के बार हो भन्न चाहन्न , लगभग ७ बजेको छ । उठ्ने बेला त भएको हो तर किन मलाई उठ्न मन लागिरहेको छैन । यसो पर्दाको चेपबाट बाहिर हेर्छु मज्जाले हुस्से लागेको छ , झ्यालको सिसामा बाफ देखिएको छ , औलाले नाम लेख्न मिल्ने गरि । खाटमै सुतेर केही सोच्न थाल्छु तर के ? म कहाँ जाँदै छु र कहाँ बाट आए ? या किन मेरो मोबाइलमा गुड मर्नीङ्ग म्यासेज आउँदैन ? या दिन किन यती चिसो ? यस्तै यस्तै । सायद मेरो मोबाइल मा किन गुड मर्नीङ्ग म्यासेज आउँदैन सोच्दैछु तर कस्को ? पात्रको ।। दुनियामा यत्रो मान्छे छन् सबैको मोबाइलमा बिहान बिहानै म्यासेज त पक्कै आउँदैन होला , के सोच्दा हुन त उनीहरु ? मलाई थाहै छैन म अगाडि बढ्दैछु या फेरी पछाडिनै फकैदैछु तर कहाँ फर्कै ? बितिसकेको समयमा फर्कन के म टाइम ट्राभलर हो र ? कोही बेला त हो जस्तो लाग्छ , कसै सँग बिताएको समय मलाई फो के मा हेरिरहेको छु झै लाग्छ । किन केही याद हरु यती सजीब झै लाग्छन् , अजीब झै लाग्छन् । मरेको समयले किन म बाँच्दैछु त भित्र भनेर कुत्कुत्याइरहन्छन् । मलाई मात्र हो यस्तो हुने ? हैन होला । मलाई अहिले संसारको सबसे आरामदायी हल ( मेरो खाट ) मा सुतेर फिल्म हेरेको झै लागिरहेको छ तर कुन फिल्म ? आफ्नै फिल्म ।।।
हरेक मान्छे सँग यस्ता आफ्नै फिल्म हरु हुन्छन् , मेरो पनि छ , तर मलाई आफ्नो फिल्म मन पर्दैन , किन ? अधुरो छ सायद । एउटा पात्रले बिचैमा फिल्म छोडेर सुटिङ्ग रोकिएको छ । अको पात्र खोजौ कि भनेर पनि नसोचेको हैन तर उसले जस्तो कस्ले निभाउन सक्ला र भनेर पर्खिएको छु । तनाब पनि कति हो कति अब पात्र आएन भने फिल्मको पुरै काहानी बदल्नु पर्छ , कती मेहेनतले लेखेको काहानी थ्यो । मेरो ड्रिम प्रोजेक्ट थियो यो त कस्तो मन लाएर बनाउँला भन्ने सोचेको थिएँ । गुनासो त गरेको हो उस्ले फिल्म अलिक कन्फ्युजिङ्ग छ भनेर , मैले हुन्छ मिलाएर सल्ला गरेर गरौला पनि भनेको हो , यसरी बिचमा छोड्नु चै हुन्न थियो , यो सबै काम डिरेक्टर , प्रोडुसर अनि नायक पनि आँफै भएसि गाह्रो रैछ , एक दुई ओटा जिम्मेवारी निभाउँछु भनेको भएँ नि हुँन्थ्यो त्यसै फिल्म छोडेर तनाब मात्र । कहाँ लाने हो अब मलाई यो काहानीले ? कति दिन पर्खाउने हो पात्रले ? बाक्क लाग्छ बेकारमा यो फिल्म बनाउँने चक्करमा लागेर दिमाग बिगारेछु । हरेक मान्छे को एउटा फिल्म हुन्छ , कसैको मायालु कसैको उदास कसैको नसालु , कसैको बिषालु , कसैको मिठो , कसैको तितो , कसैको टर्रो, कसैको अधुरो कसैको अपुरो कसैको दुःखी कसैको सुखी । मलाई लाग्छ जस्तै भए पनि मान्छे लागिनै रहन्छ आफ्नो फिल्म बनाउँन , पात्रको खोज उसलाई सधै भै नै रहन्छ । केही पात्र क्लाइम्याक्स सम्म साथ रहन्छन् कोही मध्यान्तरमा साथ छोड्छन् । केही दिन फिल्म रोकिन्छ अनि फेरी बग्छ स्क्रीप्टमा केही बदलाब ल्याएर । फिल्म राम्रो हुनु नै महत्वपुर्ण हुन्छ । जुन फिल्मको मध्यान्तर अलि अपुरो हुन्छ त्यस्तै फिल्म हेर्नको मज्जा बढी हुन्छ । लाग्छ अपुरोपनले पुर्णता सँग चिनजान गराउँछ मान्छेलाई ।
अब चै उठ्नु पर्ला अनौठा कुरामात्र आउँछन् सुतिरह्यो भने त । उठेर पानी सार्छु , मनतातो पानी पिउँछु । अनि सबै पर्दा खोल्छु ,उज्यालो ले कोठा अर्कै हुन्छ मलाई लाग्छ कुनै फिल्म सुटिङ्ग भै रहेको छ , झ्यालमा अझै नाम लेख्न मिल्ने गरीको बाफ छ , फेरी त्यै पात्रको याद आउँछ , औला बढाउँछु सिसामा उसको नाम लेख्न । त्यतीकैमा घामको झुल्को पुर्ब बाट हुस्से छेडेर सिसामा पर्छ कसैले बोलाए जस्तो लाग्छ कतै मन भित्रबाट , एकछिन बिश्राम लिउँ भन्दै , अनि उसको नाम लेख्न लागेका औँलाले काम्दै सिसमा मध्यान्तर लेख्छ ।
बिजय लुईटेल
Comments
Post a Comment