Photo by Drigo Diniz from Pexels एकाएक आज आकाश धमिलो देखेँ, उमेर ढल्किएझैँ लाग्यो । झ्यालबाट बाहिर हेरेँ सधै हिड्ने बाटो लामो देखेँ, नहिँडी खुट्टा गलेझै लाग्यो त्यसैले उमेर ढल्किएझै लाग्यो । डराउँदै मुहारमा हात चलाएँ, मौन भएँ । खै किन आज एकाएक आफु बुढो भएझै लाग्यो । आफ्नै उमेर थाहा थिएन जब हेर्न थालेको थिएँ मेरो अगाडि राखेको यो सानो खान्दानी ऐना । तर आज केही समय बितेर जाँदा, थाहै नदिइ भागेको छ मबाट ऐना हेर्ने आँट र जागर एकैसाथ । किन यस्तो हुन्छ मान्छेलाई ? मनमा कतै अझै म जवान छु झैँ लाग्छ अनि उठेर हेरिदिउँ जस्तो लाग्छ त्यो सानो ऐना, तर आँट कता गएर लुकेको छ थाहा छैन, अचेल मेरो छेउ पर्न छोडेको छ । सायद उमेर पुगेका मान्छे, मान्छेलाई मात्र नभएर भावनालाई पनि पुग्ने गर्छन, या उमेर पुगेकालाई त्यस्तो लाग्ने गर्छ । मलाई अब पटक्कै ऐना हेर्न मन छैन , हेरूँ पनि त के हे हेरूँ ? त्यो ऐना अब ऐना मात्र नरहेर भित्तामा सजिने पेन्टिङझैँ बनेको छ । पेन्टिङमा दुब्दै गरेको नाउँ केरिएको छ , बलेर सकिन लागेको मुढो कोरिएको छ, निभ्दै गरेको दियो कोरिएको छ अनि केरिएको छ अस्ताउँदै गरेको सुर्य पनि । मलाई अस्तित्व
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.