Photo By : Yogendra Bhujel |
मान्छेको भीड भित्र थिएँ
कुटिदै थिएँ , मारिदै थिएँ
थोरै होस अझै बाँकी थियो
त्यो पनि हराओस् भन्दै थिएँ
भीडको बीच मुर्छा पर्दा
अचानक मैले थाहा पाएँ
भीडको बुद्धि हुँदैन
भावनाले उसलाई छुँदै छुदैन
कोही मर्दा ऊ रूँदै रूँदैन
होसमा जब आएँ , भग्वान खोजेँ
दुई वाक्य सरापी भारी मनले सोधेँ
भग्वान , के देखेँ आज मैले ?
भग्वान भावुक भएर भने
आज हामी दुईले
लासहरूको जुलुस देख्यौ ।
- बिजय लुईटेल
Comments
Post a Comment