Photo : * saipal / flickr काठमान्डौँमा अफिस टाइम भएको छ, जडिबुटीको जाममा सधैझै प्रतिक्षारत छु , केही बेरमा जाम खुल्छ भन्ने आशमा । आज सधैभन्दा केही लामो जाम भएको अनुभव भइरहेको छ । गर्मी मौसमका कारण घाम आगो ओकल्न खोज्दैछ । पसिनाका केही थोपा , डाढमा बगेको थाहापाइरहेको छु । सबैलाई पिरोलिरहेको छ जेठको घामले । जाममा परिरहने भएकाले मलाई गाडीको गाइगुइले झर्कौ लाग्न छोडेको छ , हर्नको काइकुइकले पनि झर्को लाग्न छोडेको छ । काठमान्डौको जाम रोगसँग अभ्यस्त भएको छु तर अचेल मभित्र नयाँ झर्कोले जन्म लिएको छ, मलाई अचेल जाममा देखिने उदासी देखी झर्को लाग्न थालेको छ । सधै जसो बीस तीस मिनेट जाममा बस्दा अनेक कुरा देख्छ आँखाले, म आँखालाई नहेर् भन्न सक्दिन, दिमागलाई नसोच् भन्न सक्दिन । दाँयाबाँया हेर्छु मन बहलाउँन ,या भनौ समय काट्न । केही महिना भयो, एकै खाले दृश्यबाट गुज्रिरहेको छु । म मात्र होइन सायद काठमान्डौँका सबै मान्छे यही दृश्यबाट गुज्रिरहेका छन् , त्यो दृश्य हो उदासीको , हो काठमान्डौ उदास छ अनि यो सत्य हो । हैन हैन, यो नसोच्नु होला कि जामले अथवा गर्मीले मान्छे उदास भएका हुन , यो त काठम
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.