म स्वतन्त्र छु
तर आवश्यकताले बाँध्दछ
म माटो हुँ
मलाई माटैले खानेछ
पर सम्म हिँडेर खुट्टा बिर्सिजानु छ
सोच्दै सोच्दै चेतनाले चेतनै छोडिजानु छ
मलाई बचाउछ शरीरले
शरीरलाई दिन दिन मार्दछु
हार निश्चित छ , थाहा छ
हारलाई हरदिन निम्तो पठाउँछु
बरफ पग्लेर पानी बन्छ
बरफ कहाँ जान्छ ?
म बितेर माटोमा जान्छ
म कहाँ जान्छु ?
- विजय लुइटेल
Comments
Post a Comment