Skip to main content

नवौँ दिन : सम्झन नसक्ने कि सम्झन नदिने ?

 

In a new paper published in the Journal of Experimental Social Psychology, researchers showed that those who documented and shared their experiences on social media formed less precise memories of those events.


यहाँ एउटा प्रश्न आफैलाई गर्दछु । के यो नसम्झनुको समस्याले मेरो स्मरण शक्ति कमजोर भए तर्फ इशारा गर्दछ ? सामान्य हिसाबले हेर्ने हो भने पक्का पनि गर्दछ तर म यसको ९० प्रतिशत दोष attention span . अटेन्सन स्पान अर्थात ध्यान नभट्किइ केहि कुरामा ध्यान दिएर कति समय बस्न सकिन्छ भन्ने बुझिन्छ । 


एउटा उदाहरणनै लिउँ मानिलिउँ म इन्स्टाग्राममा कुनै रिल हेर्दै छु । त्यहाँ एउटा भिडियो देखियो जहाँ मैले संसारका सबैभन्दा बिशाल नदिहरुको परिचय पाएँ  तर त्यो हेरि नसकिँदै म अर्को रिल फिडले मलाई अर्को भिडियो देखाइदियो जहाँ ब्राड पिटले आफ्नो पहिलो फिल्म खेल्नुको अनुभव साझा गरिरहेका थिए । अब मैले बिशाल नदिहरु कुन कुन थिए भन्ने कुरालाई बिर्सिदिएँ । मानिसको दिमाग एउटा भंयकर योग्य कम्प्युटर हो जसले धेरै भन्दा धेरै कुरा स्मरण गर्न सक्छ तर यहाँ के भइदिन्छ भने उसले त्यती समय पाउँदैन कि उसले त्यो रेकर्ड गर्न सकोस् । मानौ तपाई कम्प्युटरमा केहि कपि गर्दै हुनुहुन्छ र भर्खर २० प्रतिशत कपि हुँदै गर्दा तपाईले क्यान्सल गरिदिनुभयो । अब के कम्प्युटरले त्यो फाइल पुरा रुपमा पाउँछ त ? हो मानिसको दिमागलाई पनि केहि कुरा स्मरण गर्न समय चाहिन्छ तर हामी त्यो समय दिन सक्दैनौँ । 


स्कुल पढ्दा पढेका कुरा कसरी याद हुन्थे ? किनकी हामीसँग Distraction थिएन । हाम्रो ध्यान त्यती सहजै भङ्ग हुँदैन थियो । आज जब मोबाइल हातमा छ । तपाईलाई कुनै शब्दको अर्थ हेर्न शब्दकोष पल्टाउने जरुरी पर्दैन तपाई त्यही समय शब्दको अर्थ हेर्नु हुन्छ र अर्को क्षणमै त्यसलाई बिर्सिदिनु हुन्छ । यसले गर्दा तपाईको दिमागले परिश्रम गर्नु पर्दैन । दिनभर खेतमा हलो जोत्नेको हात बलिया हुन्छन् र घरमै बसेर कामचोरी गर्नेका पाखुरा कमजोर । दिमागमा पनि यहि नियम लाग्दछ । बाँकी तपाई आफै समजदार हुनुहुन्छ ।  


एउटा कुरा भने निश्चित छ । हाम्रो दिमागले सम्झन नसकेको हैन । हामीले त्यसलाई सम्झन नदिएका हौँ । 


- विजय लुइटेल


यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ । 

Comments

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ