Photo : Pixabay झरी परिरहेको छ , आँखा बन्द गरेर एक निमेष शुन्यता अङ्गाल्छु । एउटा बेग्लै शान्ति छ झरीमा । आँखा चिम्लन साथै देख्छु कोही आफ्ना सुन्दर गोडामा लगाएको पाउजु बजाउँदै पानीमा नाँचीहरेछ । यो शान्ति कति प्रिय छ । कतै टाढा, पर कुनै गाउँमा रूखबाट झर्दै गरेको पातको आवाज सुन्छु । कतै टाडा पृथ्वीको कुनै कुनामा कोही संगीतकारले रच्दै गरेको गीतको पहिलो धुन सुन्छु । मलाई आभाष हुन्छ उदाउँदै गरेको सुर्यले मेरो चिम्लिएको आँखामा रातो रंग पोतेको , आँखा चिम्लेरै म यो महशुस गर्न सक्छु । म देख्छु चित्रकारले पहिलो पल्ट ब्रस चोप्दा पानीमा फैलिएको सुन्दर रंग , चित्रकारले क्यानभासमा कोर्न लागेको चित्र पनि कल्पना गर्न सक्छु । फुलै फुलको बगैचामा रसपान गर्दै गरेको माहुरीको भुन भुन पनि म सुन्न सक्छु । म बिर्सन्छु कि झरी परिरहेको छ । त्यही पाउजुको छनछन छ जसले मलाई बारम्बार सम्झाइरहन्छ कि झरी परिरहेको छ । पानीको आवाज सँगै कोही पानीमा पाउजु बजाउँदै नाँचिरहेको म स्प्रस्ट देख्न सक्छु । म सुन्न सक्छु एउटा मिठो हाँसो जो मेरो कानको बाटो हुँदै मेरो दिमाग बिथोलिरहेछ । मेरो आँखा अझै बन्द छन् तैपनि मेरो मुहारको मां
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.