भित्र पसिसकेपछि केटी भन्छे धेरै बेर त पर्खाइन नि ? आज त परेन धेरै बेर पर्खन , तिमी समयको धेरै पक्का भएछौ सिम्रन भन्दै मुस्कुराइदिन्छ सुबास । अनि सिम्रनलाई पाटीमा बसाउँछ । एक छिन एक अर्कालाई हेर्छन् , धेरै बेर आँखा जुधाउन सक्दैनन् अनि पर पर हेरे जस्तो गर्छन् । दिउँसो किन नबोलाएको मलाई ? सिम्रन अलिक निरास भएर सोध्छे । तिमीले पनि त बोलाएनौ नि सिम्रन , तैपनि तिमी तिम्रो बोइफ्रेन्ड सँग थियौ कसरी बोलाउनु मैले ? तिमीलाई थाहा छ सुबास , सागरको बानी बेहोरा ठ्याक्कै तिमी जस्तै छ , सिम्रन लजाउँदै भन्छे । सुबास अलि अनौठो मान्दै भन्छ, सदिना पनि ठ्याक्कै तिमी जस्तै मुस्काउँछे । ए भनेपछि उसको नाम सदिना हो, सुबासलाई जिस्काउन खोज्दै सिम्रन इतरिन्छे । तल गएर बसौ न भन्दै सुबास सिम्रनलाई हेर्छ , थोरै भाबुक देख्छ सिम्रनलाई सुबास । पाटीबाट तल पोखरीमा जानलाई सुबास उठ्छ , सिम्रनले सुबासको हात समाउँछे । सुबास अनौठो मान्दै हात छुटाउन खोज्छ , सिम्रन झन कसिलो गरि दुबै हातले सुबासको हात समाउँछे । सिम्रनका आँखा आँसुले भिजेका छन् । सुबास बिस्तारै फेरी त्यै पाटीमा बस्छ , एउटा हात सिम्रनले समातेकोले अर्को हातले उसको आँखा छेक्न आएको कपाललाई कानमा सिउरी दिन्छ । सिम्रनले मन थाम्न सक्दिन , सुबासलाई झ्याप्प अङ्गालो हाल्छे । सुबासलाई असहज लाग्छ त्यै पनि हलचल नगरिकन बस्छ , धेरै बेर सम्म पनि सिम्रनले नछोडेपछि सुबासले पनि सिम्रनलाई पक्रन्छ ।
एक छिन अङ्गालोमा बाधिएपछि दुबै जना सिडी ओर्लेर पोखरी छेउमा बस्छन् । सिम्रन सुबासको कुममा टाउँको राखेर पोखरी तिर हेर्छे । सुबास मलाई यो पोखरी साह्रै मनपर्छ , तिम्रो याद भएर होला सायद, पोखरीबाट नजर नहटाइ भन्छे सिम्रन । मलाई पनि तिमी छौ जस्तो लाग्छ यहाँ , यो पानीमा तिम्रो आकृति देख्छु , तिमी जस्तै चनचल छ बेला बेला बतासका झोकाले पानीलाई हल्लाउँदा तिम्रो चन्चलेपन सम्झन्छु । तिम्रो छाँया जस्तो लाग्छ मलाई यो पोखरी । अनि मान्छे भेटिने छाँया पछ्याएर न हो जस्तो लागेर यहाँ तिमीलाई भेट्न आउँछु म । मधुरो बोल्छ सुबास । सिम्रन केही बोलदिन ।
सुबास जुरुक्क उठ्छ। सिम्रनले बसेको ठाँउबाटै हेर्छे उसलाई । सुबास पोखरी हेरेर कराँउन थाल्छ , ओइ सिद्धे भन के त यत्ती राम्रो छस् ? मेरी सिम्रन जस्तो ? एकछिन केही सुने जस्तो गर्छ अनि फेरी भन्छ । के भयो ओइ बोल न । के त मेरी सिम्रन सँग हारिस कि मेरो पागलपन सँग ? पोखरी हेर्दै लामो सास फेर्छ । चिसो भएकाले सुबासले फेरेको सास धुवाको मुस्लो झै देखिन्छ । सिम्रन अब साँच्चै रुन थाल्छे , भक्कानिएको आबाज सुनसान पोखरीभरी गुञ्जन्छ । उभिरहेको सुबासको हात समाउँछे सिम्रन , के भयो सुबास मलाई हेर न , किन कराएको यसरी मलाई डर लाग्यो ।
त्यतीकैमा पोखरीको पर्खालबाट केही जोडीहरु ओर्लन्छन् । अक अर्का सँग केही कुरा गर्छन् अनि सबै केटा सिद्धे सिद्धे भन्दै कराउँन थाल्छन् । सिम्रन सबैलाई हेर्छे सबै केटा सुबास जस्तो लाग्छ अनि केटी आँफु जस्तो । आबाज चर्को हुँदै जान्छ , सिम्रनलाई झन डर लाग्छ । सुबास मलाई निकाल न यहाँबाट मलाई डर लाग्यो । रुदै बिन्ती गर्छे । सुबास सिम्रनलाई हेर्छ, उसका आँखा टमटर जस्ता राता हुन्छन् । राता आँखाबाट रगत चुहिन लागेको जस्तो देखिन्छ । सिम्रन अचेतझैँ भएर हेर्छै सुबासलाई । अचानक सुबासले सिम्रनको हात आफ्नो हातबाट छुटाउँछ , अन्तिम पल्छ सिम्रनलाई एकोहोरो भएर हेर्छ अनि पोखरीमा झ्वाम्म हाम फाल्छ । सुबास सँगै अरु सुबास जस्ता केटाहरु पनि पानीमा पालै पालो हाम फाल्छन् , ठूलो छप्लङ्गको आबाज आउँछ । सुबास हाम फालेको ठाँउबाट. उछ्टि्टएको पानीको छिट्टाले सिम्रन मुख भिजाउँछ । सिम्रन अचानक निद्राबाट ब्युझन्छे । जिउ पुरै पसिनाले भिजेको हुन्छ , मोबाइलको बत्ती बाल्छे अनि एक गिलास चिसो पानी सारेर एकै सासमा रित्याँउछे । उता आफ्नो घरमा सुतिरहेको सुबास निद्रामा झस्कन्छ अनि कोल्टे फेरेर सुत्छ । बाँकी रात सिम्रनलाई निद्रा पदैन ।।
- बिजय लुईटेल
Love it dai
ReplyDeleteThank you Unknown manche
Delete