Skip to main content

सपनाका बाफहरू

Photo by: Elti Meshau from Pexels

यो कुरा सुन्दा तपाईलाई लाग्न सक्छ कि त्यो दिन पृथ्वीको थिएन, कुनै अर्कौ ग्रहबाट आएर पृथ्वीलाई छोपेको थियोे । तपाईलाई त अझ यो पनि लाग्न सक्छ कि म जुन निभानको कुरा गर्दैछु त्यो निभाननै कुनै अर्कै ग्रहको थियो , त्यो के त पिके को आमिर खान, हो त्यस्तै । मलाई पनि उसलाई पहिलो पल्ट भेट्दा त्यस्तै लागेको थियो । हैन हैन पिके जस्तो नाङ्गो थिएन , बस थोरै फरक थियो, उसको कुरा गराइले गर्दा । कसैलाई नभन्नु है भन्दै दायाँबायाँ  हेरेर सानो स्वरमा निभानले भनेको थियो , म मान्छेको जिउबाट उडेको सपनाको बाफ देख्न सक्छु । उसलाई त्यही क्षण छोडेर भागौझै लागेको थियो तर भाग्न सकिन , नभागेकै कारण अहिले तपाईलाई यो कथा सुनाउँदै छु ।

के हो आज त बबाल कथा फुरेजस्तो छ नि ? रबीन दाइले जिस्काउँदै भन्नुभयो । हैन हौ दाई यो त पुरै सत्य घटनामा आधारित कुरा हो, सुन्दै जानु न तपाईलाई अब म पुरै कथा भन्छु, मैले हौसीदै भनेँ । धेरै पल्ट दाइले नाइ नाइ भन्दा भन्दै जबरजस्ती आफुले लेखेका कथा सुनाएको थिएँ, यस्ले योपल्ट पनि नसुनाइ छोड्दैन भन्ने लागेर होला , केही नभनी सुन्नुभयो ।

साझँ परेको थियो, पानी पर्ला पर्ला जस्तो बादल लागेको थियो, आकाशको रंग भने सदा भन्दा फरक, गुलाबी थियो । तपाईले देख्नुभएको होला, त्यस्तै आकाश मान्छेको फेसबुक स्टोरीहरूमा या आफैले पनि संयोगबस देख्नुभएको होला । तर हुनुपर्ने भन्दा केही गाढा गुलाबी थियो आकाश त्यो दिन । बादल गुलाबी थियो , प्रकाश पनि गुलाबी , कुनै बुढा बुढीसँग त्यो दिन तपाईले भेट्नु भएको भए सायद भन्थे होलान् मेरा भानदाइ यस्तै दिनमा बितेर गए , ९० सालको भुकम्प आउँने दिन पनि यस्तै भएको थियो या यस्तो भएको दिन देशमा ठूलो दुर्घटना घट्छ तर त्यो दिन त्यस्तो केही घट्ना घटेन, अरू दिनझै सामान्य रह्यो । ठ्याक्कै भन्दा, हिजो जस्तो थियो नि त्यस्तै थियो त्यो दिन । त्यो दिनको अनौठो कुराचै निभाननै हो, जो सिंहदरबार अगाडिको बाटोछेउ कुर्सीमा बसेर उल्टो किताब पढीरहेको थियो । अनौठो लागेर उसको छेउमा गएर बसेँ । म छेउमा बसेको थाहा पाए पछि निभानले मतिर फर्केर हेर्यो, मैले भने एकोहोरो उसको उल्टो किताबमा हेरिरहेँ । किताबलाई त्यसरी हेरेको देखेर उसले सोध्यो पढ्नुभाको छ यो किताब ? मैले भनेँ खै मज्जाले देखाउनुस त, त्यसपछि उसले त्यो उल्टो किताब मलाई दियो । किताबको बाहिरी आवरण हेरेँ निलो आकाशको तस्बिरमा काला मोटा अक्षरले लेखिएको थियो , “सपनाका बाफहरू” अनि तल सानो अक्षरमा लेखिएको थियो निभान । मैले उसलाई यो किताब त मैले देखेकै थिएन भनेर हाँस्दै किताब फिर्ता गरेँ । अनि हात अगाडि बढाएर भने म नयन । उसले पनि हात अगाडि बढाएर भन्यो निभान । अनौठो मान्दै भनेँ यो किताबको लेखक तपाई नै हो कि क्या हो ? ऊ होको भावमा मुस्कुरायो ।

एकदमै खुसी लागेको थियो, लगभग मेरो उमेरको देखिने मान्छे , त्यही माथि एउटा लेखक, सँगै बसेर गफ गर्न पाउने भएँ भनेर , त्यती बेला मलाई के थाहा उसले हातमा अक्षर बिनाको किताब बोकेको छ भन्ने । मैले संवाद अगाडि बढाउने मनसायले सोधेको थिएँ , केको बारेका लेख्नुभएको छ त किताब ? उसले त्यही बेला कसैलाई नभन्नु है भन्दै दायाँबायाँ हेरेर सानो स्वरमा मलाई भनेको थियो , म मान्छेको शरीरबाट उडेको सपनाको बाफ देख्न सक्छु , त्यही बाफको कुरा छन् यो किताबमा । मलाई कुन पागलसँग बस्न आएछु भनेर मनमा थोरै डर पसेको थियो , एक मनले सोचेँ उठेर जाउँ, तर मगजले भन्यो त्यत्रो किताब लेख्ने मान्छे त्यसै हावा त नबोल्ला, फेरी लेखकको एउटा अनौठो बानी हुन्छ एउटा कुरा भनेर अर्कै अर्थ दिने । कतै ज्ञानकै कुरापो भन्न लागेको होकी भनेर उठीहाल्न सकिन ।

किताबको शीर्षक त सारै जिज्ञासा जगाउने रहेछ, कति भयो किताब निकाल्नु भएको ? सपनाका बाफहरू बारे बुझ्नका लागि प्रश्न गरेँ । उसले मन्द मुस्कुराउँदै भन्यो छाप्नका लागि छापाखाना धाइरहेको छु कसैले छाप्न मानेका छैनन् । अनि किताब त छापाखानामै छापिएर आएको जस्तो छ नि ? किताब साँच्चै राम्रो छापाखानाले छापेझै थियो त्यसैले सोधेको थिएँ । हैन केको प्रिन्ट हुनु आफ्नो मनको शान्तिको लागि साथीकोमा प्रिन्ट गराएको । यही एउटा मात्र हो संसारभर यो नामको किताब, थोरै हिच्कीचाउदै उसले भनेको थियो ।

मलाई यस्तो हावा गफ नपेल न भाइ, रबीन दाइले नपत्याएझै भन्नुभयो, काठमान्डौँ अचम्मको शहर हो, अजीब अजीब मान्छे थुर्पीने ठाउँ हो, त्यो त मलाई थाहा छ तर सपनाको बाफ देख्ने मान्छे रे अलिक उल्लाउने पारामा दाइले भन्नुभयो, मलाई त भनिस् भनिस् अरूलाई चै नभन्नु तँलाई बौलायो भन्लान नि । दाइले बिश्बास गर्न सकिरहनुभएको थिएन मेरो कुरालाई त्यसैले पुरै कहानी सुन्ने रहर जागोस भनेर दाइलाई भने, त्यो दिन त हाम्रो खासै कुरा हुन पाएन, कोठामा गएर खाना पकाउनु छ,, भाइ पनि आउँने बेला भयो होला भनेर ऊ हिडिहाल्यो तर केही दिन पछि फेरी उसलाई रत्नपार्कको एउटा कुर्सीमा त्यही किताब सपनाका बाफहरू उल्टै पढीरहेको भेटेको थिएँ । दाइलाई त्यसबेलाचै मेरो कुरामा अलिक चाख लागेछ क्यार छैउमा आएर बस्दै भन्नुभयो , भाइ तैँले भनेको कुरा यदि साँचो हो भने त्यो मान्छे पागल भएको हुनुपर्छ, नत्र भन त तँ आफैँ, सद्वे मान्छेले त्यस्तो हर्कत देखाउँछ ? अझै तँ भन्छस् किताब पनि खाली थियो भनेर । हैन हैन खाली थियो हैन खाली रहेछ, पछि थाहा पाएको मैले त्यो पनि केही बेर अगाडि मैले सम्झाउँदै ।

त्यो दिन म जमलमा किताब किन्न भनेर गएको थिएँ , त्यहाँ मिलान कुन्देराको लाइफ इस एल्सवेयर किने । विदाको दिन भएर खासै काम पनि थिएन त्यसैले कहिल्यै नगएको रत्नपार्क जानु पर्यो भनेर १५ रूपैयाको टिकट किनेर भित्र पसेको थिएँ । त्यही भित्र एउटा कुर्सीमा बसीरहेको थियो निभान उल्टो किताब पढेर । छेउमा गएर उसको नाम बोलाएर हात बढाएँ अनि हालखबर सोधेँ , उसले केही नचिनेझै गरेर मसँग हात मिलायो । एउटा कुरा अचम्मको थियो उसको मुहारमा, केही खोजिरहे जस्ता आँखा थिए उसका, मैले सिंहदरबार अगाडि देखेको निभानका जस्तै, भन्नाले केही परिबर्तननै थिएन उसको आँखामा, केही त पक्कै खोजीरहेथे ति आँखाले । कुर्सीमा बस्नमात्र भ्याएको थिएँ केही पर रूखको छहारीमा बसेको एउटा मान्छे देखाएर उसले भन्यो,  त्यो मान्छेलाई हेर त उसको शरीरबाट सपनाको बाफ उडीरहेको छ । के भनौँ भनौँ भएको थियो मलाई, हो भनौ भनेँ देखेको केही हैन अब होइन भनौ कसरी भनौ , पागल जस्तो कुरा गरेको छ रिसाउँने पो हो कि । के भन्नु के नभन्नुको दोधार मलाई थिच्नै लागेको थियो उसले आँफै भन्यो, त्योे मान्छे गायक बन्न शहर पसेको होे, केही बर्ष भएछ उसले ठूला मान्छेको चाकडी गरेको, कसैले गाउन दिइ हाल्छ कि भनेर अनि चाकडी गर्दा गर्दा उसलाई लाग्न थालेछ कि मान्छेको भाग्यमा लेखिएको हुनु पर्छ यस्ता कुराहरू, मेरो भाग्यमा गायक लेखिएको रहेनछ , आजबाट उसले गायक बन्ने सपना त्यागेर गाउँमा गएर केदालो चलाउँने निर्णय गर्दैछ । उसका त्यस्ता कुरा सुनेर छक्क परिरहेको थिएँ । उसले भन्दै गयो, मैले यो कुरा उसको शरीरबाट उडेको बाफ देखेर भनेको । मलाई त भन्छौ भने नि नयन, यो मान्छे त भाग्यमानी पो लाग्छ , कोही कोहीको त सपना धुवाउँछ पनि यसको बाफमात्र आएछ । एकदमै हासेकोझै नलाग्नेगरी हाँसेर भन्यो यो कुरा उसले । फेरी मलाई एक पल्ट हेर्यो र भन्यो त्यो परको केटी छे नी त्यो रातो टिसर्ट लगाएर केटा सँग बस्ने त्यो केटी यहाँ नायिका बन्छु भनेर आकी थिइँ अहिले उसको पेटमा त्यो केटाको बच्चा छ । लगभग ४ महिनाको । अनि उसको मनमा अलमल छ जीवनले कता लैजान्छ भनेर, अहिले उसको शरीरबाट मरेको नायिकाको सपनाको बाफ आइरहेको छ ।

यी कुराहरू भन्दै गर्दा उसले हातको किताब बन्द गरिसकेको थियो । उसलाई अझै बुझ्न भनेर सोधेँ,  सबैको सपना थाहा पाउँदो रहेछौ, ल अब भन मेरो शरीरको बाफले के भनिरहेको छ त ? के सबैको शरीरबाट सपनाको बाफ आउँछ ? उसले थोरै हाँस्दै भन्यो मैले भन्दा त्यो कुरा तिमी आँफैले खोजेको राम्रो। उसको कुरा बुझ्न गाह्रो परेको थियो मलाई र अहिले पनि कताकता त्यस्तै भइरहेको छ । दाजु, त्यो दिन भने उसले बिदा हुन भन्दा अगाडि मलाई किताब हातमा दिएर भनेको थियो, राख झोलामा अहिले चै नहेर्नु मलाई अर्को पल्ट भेटेको बेला दिए हुन्छ । उसको ब्यवहार अनौठो लागेर भनेँ तिमी सँग भएको यही एउटा किताब हैन ? उसले थोरै हाँसेझै गरेर भन्यो केही छैन म सँग सफ्ट कपी छ । उसको आँखामा अझै केही खोजीरहेकै थिए । थाहा थिएन के भनेर ।

त्यो दिन पनि उसले पहिलो भेटमाझै खाना पकाउनु छ भन्दै बिदा मागेको थियो । अध्यारो हुन लागेकोले त्यो किताब झोलामा हालेर हिँडेको थिएँ म घरतिर । आज लगभग रत्नपार्कमा ऊ सँग भेट भएको एक हप्ता भएछ । उसले दिएको किताब आज सम्म खोज्न भ्याएको रहेनछु । दाइ छेउमा बसेर जिज्ञासु आँखाले मलाई हेरीरहनु भएको रहेछ । हातको पत्रिका देखाउँदै भनेँ, दाई यो समाचार हेर्नु त यसमा उसको फोटो टाँसिएको छ । दाइले खै देखा यता भन्दै पत्रिका हातमा लिनुभयो , अनि अनुहारको रँग पुरै मधुरो बनाएर भन्नुभयो, भनेको त थिएँ नि पागल जस्तो छ भनेर झुन्डेरै मरेछ । हेर त उमेर पनि भर्खर २२ मात्र पुगेको रहेछ ।

केही बेर हामी दुबै मौन भयौँ अनि दाईले सोध्नुभयो किताबमा केही पनि रहेनछ त ? अँ दाइ आज यो पत्रिकाबाट ऊ हिजो मरेको थाहा पाएपछि मात्र खोलेको हो किताब सबै पन्ना खाली छन् अनि अन्तिम पानामा भने यती लेखेको छ हेर्नु त, दाईलाई सपनाका बाफहरू थमाउँदे भनेँ । दाईले किताबको पाना हेरेर मनमनै पढेका अक्षर यस्ता छन् ।

हरेक मान्छेको आफ्नै सपना हुन्छन्, मेरो पनि थियो , यो केही पहिलेको कुरा हो । अहिले त म अरूको शरीरबाट उडेको सपनाको बाफ देख्छु । मेरो सपना पनि त्यसरीनै मलाई थाहा नदिइ उडेको रहेछ कुनै दिन बाफ बनेर । म अहिले हराएको त्यही सपनाको बाफको खोजमा छु । अचेल लाग्छ संसार त सपना जतन गर्न जान्नेको मात्र हुने रहेछ । यस्ता जीवन पनि छन् जो सपना मरेपनि आफु बाँचेका छन् , तर मेरो सपना त मेरो जीवनभन्दा ठूलो थियो, म सपना बिना अब कसरी बाँचु ? मान्छेको जीवन धेरै हन्डरले तातेपछि,  सपना त बाफ बनेर उढ्दो रहेछ र बाँकी रहेको खोक्रो जीवन त्यो कुनै दिन धुवाँ । मेरो दुबै हुने भयो ।

- बिजय लुईटेल
यो लेख कात्तिक २, २०७६, सेतोपाटीमा पनि छापिएको छ।


Comments

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ