Skip to main content

भित्ता बोल्दछ : दोस्रो दिन

 

मन नलागेका कुरामा चाहिँ म अल्छी को पोको हुँ । २०१८ मा ब्याचलर्स सके लगतै मैले मास्टर्स इन रुरल डेभलप्मेन्ट सुरु गरेँ । ग्याप किन राख्नु एकै पल्ट सक्दि हाल्छु पढाइ सोचेको थिएँ । बीचमा कोभिडको महामारी आयो र केहि समयलाई पढाइ रोकिन पुग्यो । तर जे होस् जसो होस् पढाइ सकेँ । तर थेसिस थाल्न भने मलाई आज सम्म लाग्यो । मिति २०२३ जनवरी १८ । थेसिस थाल्न समय थिएन सोच्दै थिएँ । तर रहेछ । सामाजिक सञ्जाल दिने दिनको ४ घण्टा समयमा त निक्कै पो लेखिने रहेछ भन्ने आभाष भएको छ । हिजो दिनभरमा मैले Osho को The Silent Explosion ६० पेज पढेर भ्याएछु । महोमद रफीमा ३ ४ वटा भयंकर प्यारा गीत गुनगुनाएछु अनि थेसिसमा के लेख्ने भनेर त्यसको प्लान पनि बनाएछु । म पछिल्लो पल्ट यति जाँगरिलो भएको कहिले थियो मैले सोच्नै पर्छ । सबै मानिससँग एक दिनमा २४ घण्टानै समय हुन्छ । कसैले त्यती समयमा धेरै भन्दा धेरै काम गरेर देखाउँन् भने कोहि समय नपुगेको गुनासो गर्दै रुमल्ली रहन्छन् । म एकाध दिन अघि दोस्रो श्रेणीमा पर्दथेँ अहिले प्रथम श्रेणी तर्फ उन्मुख छु । म सँग अहिले प्रशस्त समय छ । समयको धन छ ।हिजो जुगनी फिल्मको गीत डुग डुगी डुग सुनेँ । विशाल भारद्वाज को आवाज,  क्लिन्टन सेरेजो को सँगीत र सेलेको शब्दमा सजिएको त्यो गीतले मन हर्‍यो । लिङ्क यहाँ राखिदिएको छु तपाईहरु पनि सुन्नु होला फुर्सद भएमा। 


फेसबुक र इन्टाग्राम चलाउने समय अब खाली भित्ता हेरेर बित्दछ । हेर्दा त भित्तामा पनि ऐना देखिने रहेछ । मलाई आफैसँगको आफ्नो सम्बन्ध प्रगाढ भएको आभाष भएको छ । भित्तामा आफ्नै पुरानो तस्बिर फ्रेम गरेर राखेको थिएँ कुनैदिन । हिजो महिनौ पछि त्यसको अस्तित्व एकाएक जीवित भएर आयो ।तस्बिर भित्र लामटाङ पदयात्रामा सुख्खा चउरमा पल्टिएर उकुलेले बजाइरहेको म छु । मुस्कुराइरहेछु । बडो सुन्दर देखिँदो रहेछु म रमाउदा । अब कोठाको गितारमा जमेको धुलो झर्नेछ, रहर पुन: जागेको छ रमाउने । यो लेख लेखिसकेर म अब एकछिन गितारलाई सुससुम्याउँछु । एक पल्ट सम्झनाहरुलाई जीवन्त तुल्याउनु छ । आज बुझेँ , बिगत वर्तमान भन्दा अधिक सुन्दर भएमा मानिसले बुझ्नु पर्छ कि म कतै न कतै चुकिरहेको छु । भित्ताको ऐनाले मलाई हिजो त्यही भनिदियो । मैले सहर्ष स्वीकारेँ । हेरौँ अब भोली के के बोल्दछन् मसँग ।

- विजय लुइटेल

यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ । 

पहिलो लेख पढ्न यो लिङ्कमा जानुहोला : 


Comments

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ