Skip to main content

Posts

भ्यालेन्टाइन डायरी

केही दिन भयो उसलाई मज्जाले निद्रा लागेको छैन , यो भ्यालेन्टाइन डे पछिको कुरा हो । निद्रै नलाग्ने पनि हैन उसलाई , लाग्छ । तर एउटा अनौठो सपना देख्छ अनि झस्केर ब्युँझन्छ । कोही बोल्छ उसको सपनामा । अन्धकार छ सपना । अनि सपनाको लगभग अन्त्यतिर ऊ बाइकमा हुन्छ, भक्तपुर दरबारको पार्किङबाट जब ऊ बाइक निकाल्छ उसका आँखाबाट आसु झर्छन्, मन चिसो भएको हुन्छ । मान्छेले आँसु नदेखून् भनेर ऊ हेल्मेटको कालो सिसा झार्छ अनि फेरि अन्धकार हुन्छ । बाइक चलाउन केही नदेखेपछि ऊ ब्यँुझन्छ । ब्यँुझदा उसको शरीर पसिनाले भिजेको हुन्छ अनि मन अलमलले । सपना अनौठो छ , कोही केटी बोल्दै हुन्छे कुनै चिठी बाचन गरेजस्तै । उसलाई केटीको स्वर चिन्न खासै बेर लाग्दैन । आफ्नै नाम बोलेर सुरु गर्छे , मेरो जीवनको अमूल्य मान्छे ........... , भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना । सपना कालो छ कोही देखिँदैन तैपनि मधुरो आवाज सुनिन्छ । सपनामा केटी पढ्दै जान्छे , कसरी भन्न सकेँ अब तिमीलाई कल गर्दिन , म्यासेज गर्दिन भनेर । किन म तिमीलाई केही नराम्रो भन्ने बित्तिकै एकैछिनमा ग्लानी महशुस गर्छु  ?  यति भनेर केही बेर रोकिन्छे अनि फेरि सुरु हुन

डरबोक

प्रिय पाठक, मैले यहाँ केही फरक गर्न खोजेको छु । भावना भनेको यथार्थ र कल्पनाको अलमलको उपज हो । एक पल्ट भावना अर्थात कविता पढ्नुहोला अनि सबै पढेर कविता फेरी पढ्नुहोला यदि राम्रो लागेमा , नलागे पनि मेरो मन राख्न पढ्नुहोला । म खुसी हुनेछु । पहिलो पल्ट पढेको कविता र दोस्रो पटक पढेकोमा के फरक पाउनुहुन्छ भनिदिनुहोला ।  भावना ः पातलो निद्राको कायामा सुनौलो सपना लागेको छ दुधमा बाक्लो तर् लागेझैँ अनि मलाई हाम्रा अमिला याद देखि डर लाग्न थालेको छ । डरपोक हैन , डरबोक हुँ डरलाई बोकेर हिडेँको यात्री मलाई डरले अब कहाँ पुर्याउँछ ? लुलो भएँ भनेर बिसाइदिउँ कि  बलियो छु भनि बोकीरहूँ  डरको ओजिलो भारी ? अझ केही कदम टेकौँ भन्छ अझ केही माइल हिडौँ भन्छ थकित मनले अनायासै । अनि केही पर चौतारी छ भन्दै , आशाका आवाजहरू  मेरो कानमा गुजमुजाइरहेछन् । “ भारी साट्नेको त्यहाँ भिड लाग्छ ” “ तैँले कोही परिचीत फेला पार्छस् ” “ भारी बिसाएर तेरै बाटो हेरिरहने   त्यही तेरो डर साट्ने साथी ” भन्दै  नयाँपनका कोपिला

याद बोल्ने कट्टु

Photo by  Jordan Whitt  on  Unsplash २०७५ को एक खुलेको बिहान , धेरै पछि मर्नीङ्ग वकमा हिँडेको थिएँ । घाम मज्जाले लाग्न खोज्दैथियो  बोडेतिरबाट घर फर्कदै गर्दा एउटा घरको भित्ताले मेरो आँखा तान्यो । थोरै रातो त्यो भित्तामा सेतो अक्षरमा लेखिएको थियो " प्रोएड मोटरसाइकल पार्किङ " । म अचम्ममा परेँ , २०६३ साल तिर लेखिएको त्यो अक्षर अझै उस्तै भएको देखेर । मेरा खुट्टा एकछिन रोकिए अनि अघि बढेँ त्यो भित्तातिर । लगभग छ फुटको रातो भित्तामा मेटिन लागेको अक्षर नाँचिरहेका थिए । भित्ता भन्दा माथि रडले बनेको जाली थियो , त्यसको ठ्याक्कै माथि एउटा झ्याल थियो सेतो रङ्गको । दिमाग गनगनाउँदै थियो, यतिका बर्ष किन मेरा आँखा गएनन् यो भित्तामा भनेर । सायद बाइकमा हिड्दा बाटोमा धेरै ध्यान गएर होला छेउछाउका यस्ता कुराहरू छुटिरहेका हुँदा रहेछन् । मेरो मन भनेँ त्यो झ्यालबाट भित्र चियाँउन थालिसकेको थियो । मनले खासै दिमागको बहकाउमा नआइ मलाई झ्यालभित्र लिएर गयो । झ्यालमा पुग्दा नपुग्दै भित्रबाट गाइगुइँ आवाज सुनिन थाल्छ, केटाकेटी गनगनाइरहेको । यसो त्यो खुल्ला झ्यालबाट भित्र हेर्छु एउटा अन्दाजी बाइस चौब

मध्यान्तर

के बार हो भन्न चाहन्न , लगभग ७ बजेको छ । उठ्ने बेला त भएको हो तर किन मलाई उठ्न मन लागिरहेको छैन । यसो पर्दाको चेपबाट बाहिर हेर्छु मज्जाले हुस्से लागेको छ , झ्यालको सिसामा बाफ देखिएको छ , औलाले नाम लेख्न मिल्ने गरि । खाटमै सुतेर केही सोच्न थाल्छु तर के ? म कहाँ जाँदै छु र कहाँ बाट आए ? या किन मेरो मोबाइलमा गुड मर्नीङ्ग म्यासेज आउँदैन ? या दिन किन यती चिसो ? यस्तै यस्तै । सायद मेरो मोबाइल मा किन गुड मर्नीङ्ग म्यासेज आउँदैन सोच्दैछु तर कस्को ? पात्रको ।। दुनियामा यत्रो मान्छे छन् सबैको मोबाइलमा बिहान बिहानै म्यासेज त पक्कै आउँदैन होला , के सोच्दा हुन त उनीहरु ?  मलाई थाहै छैन म अगाडि बढ्दैछु या फेरी पछाडिनै फकैदैछु तर कहाँ फर्कै ? बितिसकेको समयमा फर्कन के म टाइम ट्राभलर हो र ? कोही बेला त हो जस्तो लाग्छ , कसै सँग बिताएको समय मलाई फो के मा हेरिरहेको छु झै लाग्छ । किन केही याद हरु यती सजीब झै लाग्छन् , अजीब झै लाग्छन् । मरेको समयले किन म बाँच्दैछु त भित्र भनेर कुत्कुत्याइरहन्छन् । मलाई मात्र हो यस्तो हुने ? हैन होला । मलाई अहिले संसारको सबसे आरामदायी हल ( मेरो खाट ) मा सुतेर फिल्म हेरेको

मलाई त तिम्रो सम्झना आउँछ

मौसम कति उदास छ , सडकमा सुकेका पातहरु खसेका छन् , हावाले बगाउँदा अनौठो सुस्केरा आउँछ त्यहाँ बाट , कोही गनगनाए जस्तो । तिमीलाई ति पातको आबाजमा म सुकसुकाएझै लाग्छ कि लाग्दैन ? नलागे पनि गुनासो छैन तर पात खसेर नाङ्गो भएको रुखको हाँगाहरुको नाङ्गोपनले त पक्कै मेरो सम्झना दिलाउँला । सुख्खा हावा चलेको छ गुनगुनाउँदै , कसैले गीत गाए जस्तो । त्यो हावाले तिम्रो कानमा सुइइ आवाज दिएर जाँदा मैले बोलाए जस्तो लाग्छ कि लाग्दैन ? नलागे पनि केही गुनासो छैन तर त्यो हावाले बगाएर ल्याएको चिसोपनले त पक्कै मेरो सम्झना दिलाउला ।  आकाशमा फाट्टफुट्ट बादल छाएका छन् । एउटा बादलको टुक्रा अर्को बादलको टुक्रालाई समाउँन खोज्दैछ , त्यो बादलको टुक्रा बिचको सानो दुरीे देख्दा तिमीलाई मैले पछ्याए जस्तो लाग्छ कि लाग्दैन ? नलागे पनि केही गुनासो छैन तर आकाशको अर्को कुनामा एक्लै बग्दै गरेको बादलको टुक्राले त पक्कै मेरो सम्झना दिलाउँला । मलाई त आइ रहन्छ तिम्रो सम्झना , यसै बाटोमा हिड्दा , घरमै बस्दा , किताब पढ्दा अनि सबै तिर । पार्कमा एउटा जोडी बसिरहेका छन्, घाम मज्जाले लागेको छ , एक अर्कालाई हेर्दै

सिद्धपोखरी : रातको १२ बजे

सिद्धपोखरीमा  रातको १२ बजेको छ , पुर्णीमाको रात भएर पोखरीमा हल्का उज्यालो पोतिएको छ , बेला बेला माछाको चप्लङ्ग चुप्लुङ्ग सुनिन्छ, रुखमा बसेको किराहरुको अनौठो आबाज आइरहेको छ । हाबा चलेको ले रुखका पातहरु मन्द मन्द सुसेल्दै छन् । एकदम सुन्सान छ पोखरी । जूनको मधुरो प्रकासमा रुखको छाँया पोखरीमा छरिएको छ । यस्तैमा एउटा मधुरो आकृति पवेश द्धार छेउको पर्खालबाट भित्र उक्लन्छ । लुगामा लागेको भित्ताको सेतो टकटकाउँछ । हेर्दा २२-२४ बर्षको देखिने त्यो आकृति अब बिस्तारै पोखरीलाई दाइने पारेर हिड्न थाल्छ । सुनसान भएर होला उसको हिडाइको आवाज प्रस्ट सुनिन्छ । आदा पोखरी घुमिसकेपछि , ऊ एउटा पाटीमा गएर बस्छ । पर आँफु पसेको पर्खाल तिर हेर्छ अनि एकपल्ट हातमा बाँधेको घडी पनि हेर्छ ।  त्यसतैमा सुबास भन्दै सानो स्बरमा कसैले बोलाउँछ , ऊ आफु बसेको ठाँउबाट उठेर पछाडि फर्कन्छ , एउटी केटी पर्खालको पल्लो पट्टीबाट उसैलाई हेरिरहेकी हुन्छे । हात दिदैनौ भनेर केटीले सोधेपछि सुबास उसलाई भित्र उकाल्नलाई हात दिन्छ । भित्र पसिसकेपछि केटी भन्छे धेरै बेर त पर्खाइन नि ? आज त परेन धेरै बेर पर्खन , तिमी समयको धेरै पक्का भएछौ स

पार्सल : एक प्रेम कथा

Photo by  Kira auf der Heide  on  Unsplash २०१९ डिसेम्बर ३१ रेस्टुरेन्टमा भर्खर काम सकेर कुर्सीमा थकाई मार्दैछे आरजु । साझको ६ बजेको छ । मन्द बत्ती बलेको छ रेस्टुरेन्टमा , छेउमा केही ग्राहक रमाइरहेका छन् । ह्याप्पी न्यु इयरको स्टीकर टाँसिएको छ भित्तामा । ममि र भाइ रेस्टुरेन्टको काममा ब्यस्त हुनुहुन्छ । यसो मन बहलाउन फेसबुक खोल्छे । साथीभाइको म्यासेज आएको छ ह्याप्पी न्यु इयर लेखेर , उसले पनि फर्काउछे म्यासेजहरु स्माइलीका साथ । कसैले बोलाइहाल्छ कि भनेर एकदम चनाखो भएर बसेकी छे । बिहान देखीको कलेज , दिउँसको देखीको काम , अनि घर गएर खाना पकाएर धन्दा पनि गर्नु पर्ने । पढ्ने समय पनि खासै निकाल्न सकिरहेकी छैन आरजु अचेल । यस्तोमा कतै छुटेको अनुभव गर्छे , कहिले काँही केही दिनको लागि कतै जाउँ जस्तो लाग्छ । सोधिदिने कोही भैदिए हुन्थ्यो जस्तो लाग्छ उसलाई अचेल । कुनाको टेबलमा बसेको एउटा जोडीलाई मस्किरहेको देख्छे अनि यसै फिस्स हाँस्छे । सोच्छे मान्छे प्रेमको लागि समय कसरी निकाल्छन् । मन खाली खाली लाग्छ उसलाई , उसलाई मन पराउनेको कमि त थिएन तर उसले के खोजिरहेकी छे आफै अलमल्ल मा परिरहेकी छे । मोब