Photo by Anna Tarazevich from Pexels |
म जसरी धुन्छु आफ्ना पुराना लुगा
नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ
जसरी पुराना लुगा सफा बनाउँछु म
त्यसरी सफा बनाउँछ मलाई नयाँ बर्ष
हरेक बर्ष मलाई छोएर जान्छ,
नयाँ बनाउँन धोएर जान्छ
उर्जाले पखाली एकपल्ट मलाई
मैलो मेरो उ, भिरेर जान्छ
म जसै जसै सफा बन्छु
नयाँ बनेको आफुलाई पाउँछु
सोचेर दिनैभर यस्तै केही
नयाँ बर्ष म गज्जब मनाउँछु
म जसरी धुन्छु आफ्ना पुराना लुगा
नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ
जसरी पुराना लुगा सफा बनाउँछु म
त्यसरी सफा बनाउँछ मलाई, नयाँ बर्ष
धोएका लुगा हेरि जसै म मुस्काउँछु
उद्रेका ठाउँ हेरि फेरी घवराउँछु
थाहा छैन कोनि, किन यसो गर्छु
उद्रेँ कि भनी शरीर आफ्नो सुम्सुमाउँछु ।
म जसरी धुन्छु आफ्ना पुराना लुगा
नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ
जसरी धेरै धोएको लुगा फाटी जान्छ
नयाँ बर्ष मलाई त्यसरी फटाएर जान्छ ।
- बिजय लुईटेल
Comments
Post a Comment