Photo by Andre Furtado from Pexels |
सम्झना
पानीको छालझै पछि छुट्दैछ
यात्रा
गरिरहेछ जीवन ।
हातमा, समयको, एउटा सानो बहना छ
जो
नथाकी चलिहरेछ..
कति
सम्झना बगाइहरेछ
कति
सपना बोलाइरहेछ
यात्रा, हिसाबबिहिन तैरिरहेछ ।
तर
जीवन, जो आँफै एउटा उपहार छ
उसैले
यी सबको हिसाब मागिरहेछ
त्यसैले
त बतासमा
अदृश्य एउटा प्रश्न छ
जो
हरपल सोधिरहन्छ
उपहारको
हिसाव पनि कोही राख्न सक्छ र ?
- बिजय लुईटेल
Comments
Post a Comment