To Whom It May Concern बिगतका केही बर्ष देखि म साहित्य क्षेत्रमा कलम चलाउँदै आइरहेको छु । त्यही सिलसिलमा मैले देशका केही नामी अनलाइन पत्रिकाहरुमा मेरा लेख छाप्ने अवसर पाएँ । मलाई त्यस बेला एउटा मात्र लोभ थियो कि, धेरै भन्दा धेरै मानिस सम्म मैले लेखेका कुरा पुगुन । त्यसरी लेख पठाउँदा पारिश्रमिक पनि पाइन्छ भन्ने कुरा मलाई थाहा थिएन । तर अहिले थाहा पाउने हुँदा पनि पारिश्रमिक भनेँ पाएको छैन । हिसाब त लगाएको छैन तर सायद १५ देखि २० वटा लेख छापिए होलान् आज सम्म बिभिन्न अनलाइन मिडियामा । त्यसरी लेख छापिए पनि पारिश्रमिकको नाममा मैले आज सम्म रु १ कतैबाट पाएको छैन । कसैले तेरो यति पैसा भयो लिन आइज पनि भनेका छैनन् । आज मलाई एकाएक आभाष भयो कि लेख जिउँदो रहन लेखक जिउँदो रहनु पर्छ । म जस्ता हजारौ मानिस छन् जसले बिगतका कयौ बर्ष देखि बिना पारिश्रमिक आफ्ना रचना मिडियालाई बुझाउँदै आइरहेका छन् । बरु नछापियोस् तर छाँपिदा थोरै भए पनि सबैले पारिश्रमिक पाउनु पर्छ भन्ने लागेको छ । यही लेख मार्फत म सबैमा यो भन्न चाहन्छु कि म आजको मितीबाट बिना पारिश्रमिक कुनै पनि लेख लेख्ने छैन । आफ्नो समय र परिश्रमको मोल तोक्
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.