के तिमीलाई मैले पहिले कतै देखेको छु ?
यही प्रश्नले तिमीलाई बीचबाटो छेकेको छु
म पनि सम्झन्छु तिमी पनि सम्झि हेर
के हाम्रा आँखा पहिले कतै जुधेथे भनी
के हाम्रा कुम एकअर्कामा छोएथे भनी
मिलेरै सम्झिउँ , या यसै सम्झेझै गरौँ
छ भनी मैले कोट्याएको हाम्रो परिचय
यसरी तिमीलाई अल्मल्याउनु गल्ती हैन मेरो
न म अल्मलिएको मेरो ढर्रानै मेरो गल्ती हो
गल्ती त बस यो चनचले जवानी को हो
जो बिचबाटो अनजानलाई जानाजान छेकिदिन्छ
झुटले किनेको तिम्रो समयलाई लम्ब्याउन
मसँग शब्दका उपहार अब सिमित छन्
त्यसैले तिमी अल्मलिएको समयलाई बचाएर
अब म एउटा नयाँ दाउ छोपिरहेछु
मनमा काहानी बुनी तिमीलाइ सुनाउने
केही चुटकिला भनी तिमीलाइ हसाँउने
अदृश्य जाल हानी तिमीलाई फसाउँने
तैपनि मनमा खै कस्तो नौलो डर छ
तिमीलाई भन्नै नसक्ने यस्तो रहर छ
अर्को पल्ट तिमीलाई कतै भेट्दा
के तिमीलाई मैले पहिले कतै देखेको छु ?
भनेर यसरी बिचबाटो सोध्न नपरोस
एकअर्काको परिचय फेरी खोज्न नपरोस ।।
बिजय लुईटेल
Comments
Post a Comment