Skip to main content

ह्याप्पी भेटघाट एनिभर्सरी

Photo by : Giftpundits.com from pexels

आज ठ्याक्कै एक बर्ष भएछ, पहिलो नजरमा माया बसेको । साथीको घर, पाहुना कोठा, म सोफामा बसेर चुनाबको गफ लगाउँदै थिए, तिमी ओछ्यानमा पल्टेर मोबाइल चलाउँदै थियौ, थोरै डन्डीफोर आएको मुहार, मुस्काउँदा मज्जाले देखिने दाँत , छोडेको कपाल , म गफ गर्दै, सबैको आँखाबाट बच्दै तिमीलाई हेर्दै थिए । मलाई बोलौझै लागिरहेको थियो तिमीसँग तर सकिरहेको थिइन । सकौ पनि कसरी सबैको अगाडि, त्यो पनि तिम्रा आफन्त । मलाई कोही केटी देख्दा यस्तो पनि हुन्छ भन्ने थाहै थिएन । हिजै जस्तो लाग्छ मैले घर आएर तिम्रो यादमा कविता लेखेको तर एक बर्ष भैसकेछ । मलाई मज्जाले याद छ घर आउँने बित्तीकै साथीको फेसबुक प्रोफाइल खोलेर उसको फ्रेन्डलिस्टमा तिम्रो मुहार खोजेको तर भेटे पछि पनि रिक्वेस्ट पठाउँन आँट नआएको , आजै देखेको रिक्वेस्ट पठाएछ कस्तो केटो रहेछ भन्छौ भन्ने डरले रात काटेको । भोली पल्टचै मन थामिएन औलाले पनि धैर्य त्यागे अनि सुरु भयो प्रेमको नौलो अनुभव जो सँग म परिचीत थिइन । आज ठ्याक्कै एक बर्ष भएछ मैले तिमीलाई मनपराएको , तिमीले मलाई मनपराएको ।

गाडीको झ्यालमा म टोलाइरहेको छु , तराईको फाट छ , तेज रफ्तारमा गाडी गुडिरहेको छ, रुख बिरुवा घर, हावा सबै पछि छुट्दैछन् , पछाडि छुटेका सबै कुराले मलाई तिमी सम्झाउँदै छन् । तिमी पनि त यसरीनै छुट्यौ नि कतै ,कहाँ छुटछु पनि नभनीकन , भनेकी भए सायद म मेरो समयको गाडीलाई ब्रेक लाएर तिमीलाई हात दिन्थेँ । अगाडि आउने सबै कुरा पनि मलाई तिमी सम्झाउँछन् , लाग्छ कतै फेरी भेट हुन लेखेको छ , जीवनको कुनै स्टेसनमा तिमी मलाई पखिरहेकी हुन्छौ , मैले तिमीलाई छोडेको रिस मनमा लिएर, म बिस्तारै तिम्रो नजिक आउँछु, तिमी अर्को तिर फर्कन्छौ, धेरै बेर लाएर म तिमीलाई फकाउँछु अनि तिम्रा झोला उठाँउछु, गाडीमा तिमीलाई बसाँउछु,, जान्छौ हामी फेरी हामीलाई जिउँन । आज ठ्याक्कै एक बर्ष भएछ एक्लै भन्दा तिमी सँग जिउन सजिलो हुन्छ भन्ने महसुस भएको ।

मलाई बोली रहने मन हुन्थ्यो, के छ, कस्तो छ सोध्ने मन हुन्थ्यो । मलाई म तिमी सँग बोलेर थाकेको थाहा छैन , तिमी सायद थाक्यौ । अब त म एक्लै बोल्दा बोल्दै थाकेको छु, तिमीलाई आराम पुगेको भए भन मलाई एक छिन तिमीलाई सुन्ने रहर छ । थाहा त होस मैले के छुटाए । आज ठ्याक्कै एक बर्ष भएछ तिम्रो मुहारमा त्यो हाँसो सधै ल्याइ रहन सक्छु जस्तो लागेको ।

खाना खाने ठाँउमा गाडी रोकिन्छ , मलाई तिमी टाडा हुदाँ मैले न्यास्रो लागेर छोडेको छाक याद आउँछ । मैले तिमीलाई जति सम्झिए, त्यो भन्दा बढी तिमीले मलाई बिर्सियौ, मैले तिमीमा जति डुब्न खोजे तिमी उतीनै सुक्दै गयौ, कहिले आउँछौँ त तिमी मिलेर केही याद बनाउँ भन्दै ? आज ठ्याक्कै एक बर्ष भएछ मैले तिम्रो हात समाएर हिडेँ भने हजार मायलको बाटो एकैछिनमा पार गर्छु जस्तो लागेको ।

कहिले काँही लाग्छ कोही मलाई भित्रबाट बोलाउँछ र सोध्छ तिम्रो बारेमा , मलाई तिम्रो कहानी सुनाउनु छ म भित्रको त्यो आवाजलाई । त्यो कहानी लिएर कहिले आउँछौ त तिमी ? कि भनिदिउँ म भित्रको आवाजलाई लाटो भैदिनु भनेर ? आज ठ्याक्कै एक बर्ष भएछ मलाई अब खुसीको कमि हुन्न जस्तो लागेको ।

चिया खान झरौ है भन्दै खलासी दाइ कराउदा मलाई हामीले सँगै खाएको दुई कप चियाको याद आउँछ । हतार हतारमा खाएको चियाले छोडेको लामो सम्झना , याद आउँछ । कहिले आउछौ त तिमी समय निकालेर मलाई एक कप जुठो चिया खुवाउनलाई ? आज ठ्याक्कै एक बर्ष भएछ मलाई तिमी र म हामी होँ जस्तो लागेको ।

हिजै जस्तो लाग्छ, तिम्रो स्कुलमा भर्ना भएको तिमीलाई पढ्न , आज म तिमीमा फेल भएको छु,। यो परिश्रमी छात्रलाई के पुन भर्ना गर्न सक्छौँ त तिमी ? कहिले आउँछौ त मलाई नयाँ कपडा सिलाउ सेसन सुरु हुन आट्यो भन्दै ? आज ठ्याक्कै एक बर्ष भएछ तिम्रो आँखामा आँखा जुधाएर म संसार हेर्न सक्छु जस्तो लागेको ।

झर्ने बेलामा खलासी दाइले आफ्नो बहुमुल्य सामानको सुरक्षा आँफै गर्नु होला भन्दा मैले अन्जानमा हराएको हाम्रो माया याद आउँछ । ती खुसीका खजाना लिएर तिमी कहिले आउँछौ ? कि म भनिदिउँ आँफैलाई अब ती खजाना खिएर गए लाउन योग्य छैन भनेर ? त्यसो भन्दा फेरी तिम्रो हात समाउन नपाएर खजाना भन्दा बढी खिया लागेका हात नरिसाउलान् ? आज ठ्याक्कै एक बर्ष भएछ मेरो पनि माया बस्यो भन्ने बिश्वास लागेको ।

जे जस्तो होस खल्लो या चकिलो माया यसै मिठो उसै मिठो हुँदो रहेछ । माया त खुसी हो, अनि खुसीमा म के गुनासो गर्नु र मलाई त तिम्रो आमाले तिमीलाई अरुको नजरबाट बचाँउन तिम्रो निधारमा लगाईदिने त्यो कालो टिका सँग गुनासो छ, जाउँ तिम्रो आमालाई भनिदेउ कसैले यहँी टिकामा आँखा लाको पनि आज ठ्याक्कै एक बर्ष भएछ । 

( गाडीको हर्नले मलाई तन्द्राबाट ब्युझाउँछ, यसो हेर्छु आमा अर्को सिटमा ढल्कीरहनु भएको छ , साँझ पर्न आटेको छ । म गोजीबाट इयरफोन झिक्छु , कानमा लगाउँछु अनि बज्छ नारायण गोपाल र ज्ञानु राणाको ,मान्छेको माया यहाँ खोलको पानी जस्तो किनारालाई छोइ भाग्ने लहरको बानी जस्तो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, मान्छेको माया यहाँ आँखाको नानी जस्तो यो रातलाई भगाई आउने सुन्दर बिहानी जस्तो । मनले कोरस गुनगुनाइ रहन्छ आज ठ्याक्कै एक बर्ष भएछ मैले उसलाई मन पराएको , उसले मलाई मन पराएको । मान्छेको माया यहाँ ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, )

        बिजय लुईटेल

Comments

Post a Comment

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ