म स्वतन्त्र छु तर आवश्यकताले बाँध्दछ म माटो हुँ मलाई माटैले खानेछ पर सम्म हिँडेर खुट्टा बिर्सिजानु छ सोच्दै सोच्दै चेतनाले चेतनै छोडिजानु छ मलाई बचाउछ शरीरले शरीरलाई दिन दिन मार्दछु हार निश्चित छ , थाहा छ हारलाई हरदिन निम्तो पठाउँछु बरफ पग्लेर पानी बन्छ बरफ कहाँ जान्छ ? म बितेर माटोमा जान्छ म कहाँ जान्छु ? - विजय लुइटेल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.