Photo: commons.wikimedia.org भाइ अब तपाइँहरू टाँढी जाने गाडी समात्नुस अनि त्यहाँ एउटा गैडा भएको चोक आउँछ त्यही ओर्लीएर सफारी लिएर जानुहोला भन्दै हामीसँग काठमान्डौ देखी सँगै मयूर यातायातमा उभीएर आएका अधबैसेले भनेँ । हामीले हुन्छको भावमा टाउको हल्लायौ अनि धन्यबादका केही शब्द साट्यौ । त्यो नयाँ बर्षको दुई दिन अघिको कुरो थियो, नयाँ बर्षको चहलपहलका कारणले रूटका गाडी सबै रिजर्भ चलेका थिए । कलङ्कीमा दुई घण्टाको गाडी पर्खाइपछि बल्ल तल्ल भाग्यले पोखरा जाने गाडी समाएर त्यतीबेला हामी मुग्लीनमा ओर्लीएका थियौँ । लगभग रातको आठ बजेको थियो । हामी दुई केटा दिनभरी गाडीमा उभीएर लखतरान परेको थियौ । केही बेर टाँढी जाने गाडी पर्खदा पनि नआएपछि थोरै डर लाग्न थालेको थियो , कतै रात यतै कटाउनु पर्ने त होइन भनेर , त्यस्तैमा एक जना राई लिम्बु जस्ता देखिने दाइ आए, भाइहरू पनि टाँडी तिरै जाने हो ? मैले जाने त भनेको हो दाइ तर गाडीनै रोकेको छैन भनेपछि उनी केही आक्रोसमा आएर भनेँ फलानाका का छोराहरू डाइभर, साला सधै यस्तै गर्छन् सबैलाई ओरालेर चुट्न पर्ने । मैले थोरै हाँसेर होको भाव देखाएँ, उनको आक्रोस देख्दा ज
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.