Photo by Simon Berger on Unsplash आज बादल लागेको कारण बिहान मधुरो छ । केही बेरमा आकाश रोला जस्तो देखिएको छ । एउटा केटो बसिरहेको छ भरियालाई पर्खेर डाँडाको चौतारीमा । ऊ चार बर्षको हुँदा उसले चिनेको उसको साथी भरियालाई उसले आज बीसौँ पल्ट भेट्नेछ । चौतारी एकदम शान्त छ, एकाबिहानै भएकाले मान्छेको चहलपहल छैन त्यहाँ । त्यतीकैमा के झोक चल्छ त्यो केटो सुसेल्न थाल्छ कृष्ण बिक्रम थापाको सिन्धुली गढी घुमेर हेर्दा । सुसेल्दै पर पर डाँडा नियाल्न खोज्दै हुन्छ एउटा सानो आकृति पर साघुरो बाटोबाट उसैतिर आइरहेको देख्छ । एकपल्ट ध्यान दिएर त्यो आकृतिलाई हेर्छ, देख्छ उसको साथी भरिया जस्तै देखिने कोही उसैतिर आइरहेको छ। अझेै ध्यान दिएर हेर्दा ,टाउँकोमा नाम्लो अनि ढाडमा डोको बोकेको मान्छे भएकाले त्यो भरियानै हो भनेर बिस्वसत हुन्छ । मुहारमा एउटा अनौठो हाँसो ल्याएर ऊ हेरिहरहन्छ भरिया आउँने बाटोतिर । त्यताँ हेर्दा हेर्दै एककासी उसले भरियालाई एउटा सानो केटो जस्तो देख्न थाल्छ , जस्को टाउँकोमा सानो नाम्लो छ अनि ढाडमा सानो डोको देखिन्छ ... भरियासँगको पहिलो भेट यही ठाँउमा यसरीनै बसिरहेको थियो ऊ , भरिया प
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.