मन कसरी सम्हालुँ म आफ्नो
तिम्रो तस्विर पनि बोलेझैँ लाग्छ
कयौँ रात खल्लो बिताइसकेँ
बिरक्ती समय त्यही अडेझैँ लाग्छ ।।
अलझिरहन्छ मन त्यही भेटमा मेरो
तिम्रो मनले ऋतु फेरेझैँ लाग्छ
झझल्को आउँछ तिम्रो हाँसोको
कतै कुनामा अतीत रोएझै लाग्छ ।।
बिहानी यसै झस्काइ दिन्छ सपना
हातैबाट जिवन छुटेझै लाग्छ
चाहनाले खेदी रहन्छन् आशा
डोरीले आँफैलाइ कसेर बाधेझै लाग्छ ।।
चरी चिरबिर आवाज दिन्छ मलाई
तिम्रो खबर बोकी ल्याएझै लाग्छ
माया प्रितीका कुरा गर्छन् किताब
सम्झि तिमीलाई कसैले लेखेझै लाग्छ ।।
सुवास आउँछ भिजेको जमीन बाट
तिम्रो पैताला छोइ आएझै लाग्छ
कबिता भन्छन् मलाइ जूनताराले
तिमीलाइ भेटेर आएझै लाग्छ ।।
नचिनेझै गर्छन् यादहरु पनि
पहिचान आफ्नो गुमेझै लाग्छ
रिताे बनाइ मेरो प्रेमी मन
तिम्रो समय चोरुझै लाग्छ ।।
खोज्छु सहरको भिडमा तिमीलाई
बाटो आफ्नै भुलेझै लाग्छ
सुन्छु बाटोमा रोएको सारङ्गीलाई
मुटु मेरो रेटेझै लाग्छ ।।
आँखा मेरा खोज्छन् तिमीलाई
अन्धो अब बनुझै लाग्छ
सिर्जना गर्छन् सपना हाम्रो
निदाउनै अब छोडुँझै लाग्छ ।।
खोजेर भुल्न भुलिन्न रहेछ
मायालाई मनमै लुकाउझै लाग्छ
चुडिएला भनी साइनो हाम्रो
मनको कुरा दोर्याउझै लाग्छ ।।
सम्झना मबाट उम्केर जालान्
यादको सिरानी हाली निदाउँझै लाग्छ
म तिम्रो को हुँ समयले भन्ला
प्रतिक्षा अझै गरुँझै लाग्छ ।।
- बिजय लुईटेल
Keep it up bro...
ReplyDeletedhanyabad daju
DeleteAwesome!
ReplyDeletethank you bro
Delete