Skip to main content

सातौँ दिन | सिक्ने कि सिकाउने : द मोर्डन फेम उर्फ प्रसिद्धि

 

यो लेखले कसैको खुवी माथि शंका गर्दैन र कसैको कलालाई अपमान गर्दैन यदि कसैको जीवनसँग मेल खाएमा वा कसैको भावनामा ठेस पुगेमा संयोग मात्र हुनेछ ।

अरिजित सिंहको कुरा गरौँ । उनलाई नचिन्ने सायदै कोहि होला । म उनको भइंकर ठूलो प्रशंसक हुँ र मेरा फुर्सदका पल उनका गीत सुनेर गुज्रने गर्दछन् । मैले केहि दिन अघि द म्युजिक पोडकास्टमा उनको अन्तरवार्ता सुनेको थिएँ । तब मलाई बोध भयो कि अरिजित सिंह किन सबको प्रिय भएका हुन्। बर्षौँ सम्मको उनको रियाज , भारतिय संगीतकार प्रितमसँग असिस्ट्यान्टका रुपमा उनले गरेको काम । अरिजित सिँहलाई उनको रियाज र सिक्ने चाहले अरिजित सिंह बनाएको रहेछ । म त्यसपछि अहिलेका सो कल्ड कलाकार हेर्छु । मलाई ताज्जुब लाग्छ कि कलाकारी क्षेत्रमा देखिएका थोरै समयमानै उनीहरु कार्यक्रमहरु तिर शिक्षा बाँडिरहेका भेटिन्छन् । थाहा छैन ख्याती छिट्टै पाएर हो वा के हो उनीहरुले सिक्न छोडेको आभाष हुन्छ मलाई । म आफै पनि कविता लेख्छु , कथा लेख्छु । तर मलाई लाग्दैन कि म जान्ने भएको छु । मेरो अगाडी एउटा साहित्यको अथाह संसार भर्खर खुलेको छ । मलाई हराउनु छ त्यही । एक पल्ट सम्झन्छु मेरो नजिककै भाइले उसको कलेजमा एउटा कविता कार्यक्रम हुन लागेकाले मलाई जज बनिदिन आग्रह गर्‍यो । बहुत प्रेम छ भाइलाई कि उसले मलाई यस लायक सम्झियो तर म आफैले सम्झन सकिन । मलाई लाग्छ म कसैको कलालाई जज गर्ने हैसियतमा पुगेको छैन । मेरो हैसियत केवल एक पाठकको छ र आजीवन रहोस् भन्ने चाहन्छु । भारतिय लेखक गुल्जार उमेरले उनानब्बे बर्ष पुगे अहिले पनि उत्तिकै पढ्छन् । उनको रियाज किताब हो । सिक्ने चाह जब सम्म मानिसमा रहन्छ ऊ जीवन्त रहन्छ । 


अब कुरा गरौँ ( The Social Media Fame ) फेमलाई यश भनौ प्रसिद्धि भनौँ जे भने पनि भयो । कुनै जमाना थियो जब परिचित हुनु भनेको केहि जानेको हुनु थियो । आफ्नो विषयमा पारङ्गत हुनु थियो । समाजलाई केहि टेवा पुर्‍याउनु थियो । त्यस बेला प्रसिद्धि जो कोहिले पाउँदैन थियो । कसैले जीवन कुनै एक कुरामा व्यतित गरे पश्चात र केहि महत्वपूर्ण कुरा हात लगाए पश्चात मात्र संसारले उसलाई चिन्दथ्यो । तर अहिले प्रसिद्धिको अर्थ हो ,  फलोअर्स , लाइक्स अनि सेयर्स । यसलाई हामी आधुनिक प्रसिद्धि भनेर बुझ्न सक्छौँ । मैले केहि जानेको हुँ वा नहुँ यदि मेरो मिलियन फलोअर्स छ भने म इन्फ्लुएन्सर भइगए । मोर्डन प्रसिद्धिलाई हामी इन्फ्लुइन्सर्सको उपमा दिन सक्छौँ । यसरी प्रसिद्धि सस्तो हुनु सामान्य दृष्टिकोणबाट हेर्दा खासै समस्याजनक देखिँदैन । तर इन्फ्लुइन्सर भन्नाले जसले अरुलाई बैचारिक वा अन्य हिसाबले प्रभाव पार्न सक्छ त्यस्ता मानिसलाई बुझाँउछ । अब आफै बिचार गर्नुहोस् हजारौँ मानिस कस्को प्रभावमा परेका छन् र त्यो प्रभावले समाजलाई कता लैजान्छ । हामी ज्ञानको पछि भन्दा पनि प्रसिद्धिको पछि कुदेका मानिस हौँ । एकपल्ट टक्क अडिएर आफैलाई नियाल्न पर्ने आवश्यकता छ । 


हरेक मानिस अथवा इन्फ्लुएन्सरको शब्दहरुले जहाँ ठूलो महत्व राख्दछ त्यस्ता समाजमा बेचैनी बढ्नु स्वभाविक छ । यो किन भन्दा यहाँ राम्रा बिचारले मात्र हैन नराम्रा , विद्रोही , मानवता विरोधी बिचारहरुले पनि प्रभाव पार्दछ । नाङ्गिएर फलोअर्ज बडाएको इन्फ्लुएन्सरले मलाई कसरी नाङ्गिने मात्र सिकाउन सक्छ । कसैलाई गाली गरेर प्रसिद्ध भएको एक इन्फ्लुएन्सरले मानिसलाई कसरी तल देखाउने मात्र सिकाउन सक्छ । सबै आकर्षक चिज फाइदाजनक हुन्छन् भन्ने छैन । म को बाट के सिक्छु र कसलाई मेरो समय दिन्छु । त्यो जान्न जरुरी छ । प्रसिद्धलाई वा केवल सिद्धलाई यसलाई म आफै मात्र तय गर्न सक्छु । यसको नकारात्मकताको केवल आफैले मात्र भय गर्न सक्छु । 


म धेरै बोले जस्तो लागे यो लिङ्क पनि एक पल्ट पढ्नु होला । 

- विजय लुइटेल


यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ । 

Comments

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ