मैले तिम्रो घरको बाटै भुलाइदिएँ ।
प्रेमका काहानी सुनाउने प्रियसी
मैले सुन्नै छाडी लेख्न थालिदिएँ ।
मधुर मुस्कानले सारा लठ्ठ्याउने प्रियसी
मैले मुस्कान मनपराउनै छाडिदिएँ ।
टाढिन समयको बाहाना बनाउने प्रियसी
मैले प्रतिक्षा गर्नै छाडिदिएँ ।
भावनाको खेलनै खेल्ने प्रियसी
मैले भावना उत्पादन गर्नै छाडिदिएँ ।
प्रेमलाइ मजाक बनाउने प्रियसी
मैले प्रेमलाई अकालै मारिदिएँ ।
चाहनाले बिछिप्त, जीवनको कुनै मोडमा
सायद म तिमीलाई भेटिन्छु होला,
बिन्ती छ दया देखाउँन हात नसमाइदिनु
फेरि साथको अपेक्षाले यो जीबन कुत्कुत्याइदेला ।।
खालीपनले भरपुर, आखाँका दुई नानी
कुनै सडक, कुनै ठाउँमा जुध्छन् होला,
बिन्ती छ हेराइ एकोहोरो नबनाइदिनु
फेरि सुकेको आसुको यादमा यी आँखा रसाइदेला ।।
कल्पनामा उडेका, तिम्रा सपनाहरु
तिनमा कुनै दिन ठाँउ माग्दै म आउला,
मलाई सपनाबाटै तिमीले मेटाइदिनु
फेरि अस्तित्वनै नरहेको मान्छेले ऐठन पारिदेला ।।
यादलाई भुलेका, तिम्रा चाहनाहरु
तिनमा कुनै दिन, माया माग्दै म आउला,
तिमी त्यै पल मेरो घाँटी निमोठीदिनु
फेरि भुलिसकेको मेरो आवाजले खुसी सम्झाइदेला ।।
बिजय लुईटेल
Comments
Post a Comment