Skip to main content

Posts

अरिङ्गालको लुकामारी

लगभग दुई बजेको थियो, कम्प्युटरको स्क्रीनमा म कुनै स्ट्यान्ड अप कमेडियनको भिडियो हेरेर मुस्कुराउन खोजिरहेको थिएँ । काम केही नभएको बेला, अफिसमा मन बहलाउने मेलो हुन्थ्यो यस्ता भिडियोहरू । भिडियोमा कहाँ हाँस्ने भनेर खोज्दै थिएँ , त्यतीकैमा कोठामा किरर् आवाज सुनेँ । कम्प्युटरबाट मुन्टो बटारेर आवाज आएतिर हेरेँ । एउछा अरिङ्गाल झ्यालको सिसामा टाउँको ठोकिरहेको थियो । त्यसको प्रयास हेर्दा लाग्थ्यो केही बेरमै त्यो आफ्नो टाउकोले सिसा फोर्नेछ र भुर्र उड्नेछ स्बच्छ हावामा । मलाई भनेँ यता डरलाग्न थालिसकेको थियो । याद छैन कहाँ र कसले तर भनेको सुनेको थिएँ , अरिङ्गालले टोक्यो भने मान्छे ठाउँका ठाउँ मर्छ , अरिङ्गालले टोक्दा त मान्छेले सहन नसकेर आफ्नो शरीरमै पिसाब फेर्छ , अरिङ्गालले टोकेको मान्छे त सुन्नीएर चिन्नै नसकिने हुन्छ । नेपालमा जन्मेहुर्केका लगभग सबैले यस्ता कुरा सुनेका होलान् , कोहीले अझ बढी पनि सुनेका होलान अरिङ्गालको आतंकको बारेमा , मैले सुनेको डरलाग्दा कुरा यिनै हुन् । भित्र भित्रै मनमा डर बढ्दै थियो, मैले एक पल्ट अरिङ्गालको टोकाइले मरेको मेरो लास सम्झे , मेरो हो कि हैन पनि थाहा पाइनँ

के तिमीलाई मैले पहिले कतै देखेको छु ?

के तिमीलाई मैले पहिले कतै देखेको छु ? यही प्रश्नले तिमीलाई बीचबाटो छेकेको छु म पनि सम्झन्छु तिमी पनि सम्झि हेर  के हाम्रा आँखा पहिले कतै जुधेथे भनी के हाम्रा कुम एकअर्कामा छोएथे भनी मिलेरै सम्झिउँ , या यसै सम्झेझै गरौँ छ भनी मैले कोट्याएको हाम्रो परिचय यसरी तिमीलाई अल्मल्याउनु गल्ती हैन मेरो न म अल्मलिएको मेरो ढर्रानै मेरो गल्ती हो गल्ती त बस यो चनचले जवानी को हो जो बिचबाटो अनजानलाई जानाजान छेकिदिन्छ झुटले किनेको तिम्रो समयलाई लम्ब्याउन मसँग शब्दका उपहार अब सिमित छन् त्यसैले तिमी अल्मलिएको समयलाई बचाएर अब म एउटा नयाँ दाउ छोपिरहेछु  मनमा काहानी बुनी तिमीलाइ सुनाउने केही चुटकिला भनी तिमीलाइ हसाँउने अदृश्य जाल हानी तिमीलाई फसाउँने तैपनि मनमा खै कस्तो नौलो डर छ तिमीलाई भन्नै नसक्ने यस्तो रहर छ अर्को पल्ट तिमीलाई कतै भेट्दा के तिमीलाई मैले पहिले कतै देखेको छु ? भनेर यसरी बिचबाटो सोध्न नपरोस एकअर्काको परिचय फेरी खोज्न नपरोस ।। बिजय लुईटेल   

खुसी

एउटा अनौठो बेचैनी छ मनभित्र, हर्षको काउकुती होला , मनको आकाशबाट बादल हटेर सुर्यदेबले मुहार देखाएका छन् , त्यो किरणको स्पर्शले यसै ताजा तुल्याएको छ इन्द्रियहरूलाई । जमीन मगमग वास आइरहेछ कुनै कस्तुरीको नाइटोझै , फेरी पुष्पमा मोतीदाना फलेका छन् झुम्का लगाई बगैचालाई, विरक्ति  मन पाइला चाल्न थालेको छ खुसीको सागर छुन , उमङ्गको पछ्यौरी ओढेको छ तनले दुःखी जाडोको सिरेटो छेक्न । पाना, माग गर्दै अक्षरका रङ्ग पल्टेका छन् एकपल्ट फेरी , सुन्दरता सबै कुनाबाट बयान गर्दैछ आफु उपस्थित छु भनि , समयले पनि हात दिँदैछ आँफु सँग कतै डुलाउनलाई , बिगत आफ्नै बिदाइमा मुस्कुराइरहेछ, हातमा सामल बोकी । चाहनाको भिडले कतै भित्रबाट एकै स्वरमा गाइरहेछन् जा ए मानिस , मुस्कुराउँदै जा, जीवनको काखमा लुटपुटीदे मनका चाहनालाई तृप्त पार् , सम्झनाहरूको खेती गर् , एकान्त खोजी झोक्राएको मनलाई , खुला आकाशमा पन्छीझै उडाइदे ।। बिजय लुईटेल

टिसर्ट र इनर लगाएको गोही

Photo: commons.wikimedia.org भाइ अब तपाइँहरू टाँढी जाने गाडी समात्नुस अनि त्यहाँ एउटा गैडा भएको चोक आउँछ त्यही ओर्लीएर सफारी लिएर जानुहोला भन्दै हामीसँग काठमान्डौ देखी सँगै मयूर यातायातमा उभीएर आएका अधबैसेले भनेँ । हामीले हुन्छको भावमा टाउको हल्लायौ अनि धन्यबादका केही शब्द साट्यौ ।  त्यो नयाँ बर्षको दुई दिन अघिको कुरो थियो, नयाँ बर्षको चहलपहलका कारणले रूटका गाडी सबै रिजर्भ चलेका थिए । कलङ्कीमा दुई घण्टाको गाडी पर्खाइपछि बल्ल तल्ल भाग्यले पोखरा जाने गाडी समाएर त्यतीबेला हामी मुग्लीनमा ओर्लीएका थियौँ । लगभग रातको आठ बजेको थियो । हामी दुई केटा दिनभरी गाडीमा उभीएर लखतरान परेको थियौ । केही बेर टाँढी जाने गाडी पर्खदा पनि नआएपछि थोरै डर लाग्न थालेको थियो , कतै रात यतै कटाउनु पर्ने त होइन भनेर , त्यस्तैमा एक जना राई लिम्बु जस्ता देखिने दाइ आए, भाइहरू पनि टाँडी तिरै जाने हो ? मैले जाने त भनेको हो दाइ तर गाडीनै रोकेको छैन भनेपछि उनी केही आक्रोसमा आएर भनेँ  फलानाका का छोराहरू डाइभर, साला सधै यस्तै गर्छन् सबैलाई ओरालेर चुट्न पर्ने । मैले थोरै हाँसेर होको भाव देखाएँ, उनको आक्रोस देख्दा ज

प्रेमिलाई अन्तिम पत्र

प्रिय परीपूर्व मायालु परी जस्ती तिमीलाई भूतपूर्व भन्न मन लागेन । खै कति सम्झना । तिमीलाई पढेर खुसी लाग्ला कि तिमीले मलाई केही समय देखि दिनहुँ खुवाउँदै आएको तितो अनि सारै नमिठो , तिरस्कार र बेबास्ताका ट्याब्लेटले ढिलै भएपनि काम गर्यो । अघिल्ल्लो रात ट्याब्लेटको अन्तिम डोज खाएर सुतेको म त्यस बिहान सधैझैँ ब्युँझिन , त्यो नयाँ ब्युझाँई थियो । मलाई अरू दिनझैँ मनलाई जगाउन समय लागेन , मेरो मन हलुका भएको रहेछ म भन्दा छिटो उठ्न खोज्यो । सधैझैँ ब्युझँने बित्तिकै पर्दा उघारेँ , अच्चम्मको घाम लागेको थियो, अरू दिन मलाई त्यस्तो घाम लागेको थाहा छैन । अब यस्तो घाम लाग्यो त म कसरी भनौँ तर न्यानो अनि मिठो थियो त्यो बिहानको घाम । अच्म्म त के भयो भन्दा मैले कुन्नी कहिलेबाट म सँग लुकामारी खेल्ने गरेको कुकु चरोलाई फेला पारेँ । कुकु गर्दै, मलाई खोज भन्दै, लुकिरहेको थियो आरूको हाँगामा । अस्ति अस्ति पनि लुकेको थियो सायद कसरी पो हो देखिन रहेछु । तिमीलाई बिस्वास नलाग्ला तर त्यो बिहान मैले पर्खाइहने आफ्ना र पर्खीरहने आफ्ना बीचको फरक थाहा पाएँ । बिस्तारै कोठाको ढोका खोलेर मुख धुन गएँ , धेरै समय पछि त्यो बिहान

भ्यालेन्टाइन डायरी

केही दिन भयो उसलाई मज्जाले निद्रा लागेको छैन , यो भ्यालेन्टाइन डे पछिको कुरा हो । निद्रै नलाग्ने पनि हैन उसलाई , लाग्छ । तर एउटा अनौठो सपना देख्छ अनि झस्केर ब्युँझन्छ । कोही बोल्छ उसको सपनामा । अन्धकार छ सपना । अनि सपनाको लगभग अन्त्यतिर ऊ बाइकमा हुन्छ, भक्तपुर दरबारको पार्किङबाट जब ऊ बाइक निकाल्छ उसका आँखाबाट आसु झर्छन्, मन चिसो भएको हुन्छ । मान्छेले आँसु नदेखून् भनेर ऊ हेल्मेटको कालो सिसा झार्छ अनि फेरि अन्धकार हुन्छ । बाइक चलाउन केही नदेखेपछि ऊ ब्यँुझन्छ । ब्यँुझदा उसको शरीर पसिनाले भिजेको हुन्छ अनि मन अलमलले । सपना अनौठो छ , कोही केटी बोल्दै हुन्छे कुनै चिठी बाचन गरेजस्तै । उसलाई केटीको स्वर चिन्न खासै बेर लाग्दैन । आफ्नै नाम बोलेर सुरु गर्छे , मेरो जीवनको अमूल्य मान्छे ........... , भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना । सपना कालो छ कोही देखिँदैन तैपनि मधुरो आवाज सुनिन्छ । सपनामा केटी पढ्दै जान्छे , कसरी भन्न सकेँ अब तिमीलाई कल गर्दिन , म्यासेज गर्दिन भनेर । किन म तिमीलाई केही नराम्रो भन्ने बित्तिकै एकैछिनमा ग्लानी महशुस गर्छु  ?  यति भनेर केही बेर रोकिन्छे अनि फेरि सुरु हुन

डरबोक

प्रिय पाठक, मैले यहाँ केही फरक गर्न खोजेको छु । भावना भनेको यथार्थ र कल्पनाको अलमलको उपज हो । एक पल्ट भावना अर्थात कविता पढ्नुहोला अनि सबै पढेर कविता फेरी पढ्नुहोला यदि राम्रो लागेमा , नलागे पनि मेरो मन राख्न पढ्नुहोला । म खुसी हुनेछु । पहिलो पल्ट पढेको कविता र दोस्रो पटक पढेकोमा के फरक पाउनुहुन्छ भनिदिनुहोला ।  भावना ः पातलो निद्राको कायामा सुनौलो सपना लागेको छ दुधमा बाक्लो तर् लागेझैँ अनि मलाई हाम्रा अमिला याद देखि डर लाग्न थालेको छ । डरपोक हैन , डरबोक हुँ डरलाई बोकेर हिडेँको यात्री मलाई डरले अब कहाँ पुर्याउँछ ? लुलो भएँ भनेर बिसाइदिउँ कि  बलियो छु भनि बोकीरहूँ  डरको ओजिलो भारी ? अझ केही कदम टेकौँ भन्छ अझ केही माइल हिडौँ भन्छ थकित मनले अनायासै । अनि केही पर चौतारी छ भन्दै , आशाका आवाजहरू  मेरो कानमा गुजमुजाइरहेछन् । “ भारी साट्नेको त्यहाँ भिड लाग्छ ” “ तैँले कोही परिचीत फेला पार्छस् ” “ भारी बिसाएर तेरै बाटो हेरिरहने   त्यही तेरो डर साट्ने साथी ” भन्दै  नयाँपनका कोपिला