Skip to main content

सामाजिक सञ्जाल बिना पहिलो दिन : सपनामा मोबाइल

 

हिजो माघ २ २०८० साल मैले फेसबुक र इन्सटाग्रामबाट बिदा लिने निर्णय गरेँ । अर्को निर्णय भने बिहान उठेर एक घण्टा र राती सुत्नु एक घण्टा अघि मोबाइल नचलाउने थियो । एक दिन पुरा भयो । मलाई मोबाइलको तलतल लागेको छैन । तर राती एउटा अनौठो घट्ना भने घट्यो । रुघा मर्कीले सताएकाले हिजो बेलुका साढे सात बजेनै मोबाइललाई पर राखेर म ओछ्यानमा पल्टिएँ । सानै देखि ओछ्यान देख्ने बित्तिकै निदाउने म छिटो निदाउनु स्वभाविक थियो । निदाएँ पनि । 


राती म मोबाइल चलाइरहेको रहेछु । हातमा मोबाइल थियो अनि म बिस्तारै मोबाइल स्किनमा स्क्रोल गर्दै थिएँ । केहि बेर मोबाइल चलाएपछि मलाई अल्छि लाग्यो । मोबाइलको स्क्रीनमा के थियो दुरुस्त याद छैन । त्यसक्षण मैले ओछ्यानमै कोल्टे फेरेँ । एकाएक मेरो निद्रा खुल्यो । मैले खाटको छेउमा हुने मोबाइल सम्म हात पुर्याएँ तर त्यहाँ मोबाइल थिएन । बल्ल याद आयो मोबाइल त पर टेबलमा राखेको थिएँ । सुन्दा कुरा बनायो जस्तो लाग्दो हो तर यो सत्य हो मैले मोबाइल चलाएकै सपना देखेको थिएँ । 


खुसीको कुरा के भने मैले सपना नदेखेको धेरै भएको थियो । मोबाइल चलाएकै भएता पनि सपना देखेँ । सिएनएनमा प्रकाशित एक अध्ययनमा लेखिएको छ Studies have found overuse of smartphones at night to be associated with trouble falling asleep, reduced sleep duration and daytime tiredness. That’s likely because use of smartphones close to bedtime has been shown to delay circadian rhythm, the body’s normal sleep-and-wake clock. पुरै अध्ययन पढ्न यो लिङ्क मा जानुहोला । 


हातमा भएको घडी हेरे रातको एक बजेर २० मिनेट गएको थियो । उठेँ पिसाब फेर्न गएँ अनि आएर पल्टिएँ । खोकी पनि लागिरहेको थियो । निदाउन अघि सोचेँ मानिस पिसाब फेर्ने भनेर किन भन्छन् ? उत्तर थाहा छैन तर आफ्नो उत्सुक्ता देखेर खुसी भएँ । बडो रमाइलो लाग्यो । बिहान ६ बजे निद्रा खुल्यो । केहि नसोची पल्टिरहेँ । पर टेबलमा मोबाइल थियो । बोलाइरहेथ्यो । तर गइन । झ्यालको पर्दा उघारेँ अनि सोचे अब मेरो अनुभवको लेख लेख्नु पर्ला । यो अनुभव लेख त्यसरीनै जन्मियो । दोस्रो दिनको लेख म भोली पुन: लेख्नेछु । १३ दिन सम्मको लेख मेरो यो ब्लगमा आउनेछन्  । हिन्दु धर्म अनुसार मानिस मरे पछि १३ दिन उसको किरिया बस्नु पर्छ । मेरो १० कक्षा देखिको साथी फेसबुक र कोनी कुन बेला देखिको इन्सटाग्रामको मृत्युको म १३ दिन जुठो बार्नेछु । 


- विजय लुइटेल


यहाँ सबैले जोडिनु पर्ने आवश्यकता छैन । यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ । 

पहिलो लेख पढ्न यो लिङ्कमा जानुहोला : 

दोस्रो दिनको लेखको लिङ्क :



Comments

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ