आमा र म बडाबाको छोरा र मामाको छोराको बिबाहमा सरिक हुन इलाम पुग्यौ । मेरो दुई बर्ष पछिको यात्रा थियो त्यो । पहिलो दिन हर्कटे बजार पुगेर लुगा फेर्नु अघि मलाई मेरा हजुरबुबा बस्ने गरेको कोठाले बोलायो , सिधै कोठामा पुगेँ, त्यहाँको खाट दान दिइसकेको रहेछ , बा त्यहाँ हुनुहुन्थ्यो भन्दै थियो त्यहाँ काँटीमा झुन्डीएको कालो कोटले । कालो कोट लगाइदिनेको कमीले निरास देखिन्थ्यो । मलाई हजुरबुवाले घोडा भनेर भैसी चढ्दा भैसीले तिघ्रामा सिङले हानेको कुरा सुनाएको हिजै जस्तो लागिरह्यो । लाग्यो हजुरबुवाको जुत्ता अझै हिड्दैछन् हर्कटेको बाटामा , मुल घर जाने बाटामा, इलामका चिया बगानमा आफ्नो पाइलाको डोब छोड्दै । हजुरबुवाको पाइला सायद एक न एक दिन सबैले पछ्याउनु पर्छ जिवनको यात्रामा । भोलीपल्ट हामी बिहे घर फाँजीगाउँ झर्यौ । हिजो अस्ति सम्म केटाकेटी जस्तो दाजू बिबाह बन्धनमा बाधिन लागेका थिए । मेरा कान्छो काका बिहेको अघिल्लो दिन आइपुग्नुभयो, काका, काका जस्तो नभइ साथी जस्तो हुनुहुन्छ । काका सँग सधै एक दर्जन जोक्स रेडी हुन्छ माहोल बनाउँनलाई । सहरको भन्दा फरक हुँदो रहेछ गाँउको बिबाह, साथी भाइ, नाता गोता, छरछिमेक के
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.