Photo by Yogendra Singh from Pexels केही बर्ष अगाडि सम्म मेरो घर अगाडि झिँगटीले छाएको एउटा पुरानो नेपाली पाराको घर थियो , अहिले छैन । संसारको रीतनै यस्तै हो, सबै थोक सधै भरि रहिरहँदैन पनि । आफु ८३ बर्षको भएका कारण म यो कुरा मज्जाले आत्मसाथ गर्न सक्छु । आखिर म आँफै नरहने समय नजिक आइरहेको छ । हुन त यो सबै कुराबाट मुक्त हुनु पर्ने उमेर हो तर यही उमेरमा आएर मलाई एउटा नाथे घर नरहेकोले बिक्षिप्त बनाएको छ । त्यो घर मेरो साथीका बाले बनाएका हुन । मेरो साथी हर्क भगवानको प्यारो भएको ३ बर्ष जति भइसक्यो । त्यसकै छोरा मुकुन्देले हो बाउ बितेको अर्को सालबाटै घर भत्काउन थालेको । हुन त घर पुरानै पनि भइसकेको थियो । म बसेको घर पनि पुरानो भइसकेको छ , अब केही बर्षमा यस्को पनि हाल त्यही हुने वाला छ । म स्वार्थी भएको होइन , अब बस्ने नमिल्ने भएपछि मेरो छोरोले पनि भत्काउन करै लाग्छ यो घर । केही सम्झना जोडिएकाले साथीको घर भत्कदा मनमा कहिकतै नरमाइलोपनले घेरेको मात्र हो नत्र म आफुलाई प्राक्टिकल बुढो मान्छु । त्यस घरसँग धेरै सम्झना जोडिएका छन् मेरा । गाउँको सबैभन्दा ठूलो घर , घरै पछाडि एउटा ठूलो अम्
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.