Skip to main content

लेडीबर्ड



Photo : Pixabay

पाँच जना थियौ जो खप्तड हुँदै बाजुरा झरिरहेका थियौ । बाटो ओरालो थियो ,  बाटोको वरीपरी ससाना बस्तीहरू थिए । म र साथी सुसान नौ नौ किलोको ब्याग बोकेर हिँडीरहेका थियौ ।  खाना खानलाई काँडा गाउँ पुग्नु थियो । हामी भन्दा अगाडि हिँड्नेमा थिएँ गजलकार कमल संघर्स , अनुरूप खड्का अनि त्यहीका एक स्थानिय दाइ जो हाम्रो गाइड थिए ।  उनीहरूसँग खप्तडमा भेट भएको थियो । हिँडेर खप्तड हुँदै रारा जाने हाम्रो योजना थियो तर राती देखी खप्तडमा हिउँ परेकाले  त्यहाँका आर्मी दाइहरूले दुई जना यस्तो बेला नहिड्ने सल्ला दिनु भयो । केही दिन मात्र छुट्याएर घुम्न आएका हामीलाई केही दिन खप्तडनै बस्नु पर्ने हो कि भन्ने चिन्ताले सताएको थियो । ठ्याक्कै त्यही बेला भेटीएका थिए ति तीन मित्र । बाजुराको बाटो भएर खप्तडबाट बाहिर निस्कन उनीहरुले  सहयोग गरेका थिए । ढुङ्गा खोज्दा देउता मिलेको थियो ।

खासमा मैले यहाँ यात्रा संस्मरण लेख्न खोजेको हैन । काँडा गाउँ जादाँ देखेको एउटा दृश्यले दिएको अनुभव लेख्न खोजेको हुँ तर थाल्दा संस्मरण जस्तो हुन पुगेछ । खासमा कुरा के हो भने कमल जीहरू हिँड्दै केही तल पुगेका थिए , म र सुसान  भने बिस्तारै हिड्दै थियौ । भिरालो बाटो हिड्दा हिँड्दै हामी एउटा समतल भुभागमा आइपुग्यौ जहाँ हरियो कोदोको ढाकेको खेत थियो । थाहा छैन मलाई त्यहाँ पुग्दा के भयो । म सायद जति प्रयास गरे पनि मनमा त्यसबेला आएका भावनाहरुलाई मज्जाले बयान गर्न सक्दिन  । तर केही कुरा छन् जो बयान गर्न मिल्ने छन् ।

दिउँसोको समय , स्प्रस्ट देखिइरहेको घाम , निलो खुलेको आकाश, आकाश मुनि बतासका झोकाले हल्लाइरहेको कोदोको बोट । त्यो देख्दा मलाई लेडीबर्र्डको सम्झना आयो । त्यो दृश्य मलाई पहिले कतै देखेझै लाग्यो , पुरानो सम्बन्ध छ झै लाग्यो त्यो ठाउँ सँग । तर म यकीनका साथ भन्न सक्छु कि त्यस्तो दृश्य मैले पहिले कहिल्यै देखेको थिइन । त्यो ठाउँको बास्ना भने सायद मेरो मस्तिस्कमा कतै थियो , तर तयो पनि हो भन्न सक्दिन । सुसानलाई यो ठाउँ देख्दा किन हो किन लेडीबर्र्डको समझना आयो भनेर भनेको थिए , उसलाई सायद त्यस्तो केही लागेन होला, केही प्रतिक्रिया जनाएन । फरक मान्छेलाई छुने कुरा पनि फरकै हुन्छन् , सायद उसलाई त्यो ठाउँले फरक किसिमले छुँदै थियो , या मानौ छोएकै थिएन । यो प्रश्नको उत्तर अब उसैलाई सोधे मात्र थाहा हुनेछ । त्यही नि मैले जे सोच्छु जरुरी छैन कि सबै मानिसले त्यस्तै सोचोस् भनेर मौन रहेँ । 

अचम्मको कुरा के छ भनेँ  त्यो ठाउँले के कारण लेडीबर्र्डको सम्झना दिलायो म आज पनि  भन्न सक्दिन । अँ एउटा कारण के हुन सक्छ भने मैले लेडीबर्र्ड नदेखेको धेरै भएको थियो , मेरो अवचेतन दिमागमा लेडीबर्र्ड देख्ने रहर हुनुपर्छ सायद । तर किन कोदोकै बारी अनि त्यही ठाउँ , लोडिबर्ड त जहाँ पनि देखिन सक्थ्यो । यो कुराको उत्तर मसँग सायद कहिल्यै हुनेछैन ।

त्यस ठाउँमा पाइला टेक्ने बित्तीकै पर कतै । त्यो ठाउँ भन्दा धेरै पर एउटा हरियो चौरमा खेलिरहेका दुई साथीको सम्झनामा भुलेँ । हरियो हाइनेक लगाएकी , थाइकट कपाल काटेकी , लाम्चो मुहार , पातला ओठ भएकी उमेर लगभग ८ ९ बर्ष भएकी एउटी केटी आफ्नै उमेरको केटा साथीलाई हेर्दै रमाइरहेकी थिइ । चौरमा अरू पनि कैयौ केटाकेटी थिए , तर त्यहाँ रहेका अरूको आकृति याद छैन मलाई ।

केटाको हातमा एउटा सुन्तला रंगको लेडीबर्र्ड हिडिरहेको थियो । त्यो देखेर केटी रमाइरहेकी थिइ । रमाइलो सँगै उसलाइ थोरै डर पनि लागिरहेको थियो । तिमीलाई त्यसले टोक्ला है , फालिदेउ भन्दै थिइ साथीलाई । मन लागेर पनि उ त्यो लेडीबर्र्ड छुन सकिरहेके थिइन । तिमी पनि हातमा राख न कस्तो मज्जाले हिड्छ हातमा , केटो उसलाई उकास्दै थियो । केटी आफुलाइ डर लागेको बताइरहेकी थिइ । केही बेर पछि बल्ल बल्ल केटोले केटीलाई लेडीबर्र्ड हातमा राख्नलाई मनायो अनि आफ्नो हातमा भएको लेडीबर्र्डलाई केटीकोमा सार्नका लागि उ तर्फ हात बढायो । केटीले उसको हात अर्को हातमा छुवाउँनलाई डराउँदै बढाई ।दुवैको हात छूनै लागेको थियो एक्कासी लेडीबर्र्ड केटाको हातबाट उड्यो । दुबै त्यसलाई एकछिन हेरिरहेँ । सानो भन्दा सानो हुँदै बिलायो लेडीबर्र्ड । आखाबाट लेडीबर्र्ड ओजेल परेपछि भने केटालाई एक्कासी एउटा नमिठो उदासीले छोप्यो । उसलाई रहर थियो लेडीबर्र्ड केटीको हातमा राखिदिएर उसको अनुहार पढ्ने । उसको त्यो रहर पुरा हुन पाएन ।

अनुहार पढ्ने रहर हुँदा हुँदै पनि किताब पढ्नु पर्ने भयो । टिफिन सकिएको घण्टीले गर्दा उनीहरू क्लासमा जान बाध्य भए । लेडीबर्र्ड केटीको हातमा राखिदिने त्यसपछि फेरी उसलाई मौका जुरेन ।

हिजोको कुरा हो छतमा बसेर मुराकामीको कथा संग्रह पढिरहेको थिएँ । यो बाजुराबाट हिँडेको १० दिन पछिको कुरा हो । एकसुरले मुराकामीको कथा अ किड्नी सेप्ड स्टोन द्याट मुभ्स एभरीडे पढिरहेको थिएँ , गर्मीले जिउ पोले जस्तो भयो । कोठामा गएर पढ्नुपर्ला भनेर उठ्नै मात्र आटेको थिएँ एउटा सुन्तला रंगको लेडीबर्र्ड मेरो टिसर्टमा आएर बस्यो । पहिले कतै देखेको लेडीबर्र्ड थियो त्यो । मन एकपल्ट फेरी स्कुलको चौरमा गएर अडियो ।  लेडीबर्र्डलाई हातमा लिएँ अनि एकछिन टोलाएँ । केहीबेर हातमा हिड्न दिएँ । जब त्यो मेरो हातको औला छेउमा पुग्यो कतै जाने बाटो भेटेन । एकछिन अल्मलियो अनि आफ्नो पखेटा खोल्यो र उड्यो निलो आकाशतिर । त्यो नहराउनजेल आकाशमा हेरिरहे । सानो अनि झन् सानो हुँदै बिलायो लेडीबर्र्ड । यस्तो पहिले पनि त भएको थियो ।

बिस्तारै किताबमै आखाँ फर्काएँ अनि पढ्न थाले । अचानक आभाष भयो कोही मेरो छेउ बसेर मलाई हेर्दै , हात फैलाएर केही मागिरहेको छ । दाया बाँया हेरे, कोही थिएन । सायद मेरो भ्रम थियो , यथार्थमा त केबल म थिएँ , मेरो किताब थियो या हुन सक्छ त्यही सत्य थियो र यो लेख लेख्ने म भ्रम हुँ ।

बर्षौ पछि भेट्दा पनि कसैलाई खाली हात फर्काउनु परेकाले उदास भएको छु । थाहा छैन अझै कति समय जिवित रहन्छ यो उदासी ।
- बिजय लुईटेल

Comments

Post a Comment

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ