Photo by ROMAN ODINTSOV from Pexels कलममा मसीको साटो पिसाब बगेको समय छ यस्तोमा के लेखौ म ? म तुर्काउन चाहन्न , हुर्काउन चाहन्छु आफु मरेर अरु हुने उपयुक्त समय छ यस्तोमा के गरौ म ? म हत्या गर्न चाहन्न ,प्राण भर्न चाहन्छु थुतुनो बोल्दा गन्ध निस्कने समय छ यस्तोमा के बोलौ म ? म सुघाउन चाहन्न ,सुनाउन चाहन्छु गिदीको भित्तामा उदासीको जालो लागेको समय छ यस्तोमा के सोचौ म ? म जालो भित्र लुक्न चाहन्न ,च्यात्न चाहन्छु तिमी जस्तै म पनि सेकेन्ड , मिनेट , घण्टा , महिना, बर्ष गर्दै तिम्रै संसारमा घुमिरहेथेँ आफुलाई बेच्न बजार चहारिरहेथेँ । देखेनौ र मलाई ? एक पल्ट सम्झि हेर त म तिमी भित्रै छु , तिमी जस्तै छु म तिमी नै त हुँ । जति कलमको मसीमा पिसाबको मात्रा छ तिम्रो सायद त्यो भन्दा बढी मात्रा मेरो छ जति आफु मारेर अरु बनेका छौ तिमी म पनि पुरै आफु कहाँ छु र ? तिमी जस्तै सुनाउने चक्करमा कयौ पटक सुघाएको छु मैले पनि जति तिमीलाई उदासीले छोपेको छ त्यही जालो भित्र म पनि त छु फरक यति छ म बिरामी छु तिमी, हुन बाँकी छ तिमीमा भोक अझै छ बिष पिउने हेर मलाई म टन्न अघाएको छु पत्याउँछौ ? म साँच्च
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.