Skip to main content

Posts

चौथो दिन : ओशो भन्छन्

ओशो भन्छन्  :  "Energy itself is neutral, when it is expressed biologically, it is sex. When it is expressed emotionally, it may become love, it may become hate, it may become anger. When it is expressed intellectually, it may become scientific, it may become literary. When it moves through the body, it becomes physical. When it moves through the mind, it becomes mental. The differences are not differences of energy as such, but of the applied manifestations of it." म ओशोलाई बहुत मनपराउँछु । सामाजिक सञ्जालबाट टाँढा रहँदा मन चञ्चल हुनु स्वभाविक हो । म त्यस चञ्चलताको उत्तर खोज्दैैछु सायद ओशोका शब्दहरुमा । उनका किताब पढेर मैले ध्यानसँग सम्बन्धित कैयौँ कुरा बुझ्न सक्दिन तर कता कता आफुलाई भेट्छु । जीवनका कति कुराका उत्तर भेट्छु । पढ्नुको एउटा सुन्दरता यहि हो ।  सामाजिक सञ्जालका बारेमा एकाध अध्ययनहरु पढिरहेको थिएँ एउटा अनौठो कुरा थाहा लाग्यो । सामाजिक सञ्जालमा पोस्ट गर्नु पछाडिको एउटा डरलाग्दो सत्य । अध्ययन भन्दछन् : मानिस स्वभावैले एउटा यस्तो जात हो जस्लाई बेला बेला समाज र आफू वरप

तेस्रो दिन : लत कहाँ त्यसै जान्छ र ?

  लत कहाँ त्यसै जान्छ र .. त्यसको मुल्य चुकाउनु पर्छ ।  हिजो दिउसो बाहिर गएँ । मैले लेखेको छोटो फिल्म खिचिने निस्चित भयो ।आफुले मनबाट लेखेको पात्र कुनैदिन पर्दामा देखिने भएकाले मनै खुसी भयो । दिनभर फिल्म मेकर साथीहरुसँग बिताएर साँझ घर फिेरेँ । एकाएक सामाजिक सञ्जाल खोल्न मन लाग्यो । मन एकाएक एकतमासको भयो । हातका ‌औंलाले पनि मोबाइलको स्क्रिन खोजेझैँ भयो । साह्रो पर्‍यो आफुलाई सम्हाल्न । मलाई यसबाहेक कुनै कुराको लत छैन त्यसैले अरु लत हुनेलाई लत छोड्न कति साह्रो पर्छ त्यसलाई म सायद राम्ररी बयान गर्न नसकुँला । तर मेरो अवस्थाको बयान गर्न म एकपल्ट प्रयास गरि हेर्छु । सुर्ती छोडेको मानिसलाई सायद तल तल लाग्दा उसको मुख बर्बराउँदो हो । चुरोट छोडेको मानिसलाई सायद सास कम भएको आभाष हुँदो हो । रक्सी छाडेकालाई रक्सी पिउन नपाउँदा सायद शरीरमा पानीको कमी भएको भान हुँदो हो । मलाई सायद हिजो डोपामिनको कमी भएको थियो ।  Social media has a reinforcing nature. Using it activates the brain’s reward center by releasing dopamine, a “feel-good chemical” linked to pleasurable activities such as sex, food, and social

भित्ता बोल्दछ : दोस्रो दिन

  मन नलागेका कुरामा चाहिँ म अल्छी को पोको हुँ । २०१८ मा ब्याचलर्स सके लगतै मैले मास्टर्स इन रुरल डेभलप्मेन्ट सुरु गरेँ । ग्याप किन राख्नु एकै पल्ट सक्दि हाल्छु पढाइ सोचेको थिएँ । बीचमा कोभिडको महामारी आयो र केहि समयलाई पढाइ रोकिन पुग्यो । तर जे होस् जसो होस् पढाइ सकेँ । तर थेसिस थाल्न भने मलाई आज सम्म लाग्यो । मिति २०२३ जनवरी १८ । थेसिस थाल्न समय थिएन सोच्दै थिएँ । तर रहेछ । सामाजिक सञ्जाल दिने दिनको ४ घण्टा समयमा त निक्कै पो लेखिने रहेछ भन्ने आभाष भएको छ । हिजो दिनभरमा मैले Osho को The Silent Explosion ६० पेज पढेर भ्याएछु । महोमद रफीमा ३ ४ वटा भयंकर प्यारा गीत गुनगुनाएछु अनि थेसिसमा के लेख्ने भनेर त्यसको प्लान पनि बनाएछु । म पछिल्लो पल्ट यति जाँगरिलो भएको कहिले थियो मैले सोच्नै पर्छ । सबै मानिससँग एक दिनमा २४ घण्टानै समय हुन्छ । कसैले त्यती समयमा धेरै भन्दा धेरै काम गरेर देखाउँन् भने कोहि समय नपुगेको गुनासो गर्दै रुमल्ली रहन्छन् । म एकाध दिन अघि दोस्रो श्रेणीमा पर्दथेँ अहिले प्रथम श्रेणी तर्फ उन्मुख छु । म सँग अहिले प्रशस्त समय छ । समयको धन छ ।हिजो जुगनी फिल्मको गीत डुग डुगी डुग सुने

सामाजिक सञ्जाल बिना पहिलो दिन : सपनामा मोबाइल

  हिजो माघ २ २०८० साल मैले फेसबुक र इन्सटाग्रामबाट बिदा लिने निर्णय गरेँ । अर्को निर्णय भने बिहान उठेर एक घण्टा र राती सुत्नु एक घण्टा अघि मोबाइल नचलाउने थियो । एक दिन पुरा भयो । मलाई मोबाइलको तलतल लागेको छैन । तर राती एउटा अनौठो घट्ना भने घट्यो । रुघा मर्कीले सताएकाले हिजो बेलुका साढे सात बजेनै मोबाइललाई पर राखेर म ओछ्यानमा पल्टिएँ । सानै देखि ओछ्यान देख्ने बित्तिकै निदाउने म छिटो निदाउनु स्वभाविक थियो । निदाएँ पनि ।  राती म मोबाइल चलाइरहेको रहेछु । हातमा मोबाइल थियो अनि म बिस्तारै मोबाइल स्किनमा स्क्रोल गर्दै थिएँ । केहि बेर मोबाइल चलाएपछि मलाई अल्छि लाग्यो । मोबाइलको स्क्रीनमा के थियो दुरुस्त याद छैन । त्यसक्षण मैले ओछ्यानमै कोल्टे फेरेँ । एकाएक मेरो निद्रा खुल्यो । मैले खाटको छेउमा हुने मोबाइल सम्म हात पुर्याएँ तर त्यहाँ मोबाइल थिएन । बल्ल याद आयो मोबाइल त पर टेबलमा राखेको थिएँ । सुन्दा कुरा बनायो जस्तो लाग्दो हो तर यो सत्य हो मैले मोबाइल चलाएकै सपना देखेको थिएँ ।  खुसीको कुरा के भने मैले सपना नदेखेको धेरै भएको थियो । मोबाइल चलाएकै भएता पनि सपना देखेँ । सिएनएनमा प्रकाशित एक अध्ययनम

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

म कहाँ जान्छु ?

  म स्वतन्त्र छु  तर आवश्यकताले बाँध्दछ  म माटो हुँ  मलाई माटैले खानेछ  पर सम्म हिँडेर खुट्टा बिर्सिजानु छ  सोच्दै सोच्दै चेतनाले चेतनै छोडिजानु छ  मलाई बचाउछ शरीरले  शरीरलाई दिन दिन मार्दछु  हार निश्चित छ , थाहा छ हारलाई हरदिन निम्तो पठाउँछु  बरफ पग्लेर पानी बन्छ  बरफ कहाँ जान्छ ? म बितेर माटोमा जान्छ  म कहाँ जान्छु ?  - विजय लुइटेल

यात्रारत

समयले चोर्‍यो यात्रीको चोला  यात्रीले आत्मसमर्पण गरिदियो समयले बिछ्याइदियो बाटोमा आकाश धर्तीलाई पछि लगाइदियो  सोच्छ यात्री , म जाउँ कता अब  सबथोक यतै पुगे पछि  बोक्छ एक मुठ्ठी माटो बगलीमा  मिल्नु यतै छ भनी  गन्तव्य आकाश छ  गर्भिणी समयको कोखमा  उत्सवको उन्माद छ मृत्युको जन्त भोजमा  हेर हेर यात्री  छौ तिमी पनि  लाममा लागेको  हेर हेर यात्री  छौ तिमी पनि बेकाममा भागेको  अडिदेउ केही बेर यात्री काललाई आराम देउ  बिसाउ कान छातीमा घड्कनलाई श्रवण गरिदेउ  चोर समयको देहलाई अब निजी रङ्गले रङ्गाउनु छ बदलिरहने देहमा उसको नमेटिने छाप लगाउनु छ  - विजय लुइटेल वाचन सहितको भिडियो हेर्न तलको लिङ्कमा जानुहोला https://www.youtube.com/watch?v=kwngCqbuLsc