To Whom It May Concern
बिगतका केही बर्ष देखि म साहित्य क्षेत्रमा कलम चलाउँदै आइरहेको छु । त्यही सिलसिलमा मैले देशका केही नामी अनलाइन पत्रिकाहरुमा मेरा लेख छाप्ने अवसर पाएँ । मलाई त्यस बेला एउटा मात्र लोभ थियो कि, धेरै भन्दा धेरै मानिस सम्म मैले लेखेका कुरा पुगुन । त्यसरी लेख पठाउँदा पारिश्रमिक पनि पाइन्छ भन्ने कुरा मलाई थाहा थिएन । तर अहिले थाहा पाउने हुँदा पनि पारिश्रमिक भनेँ पाएको छैन । हिसाब त लगाएको छैन तर सायद १५ देखि २० वटा लेख छापिए होलान् आज सम्म बिभिन्न अनलाइन मिडियामा । त्यसरी लेख छापिए पनि पारिश्रमिकको नाममा मैले आज सम्म रु १ कतैबाट पाएको छैन । कसैले तेरो यति पैसा भयो लिन आइज पनि भनेका छैनन् । आज मलाई एकाएक आभाष भयो कि लेख जिउँदो रहन लेखक जिउँदो रहनु पर्छ । म जस्ता हजारौ मानिस छन् जसले बिगतका कयौ बर्ष देखि बिना पारिश्रमिक आफ्ना रचना मिडियालाई बुझाउँदै आइरहेका छन् । बरु नछापियोस् तर छाँपिदा थोरै भए पनि सबैले पारिश्रमिक पाउनु पर्छ भन्ने लागेको छ । यही लेख मार्फत म सबैमा यो भन्न चाहन्छु कि म आजको मितीबाट बिना पारिश्रमिक कुनै पनि लेख लेख्ने छैन । आफ्नो समय र परिश्रमको मोल तोक्नेछु । आफैले आफ्नो मुल्य नतोकेसम्म मानिसले मानिसलाई मुफतमा प्रयोग गर्ने कुरा ढिलै भए पनि बोध भएको छ । यही लेख मार्फत म मेरा नजिकका लेखक मित्रहरुलाई पनि आफ्नो कलम सित्तैमा नबेच्न अनुरोध गर्न चाहन्छु । साहित्य, जीवन निचोरेर निकालिएको मिठो जुस हो र त्यस जुसलाई सित्तै बाँड्नु हुन्न् । हजारौ बर्ष देखि लेखक बिचार दिएर समाजसेवा गरिरहेकै छन् तर यसको मतलब यो हैन कि तिनको निजी जीवन छैन । सबैलाई जस्तो तिनलाई पनि बाँच्न पर्छ । यति होस् कि बाँच्ने माहोल बनोस् ।
#लेखकश्वखोइ? #paisabinayetranilekhdina
यो शोषणका निम्ति मेरो पहिलो आवाज, कविता :
लेख बाँच्न लेखक बाँच्नु पर्छ
लेख्नकै लागि जन्मिएको एक लेखक
बाच्नु पर्ने त लेखेरै हो
तर ऊ लेखेकै कारण पल पल मर्दछ
लेख्नकै लागि उदासी पाल्नु पर्छ उसले
ताकी कसैले उसलाई उदासी मागे
तत्काल दिन सकोस् केही पङ्गति
मन नहुँदा नहुँदै उसले हाँस्न सिक्नु पर्छ
ताकी कसैले उसलाई खुसी मागे
तत्काल दिन सकोस् केहि हरफ
प्रेम, घृणा, स्वार्थ, मोह सबै पाल्नु पर्छ उसले
ताकी कसैले उसलाई मागे ति भावना
तत्काल दिन सकोस् केही वाक्य
घरमा दिन रात सबैलाई स्यहार्ने आमालाई
धन्यवाद नभनि सबैले प्रयोग गरेझै
उसका भावना यहाँ प्रयोग भएका सन्
व्यपारी भएको भए सायद उसले
आफ्ना भावनाहरुको मोल तोक्थ्यो
तर उसले कहिले बेच्न सिकेन
आफ्नो मुल्य तोक्न उसलाई रहर जागेन
बेच्न नजानेकै कारण आज
ऊ आफै सित्तैमा बिकीरहेको छ
ऊ भन्न सक्दैन मेरा लागि एकैछिनको काम हैन रचना
मेरो जीवन, उमेर र अनुभव निचोरिन्छ मैले कलम छुँदा
म निचोरिन्छु !!!!
ऊ भन्न सक्दैन
उखु निचोरेरै यहाँ मानिस बाँचेका छन्
आफैलाई निचोर्दा पनि म किन मरुँ ?
ऊ भन्न सक्दैन
लेखकका जुस सित्तैमा पिउने ए भावनाका व्यापारी
चेतना बेच्छु भन्दै वकालत गर्ने तिमीलाई
लेख बाँच्नका लागि लेखक बाँच्न पर्छ भन्ने कुराको चेतना छैन ?
के साँच्चै तिमीलाई
तिम्रो व्यापार बाँच्नका लागि
व्यापार गर्नै नजान्ने पनि बाँच्नु पर्छ भन्ने कुराको चेतना छैन ?
के चेतना बेच्छौ तिमी ?
Please Visit my YouTube channel and find my Poetries there and If you Love what I am doing support me subscribing to my channel : Here is the Link to my channel
https://www.youtube.com/c/NepaliPoetrybyBijayaLuintel
Great thought Biju...
ReplyDeleteदामी कुरा आयो दाजु । तपाईंले आफ्नो लेख बापत कुनै पनि पारिश्रमिक नपाएको कुरा सुन्दा बहुत दुःख लागेर आयो । नयाँ सुरुवातको लागि शुभकामना ।🙏
ReplyDelete🙏🙏🙏♥️ धन्यवाद
Delete