We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन
LinkedIn भन्ने एउटा एप्पलिकेसन छ । जसमा यदि तपाई र कोहि मानिस जोडिनु भयो भने त्यसलाई LinkedIn ले कनेक्सन भनेर परिभाषित गर्दछ । तर फेसबुकलाई हेर्नुस् तपाई जोसँग जोडिए पनि तपाई उसको फ्रेन्ड अर्थात साथी बनिहाल्नु हुन्छ । मेरो फेसबुकमा १७०० जना साथी छन् । म त्यसलाई सम्झेर बेला बेला एक्लै हाँस्छु । नेपाली शब्दकोषका अनुसार साथीको अर्थ हुन्छ : एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति , सँगी , मित्र अथवा कुनै कामकुरामा साथ दिने , परिआएका बेला मद्दत गर्ने , सहायक , सहयोगी , मदतगार । अब भन्नु तपाईका कति वटा फेसबुक फ्रेन्ड यस साथीको यस परिभाषा भित्र पर्दछन् । मैले भन्न खोजेको के हो भने तपाईका फेसबुकका साथी कनेक्सन हुन् कम्युनिकेसन हैनन् । तपाईलाई याद छ मानिस किन चिठ्ठी लेख्थे ? यो घरायसी चिठ्ठीको कुरा हो । आफ्नो गैरहाजिरिमा कसैलाई आफ्नो कमीको अनुभवले नसताओस् भनेर मानिस चिठ्ठी लेख्थे आफु त्यहाँ उपस्थित हुन नसके पनि आफ्नो खबर पुगोस् भन्ने उद्देश्यले । चिठ्ठीले एक अर्कासँग भेट्नका लागि एक सुन्दर माहोल सृजना गर्दथ्यो । हामी पनि अहिले चिठ्ठी लेख्दछौँ । एक दुई वाक्य वा एक दुई शब्दका अनि हाम्रो सामाजिक स