Photo : Pixabay पाँच जना थियौ जो खप्तड हुँदै बाजुरा झरिरहेका थियौ । बाटो ओरालो थियो , बाटोको वरीपरी ससाना बस्तीहरू थिए । म र साथी सुसान नौ नौ किलोको ब्याग बोकेर हिँडीरहेका थियौ । खाना खानलाई काँडा गाउँ पुग्नु थियो । हामी भन्दा अगाडि हिँड्नेमा थिएँ गजलकार कमल संघर्स , अनुरूप खड्का अनि त्यहीका एक स्थानिय दाइ जो हाम्रो गाइड थिए । उनीहरूसँग खप्तडमा भेट भएको थियो । हिँडेर खप्तड हुँदै रारा जाने हाम्रो योजना थियो तर राती देखी खप्तडमा हिउँ परेकाले त्यहाँका आर्मी दाइहरूले दुई जना यस्तो बेला नहिड्ने सल्ला दिनु भयो । केही दिन मात्र छुट्याएर घुम्न आएका हामीलाई केही दिन खप्तडनै बस्नु पर्ने हो कि भन्ने चिन्ताले सताएको थियो । ठ्याक्कै त्यही बेला भेटीएका थिए ति तीन मित्र । बाजुराको बाटो भएर खप्तडबाट बाहिर निस्कन उनीहरुले सहयोग गरेका थिए । ढुङ्गा खोज्दा देउता मिलेको थियो । खासमा मैले यहाँ यात्रा संस्मरण लेख्न खोजेको हैन । काँडा गाउँ जादाँ देखेको एउटा दृश्यले दिएको अनुभव लेख्न खोजेको हुँ तर थाल्दा संस्मरण जस्तो हुन पुगेछ । खासमा कुरा के हो भने कमल जीहरू हिँड्दै केही तल पुगेका थिए , म र सुसान भने ब
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.