सिद्धपोखरीमा रातको १२ बजेको छ , पुर्णीमाको रात भएर पोखरीमा हल्का उज्यालो पोतिएको छ , बेला बेला माछाको चप्लङ्ग चुप्लुङ्ग सुनिन्छ, रुखमा बसेको किराहरुको अनौठो आबाज आइरहेको छ । हाबा चलेको ले रुखका पातहरु मन्द मन्द सुसेल्दै छन् । एकदम सुन्सान छ पोखरी । जूनको मधुरो प्रकासमा रुखको छाँया पोखरीमा छरिएको छ । यस्तैमा एउटा मधुरो आकृति पवेश द्धार छेउको पर्खालबाट भित्र उक्लन्छ । लुगामा लागेको भित्ताको सेतो टकटकाउँछ । हेर्दा २२-२४ बर्षको देखिने त्यो आकृति अब बिस्तारै पोखरीलाई दाइने पारेर हिड्न थाल्छ । सुनसान भएर होला उसको हिडाइको आवाज प्रस्ट सुनिन्छ । आदा पोखरी घुमिसकेपछि , ऊ एउटा पाटीमा गएर बस्छ । पर आँफु पसेको पर्खाल तिर हेर्छ अनि एकपल्ट हातमा बाँधेको घडी पनि हेर्छ । त्यसतैमा सुबास भन्दै सानो स्बरमा कसैले बोलाउँछ , ऊ आफु बसेको ठाँउबाट उठेर पछाडि फर्कन्छ , एउटी केटी पर्खालको पल्लो पट्टीबाट उसैलाई हेरिरहेकी हुन्छे । हात दिदैनौ भनेर केटीले सोधेपछि सुबास उसलाई भित्र उकाल्नलाई हात दिन्छ । भित्र पसिसकेपछि केटी भन्छे धेरै बेर त पर्खाइन नि ? आज त परेन धेरै बेर पर्खन , तिमी समयको धेरै पक्का भएछौ स
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.