कवि जाँदा - प्रचण्ड भाष्करलाई

 


आँखा आफ्ना लिएर गएछ कवि  

जसले जीवनलाई जीवन्त देख्दथे 

मनहरुको नेतृत्व गर्ने 

मन पनि साथै लगेछ 

 

लगेछ सुख दु:ख दुवैका आवाज  

शब्दहरुको सार आफैसँग लगेछ 


तर केेही शब्द छुटेछन् 
जिउँदै गर्दा उस्का खल्तीबाट 
केही अर्थ छुटेछन् 
सिक्दै गर्दा उसका चेतनाबाट 

मेटाउँदै गर्दा पनि उसलाई जीवलले 
आज , आफैमा उसको चित्र कोरेछ 

- विजय लुइटेल

Comments