्छ हावामा । मलाई भनेँ यता डरलाग्न थालिसकेको थियो । याद छैन कहाँ र कसले तर भनेको सुनेको थिएँ , अरिङ्गालले टोक्यो भने मान्छे ठाउँका ठाउँ मर्छ , अरिङ्गालले टोक्दा त मान्छेले सहन नसकेर आफ्नो शरीरमै पिसाब फेर्छ , अरिङ्गालले टोकेको मान्छे त सुन्नीएर चिन्नै नसकिने हुन्छ । नेपालमा जन्मेहुर्केका लगभग सबैले यस्ता कुरा सुनेका होलान् , कोहीले अझ बढी पनि सुनेका होलान अरिङ्गालको आतंकको बारेमा , मैले सुनेको डरलाग्दा कुरा यिनै हुन् । भित्र भित्रै मनमा डर बढ्दै थियो, मैले एक पल्ट अरिङ्गालको टोकाइले मरेको मेरो लास सम्झे , मेरो हो कि हैन पनि थाहा पाइनँ

भ्यालेन्टाइन डायरी

केही दिन भयो उसलाई मज्जाले निद्रा लागेको छैन , यो भ्यालेन्टाइन डे पछिको कुरा हो । निद्रै नलाग्ने पनि हैन उसलाई , लाग्छ । तर एउटा अनौठो सपना देख्छ अनि झस्केर ब्युँझन्छ । कोही बोल्छ उसको सपनामा । अन्धकार छ सपना । अनि सपनाको लगभग अन्त्यतिर ऊ बाइकमा हुन्छ, भक्तपुर दरबारको पार्किङबाट जब ऊ बाइक निकाल्छ उसका आँखाबाट आसु झर्छन्, मन चिसो भएको हुन्छ । मान्छेले आँसु नदेखून् भनेर ऊ हेल्मेटको कालो सिसा झार्छ अनि फेरि अन्धकार हुन्छ । बाइक चलाउन केही नदेखेपछि ऊ ब्यँुझन्छ । ब्यँुझदा उसको शरीर पसिनाले भिजेको हुन्छ अनि मन अलमलले । सपना अनौठो छ , कोही केटी बोल्दै हुन्छे कुनै चिठी बाचन गरेजस्तै । उसलाई केटीको स्वर चिन्न खासै बेर लाग्दैन । आफ्नै नाम बोलेर सुरु गर्छे , मेरो जीवनको अमूल्य मान्छे ........... , भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना । सपना कालो छ कोही देखिँदैन तैपनि मधुरो आवाज सुनिन्छ । सपनामा केटी पढ्दै जान्छे , कसरी भन्न सकेँ अब तिमीलाई कल गर्दिन , म्यासेज गर्दिन भनेर । किन म तिमीलाई केही नराम्रो भन्ने बित्तिकै एकैछिनमा ग्लानी महशुस गर्छु  ?  यति भनेर केही बेर रोकिन्छे अनि फेरि सुरु हुन