Photo by Lucas Allmann from Pexels |
कानमा पहेलो ट्याग लगाएकी बुढी गाई
बीच बाटो छोडिएकी थिइँ ।
संयोगले म त्यही बाटो भएर गुज्रिए।
लाग्यो कुनै बादलको टुक्रामा उडीरहेकी छे
मानिसको स्वार्थले बुनिएको टुक्रा बादलमा ।
सायद कतै टाढा लादै थियो बादलले उसलाई
टाढा, जहाँ सम्म उसको कल्पना पुगेको थिएन ।
उसलाई, यथार्थ एउटा भयानक सपना बनेको थियो ।
टाढाको यात्रामा लम्किरहेको बादलबाट आवाज दिएर
त्यसदिन सोधेकी थिइ , स्वार्थ त देखेँ , मानवता छ कतै ?
अझै खोजीरहेकै छु ,
खोज, अझै जारी छ ।
- बिजय लुईटेल
Comments
Post a Comment