Skip to main content

Posts

कठै ! एक्काइसौँ शताब्दीको महान् मानिस

Photo by  Bimal Ranabhat  from  Pexels     एउटा अचम्मको मानिस छ , ठीकठाक जस्तो पनि छ । बौलाएको जस्तो पनि छ , होसमै भएजस्तो पनि छ । उसँग आफ्ना बिचार छन् , सबैभन्दा उच्च स्तरको बिचार ( यस्तो ऊ आँफै मान्छ ) । अरूले मानुन् या नमानुन् उसलाई यसको केही सरोकार छैन । यति भनेपछि बुझिन्छ ऊ धमण्डी छ । प्रेमको मामलामा स्वार्थी पनि छ । उसलाई प्रेम चाहिन्छ र हुँदा पनि छटपटाउँछ । उसले लिन जानेको छ दिन जानेको छैन ।  एक्काइसौँ शताब्दीको महान् मानिस ( ऊ आँफुलाई यस्तै ठाँन्छ , नत्र यो कुरा अरू कसले मान्छ ? ) हार्न पनि जानेको छैन र हराउँन पनि । अरूलाई हराएको अन्धविश्वास पाल्छ र साँझ घर फर्केपछि आँफैसँग हार्छ । आँफैलाई हराउन भने मज्जाले जानेको छ । उसका गोडा जमीनमा छैनन् । आफुलाई उसले पन्छी ठान्छ , अरूलाई कुवाको भ्यागुत्तो । उसको शरीरबाट नमिठो गन्ध आउँछ , एकदमै अमिलो गन्ध त्यसैले अरू उसको अगाडि आउँदा नाक थुन्छन् र ऊ पनि त्यसै गर्छ । उसको छेउमा बसेर सास फेर्नु , केवल सास तान्नु र फ्याँक्नु मात्र हुन्छ । बाँचेको आभास अरूलाई दिन उसले जानेको छैन , चाहेकै छैन । बिचरापनको केही झलक उसमा देखिन्छ तर कसैले उसलाई बिचरा

कागजको आत्मकथा

Photo by: Pixabay      एउटा बडेमानको कोठा छ, कोठामा दुईटा ठूला झ्याल छन् । सिलीङमा एउटा कलेजी रंगको पंखा फनफनी घुमिरहेको छ । पंखाको ठ्याक्कै मुनि एउटा घुम्ने कुर्सीमा लेखक हातमा कलम लिएर केही सोचिरहेको छ । सायद लेखकै होला । जो लेख्छ त्यो लेखकै त होला नि ।       लेखकको टेबल पछाडि भित्तैभरीको एउटा ठूलो बुक र्याक छ । बुक र्याकको आधा भन्दा बढी भाग किताबले भरिएको छ र कोठामा किताबको मिठो बासना फैलिएको छ । लेखक बसेको कुर्सीसँगै एउटा ठूलो टेबल छ । टेबलको ठीक दाहिने छेउमा एउटा ठूलो डस्टबीन छ । डस्टबीनमा केही थान च्यातिएका किताबहरू छन् । ती किताब हेर्दा कसैले त्यस्लाई चबाएर थुकेझै लाग्छ ।       लेखकको टेबलमा एउटा हरियो रंगको पेपरवेट छ , पेपरवेटको छेउमा एउटा कालो रंगको आवर ग्लास छ , अनि त्यसकै छेउमा एउटा पेनस्ट्यान्ड छ , जसमा केही थान कलम सजिएका छन् । आवरग्लासकै छेउ, टेबलको मध्य भागमा म लम्पसार परिरहेको छु । अनि म माथी केही लेख्नलाई लेखक सोचम्ग्न छ । म पंखाको हावाले मन्द मन्द हल्लिरहेको छु । मेरो शरीरमा म नउडोस भनेर देब्रे हात राखेर लेखक सोचिरहेको छ । म एउटा खाली सादा कागज लेखकको मुहारमा हेरेर सो

चिप्लेकिराे …

पर्खालमा चढिरहेको चिप्लेकिराे देख्छु चढाइ निरर्थक लाग्छ ,  व्यर्थ  लाग्छ । पर्खालमाथि, न कोही छ बसेको  न आवाज सुन्छु, कसैले आइज भनेको नहुँदा बाटो कतै , आफैँ कोरेर  कहाँ पुग्न लम्किरहेको जन्तु यस्तो । म, मानिस जसै जसै  त्यो  दृश्य हेर्छु  कुनै मानिस त्यसरी नै पर्खाल उक्लेको देख्छु समाज हाँसेको, कानमा गुन्जिरहन्छ के उद्देश्य नहुनु नबाँच्नु सरह हो  ? अर्थ, अर्थ भनेर  बहुलाउने  म मान्छे  खोज्छु, किरो पर्खाल चढ्नुको अर्थ । जब जब खतरा हुन्छ  भुमिमा या रासायनिक सङ्क्रमण हुन्छ उसलाई एउटा अनौठो  वासना  निकाल्दै  ऊ चढ्छ कुनै अग्लो स्थानमा  ताकि त्यो  वासना  उसका साथीलाई, आउने  खतराको सूचना बनोस,  अनि त्यही सूचना दिँदा दिँदै ऊ आफै  एउटा मृत्युको सूचना बन्छ । म अर्थको भोको मान्छे  अर्थ पाएर त्यसै  हर्षित  हुन्छु अनि त्यही अर्थले विचलित पनि । सोचेको थिएँ कविता लेख्नेछु एउटा बिना उद्देश्य बाँच्नु पनि बाँच्नुनै हो भनेर तर अर्थको खोज, कविताको पासो बन्यो । मानिस हुँ , अर्थ बुझे पनि नबुझेझैँ गर्छु  जानेकै कुरा पनि, त्यसै सोध्ने गर्छु मलाई हार्नु छैन एउटा नाथे किराेसँग, त्यसैले उसको कानमा फुस्फुसाउँछु ।

भरिया

Photo by Simon Berger on Unsplash आज      बादल लागेको कारण बिहान मधुरो छ । केही बेरमा आकाश रोला जस्तो देखिएको छ । एउटा केटो बसिरहेको छ भरियालाई पर्खेर डाँडाको चौतारीमा । ऊ चार बर्षको हुँदा उसले चिनेको उसको साथी भरियालाई उसले आज बीसौँ पल्ट भेट्नेछ । चौतारी एकदम शान्त छ, एकाबिहानै भएकाले मान्छेको चहलपहल छैन त्यहाँ । त्यतीकैमा के झोक चल्छ त्यो केटो सुसेल्न थाल्छ कृष्ण बिक्रम थापाको सिन्धुली गढी घुमेर हेर्दा । सुसेल्दै पर पर डाँडा नियाल्न खोज्दै हुन्छ एउटा सानो आकृति पर साघुरो बाटोबाट उसैतिर आइरहेको देख्छ ।      एकपल्ट ध्यान दिएर त्यो आकृतिलाई हेर्छ, देख्छ उसको साथी भरिया जस्तै देखिने कोही उसैतिर आइरहेको छ। अझेै ध्यान दिएर हेर्दा ,टाउँकोमा नाम्लो अनि ढाडमा डोको बोकेको मान्छे भएकाले त्यो भरियानै हो भनेर बिस्वसत हुन्छ । मुहारमा एउटा अनौठो हाँसो ल्याएर ऊ हेरिहरहन्छ भरिया आउँने बाटोतिर । त्यताँ हेर्दा हेर्दै एककासी उसले भरियालाई एउटा सानो केटो जस्तो देख्न थाल्छ , जस्को टाउँकोमा सानो नाम्लो छ अनि ढाडमा सानो डोको देखिन्छ ... भरियासँगको पहिलो भेट       यही ठाँउमा यसरीनै बसिरहेको थियो ऊ , भरिया प

मैले पनि देश सोचेँ

Just because you do not take an interest in politics doesn't mean politics won't take an interest on you   - pericles चुपचाप आफ्नो कोठामा आनन्दले पल्टिरहेको मसँग आज एक्कासी politics ले interest लिएको छ । मलाई थाहा छैन मेरा उमेरका युवा के सोच्छन् , उनीहरूको विचार के छ । मलाई यो पनि थाहा छैन कि मैले सोचेका कुरा युवा सोच्छन् कि सोच्दैनन् । उनीहरूको मनमा मैले लेख्ने कुराले ठाँउ ओगट्छ कि ओगट्दैन । यो स्वतन्त्र देश भएकाले मलाई पनि केही कुरा राख्न मन लाग्यो । थाहा छ मलाई यो पढेर मेरा कुरा सँग रिसाउने मान्छे पनि धेरै भेटिन्छनु अनि खुसी हुने पनि सायद भेटिएलान् । मलाई केपी ओली समर्थक पनि भनेर भन्न सक्छन् तर त्यस्तो नठान्नु होला म केवल सरकार समर्थक हुँ , चाहे त्यो राजाको होस , कम्युनिस्ट होस वा कङ्गेस किन नहोस । यो लेखलाई केबल देशको बारेमा सोच्न बसेको एउटा २४ बर्षे केटोको मनोभाव मात्र सम्झेर मेरा कुरामा राजनीति मिसाइदिनुभएन भने म हुनु पर्ने भन्दा बढी खुसी हुनेछु । मलाई लाग्छ सोचमा राजनीति हैन राजनीति मा सोच मिसिनुपर्छ । भर्खर उठेर फेसबुक खोलेको थिएँ , देशमा हुँदै गरेका कुराहरूको अल्प ज्ञा

बतास मेरो साथी

Photo: pixabay बतास बेग्लै तवरले बगेको थियो । मैले थाहा पाएँ बतास बतास नभएर एउटा भावना हो ,बतास खुसी हो, बतास हाँसो हो । त्यती मात्रै नभएर बतास एउटा गाडी हो जो सम्झना रहर सपना अनि यस्तौ अमूर्त भावनाको चिठ्ठी बोकेर ओहोरदोहोर गर्छ । भक्तपुरको एउटा डाँडाको घरको झ्यालमा चिउँडो अड्याएर फुर्सद मासीरहेको मलाई त्यतीबेला एकाएक बतासले बोलायो, अनि मैले बतासँग बोल्न सिकेँ । बोल्नेको पिठो बिक्छ भन्ने सुनेको मैले बतास सँग बोलेर मेरो उदासी बेचेँ । मैले सोचेको थिइन बतासले मलाई आफूसँग घुम्ने निम्तो दिन्छ अनि म उसको लहैलहैमा लागेर घुम्न निस्कनेछु । तर अब निम्तो दियो त दियो भनेर म बताससँगै बतासिएँ । झ्यालबाट एउटा मान्छे ठ्याक्कै त्यहीबेला हरायो ।  बताससँगै बग्दै थाहा छैन म कुन ठाँउ पुगेँ । कुनै डाँडा थियो , निभ्न लागेको रातो सुर्य बादलको सेतो गल्बन्दी बाँधेर मलाई हेर्दै थियो । पिपलको पातले गाएको गीत सुन्दै म त्यही पिपलको पाउमा बनेको चौतारीमा बसिरहेको थिएँ । निलो आकाशले चौतारीलाई छाता ओढाएको थियो, एउटा बिशाल निलो छाता । ठाँउ नचिनेर बतासलाई सोधेँ , कहाँ ल्यायौ तिमीले मलाई ? बतास कुदेर अलि पर गयो अनि एउटा ख

नेपालीको औंला पसल

Photo by: Kaique Rocha/ Pexels बजार जान मलाई औधी मनपर्छ , सामान किन्न म प्रायजसो आँफै जाने गर्छु । हिजोको कुरा हो, केही तरकारी र  दुई जोर मोजा किन्नु पर्यो भनेर बजार तिर निक्लेको थिएँ । हातमा सामान बोक्ने झोला , खुट्टामा  फित्तावाल हात्तीछाप चप्पल लगाएर बजार जाने बाटोमा फटाफट हिँडीरहेको थिएँ । जाँदै गर्दा देखेँ एउटा मेरै उमेरको केटो बाटो छेउमा बसेर रोइरहेको थियो ।  केही बेर उसको छेउमा उभिएर हेरेँ , उसले मलाई देख्यो तैपनि रून छोडेन । यसो सोचेँ कस्तो अचम्मको केटो रहेछ , यत्रो भएर पनि रून लाज नलागेको । एक मन सोचेँ आाा रूदै गरोस मलाई केको टाउको दुखाइ । यस्तै सोचेर त्यो केटोलाई रोएकै छोडेर जान लागेको थिएँ अचानक मेरो दिमागले मलाई प्रश्न सोध्यो , मान्छे कुन बेला रून लजाउँदैन ? मनले एकाएक उत्तर दियो, जब लाज भन्दा पीडा ठूलो हुन्छ । मेरो मानवताले उसलाइ त्यसरी छोडेर जान दिएन , त्यसपछि उसको छेउमा गएर बसेँ , केही बेर एक शब्द पनि बोलिन, बिस्तारै उसले रून कम गर्यो । मान्छेको जात पनि अचम्मको छ , पीडा भएको बेला केही नबोले पनि छेउमा उभीदिने मान्छे भयो भने पनि उसलाई धेरै हिम्मत मिल्छ । रून कम भएपछि मैले