के बार हो भन्न चाहन्न , लगभग ७ बजेको छ । उठ्ने बेला त भएको हो तर किन मलाई उठ्न मन लागिरहेको छैन । यसो पर्दाको चेपबाट बाहिर हेर्छु मज्जाले हुस्से लागेको छ , झ्यालको सिसामा बाफ देखिएको छ , औलाले नाम लेख्न मिल्ने गरि । खाटमै सुतेर केही सोच्न थाल्छु तर के ? म कहाँ जाँदै छु र कहाँ बाट आए ? या किन मेरो मोबाइलमा गुड मर्नीङ्ग म्यासेज आउँदैन ? या दिन किन यती चिसो ? यस्तै यस्तै । सायद मेरो मोबाइल मा किन गुड मर्नीङ्ग म्यासेज आउँदैन सोच्दैछु तर कस्को ? पात्रको ।। दुनियामा यत्रो मान्छे छन् सबैको मोबाइलमा बिहान बिहानै म्यासेज त पक्कै आउँदैन होला , के सोच्दा हुन त उनीहरु ? मलाई थाहै छैन म अगाडि बढ्दैछु या फेरी पछाडिनै फकैदैछु तर कहाँ फर्कै ? बितिसकेको समयमा फर्कन के म टाइम ट्राभलर हो र ? कोही बेला त हो जस्तो लाग्छ , कसै सँग बिताएको समय मलाई फो के मा हेरिरहेको छु झै लाग्छ । किन केही याद हरु यती सजीब झै लाग्छन् , अजीब झै लाग्छन् । मरेको समयले किन म बाँच्दैछु त भित्र भनेर कुत्कुत्याइरहन्छन् । मलाई मात्र हो यस्तो हुने ? हैन होला । मलाई अहिले संसारको सबसे आरामदायी हल ( मेरो खाट ) मा सुतेर फिल्म हेरेको
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.