Skip to main content

कागजको आत्मकथा


Photo by: Pixabay

    एउटा बडेमानको कोठा छ, कोठामा दुईटा ठूला झ्याल छन् । सिलीङमा एउटा कलेजी रंगको पंखा फनफनी घुमिरहेको छ । पंखाको ठ्याक्कै मुनि एउटा घुम्ने कुर्सीमा लेखक हातमा कलम लिएर केही सोचिरहेको छ । सायद लेखकै होला । जो लेख्छ त्यो लेखकै त होला नि । 

    लेखकको टेबल पछाडि भित्तैभरीको एउटा ठूलो बुक र्याक छ । बुक र्याकको आधा भन्दा बढी भाग किताबले भरिएको छ र कोठामा किताबको मिठो बासना फैलिएको छ । लेखक बसेको कुर्सीसँगै एउटा ठूलो टेबल छ । टेबलको ठीक दाहिने छेउमा एउटा ठूलो डस्टबीन छ । डस्टबीनमा केही थान च्यातिएका किताबहरू छन् । ती किताब हेर्दा कसैले त्यस्लाई चबाएर थुकेझै लाग्छ । 

    लेखकको टेबलमा एउटा हरियो रंगको पेपरवेट छ , पेपरवेटको छेउमा एउटा कालो रंगको आवर ग्लास छ , अनि त्यसकै छेउमा एउटा पेनस्ट्यान्ड छ , जसमा केही थान कलम सजिएका छन् । आवरग्लासकै छेउ, टेबलको मध्य भागमा म लम्पसार परिरहेको छु । अनि म माथी केही लेख्नलाई लेखक सोचम्ग्न छ । म पंखाको हावाले मन्द मन्द हल्लिरहेको छु । मेरो शरीरमा म नउडोस भनेर देब्रे हात राखेर लेखक सोचिरहेको छ । म एउटा खाली सादा कागज लेखकको मुहारमा हेरेर सोचिरहेको छु , आखिर आज के लेख्दैछ त म माथी यो लेखक ? आज बिहानैबाट जिउ कसैले कनाएझै भइरहेको छ । 

    केही समय अघिसम्म मलाई थाहा थिएन म कागज हुँ भनेर । म आफुलाई कलम भन्ठान्थेँ । अस्ति हो कयारे एकाएक मेरो शरीरमा कलम कुदेको महसुस भयो अनि थाहा पाएँ म कलम रहेनछु भनेर । कागज हुनु पनि मरेकै जुनी रहेछ । आफुलाई मन लागेको नलागेको जे पनि जो पनि लेखिदिन्छ, रोक भन्दा पनि रोकिन्नन् । अस्ति ममाथी कसैले लेख्दैछ भन्ने थाहा पाए पछि मलाई मनमा खुलदुली भइरहेको छ आखिर लेख्दैछ त के लेख्दैछ ? मलाई पढ्न आउँने भएको भए म मज्जाले पढ्ने थिएँ तर के गर्नु सबै कागज औठछाप हुँदा रहेछन् । अचम्म ! मान्छेलाई पढाउँने कागज आफै औठाछाप ।

    कहिले धेरै सोचेर थोरै लेख्छ, कहिले थोरै सोचेर धेरै लेख्छ, म अचेल एउटा अनौठो मान्छेको सङ्गतमा परेको छु । उसले लेख्दा त मलाई खासै मतलब लाग्दैन तर कोही बेला लेखेका कुरा एकदम नमज्जासँग कोर्छ , मानौ ऊ ति लेखिएका शब्दको नामोनिशान मेट्न चाहन्छ , उनीहरूको हत्या गर्न चाहन्छ र यस्तो हुँदा म सोच्छु आखिर के लेखिएको थियो जसलाई लेखक यति सारै घृणा गर्छ ? अनि अर्को कुरा, किन लेखकको गल्तीमा म कोरिनु पर्छ ? च्यातिनु पर्छ ? के लेखिएको हुन्छ त्यस्तो जो मेटिनु पर्छ ? लेखिनै नहुने त्यस्तो के कुरा हुन्छ र संसारमा ? अनि जब नमेटी लेख्छ लेखक, म सोच्छु नलेखि नहुने पनि के हुन्छ र त्यस्तो संसारमा ? मलाई झनक्क रीस उठ्छ मेरो लेखकसँग तर पनि म चुप बस्छु । यो लेख् त्यो नलेख् भनेर पनि त भन्न सक्दिन म । आफुलाई म मान्छे जस्तै सम्झन्छु ,म तिनै मान्छे जस्तो छु जो आफुलाई कलम भन्ठान्छन् तर एउटा कागजझै लेखिदै आएका छन् । 

    म बेला बेला सोच्छु यदि मान्छे कागज भएको भए कस्तो हुने थियो ? मान्छेको शरीरमा लेखिएर मेटिने कस्ता कुरा हुन्थे ? बिर्सीएका मान्छे ? बालापनका सम्झना ? आफ्नो औकात ? आफुभित्रको आफु ? के के हुन्थे होला ? अनि लेख्न लायक कुरा के हुन्थे होला ? बनाएका सम्बन्ध ? सजाएका सपना ? आर्जन गरेको सम्पति ? कमाएको इज्ज्त ? खै के हुने थिए ? जे हुने थिए त्यो त मानिस कागज भए न थाहा हुन्थ्यो । म यदि मानिस भएको भए म यो कुराको  राम्रो उत्तर दिन सक्थेँ सायद । अब के लेखिन्छ के लेखिदैन यसको उत्तर मान्छे नै जानुन ।

    म त आफुलाई मान्छे जस्तो मात्र सम्झनु , बास्तबिक्ता त मेरो कागजनै हो जो मान्छेको इच्छा अनुसार पलपल कोरिन्छ । कहिले काँही आफुलाई मन नपर्ने कुरा कसैले लेख्दा आँफैले आफुलाई च्यातिदिउँझै लाग्छ, कसैको कथा नभनिदिउँझै लाग्छ , आँफैलाई यसरी नरूवाउँझै लाग्छ , नदुखेको शरीर नदुखाउँझै लाग्छ तर फेरी सोच्छु मलाई त लेखकको टेबलबाट उक्लेर त्यो माथीको बुक र्याकमा इज्जतसाथ बस्नु छ, न कि उसको टेबल छेउको डस्टबीनमा, चबाएर थुकेको कागजझै मर्नु । त्यसैले त म मेरो लेखकले म माथी गरेको यस्तो दमन सहेर बसेको छु । आज पनि ऊ मलाई त्यसरीनै लेखिरहेको छ , मलाई मन पर्ने नपर्नै सबै कुराको खिचडी पकाइरहेको छ म माथि ,  तर पनि म चुपनै छु । मलाई यो पागलजस्तो लेखकसँग जोरी खोजेर एउटा रफ कागजमा रूपान्तरण हुनु छैन ।मलाई त उड्नु छ त्यसैले चुप छु, बेहोशझै छु । अखिर दुध दिने गाईको लात्ती पनि त सहनै पर्छ । 

- बिजय लुईटेल 

Comments

Post a Comment

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ