दूध को चिया नखाने त मान्छे नै हैन भन्थेउ
तिम्रो अगाडि त्यस दिन नखाए पनि
कुनैदिन साथ दिउँला भनेर खाने बानी बसालेको थिएँ
चिया भन्दा पहिला तिम्रो लत लाग्छ भन्ने कहाँ थाहा थियो र मलाई
अचेल न्यास्रो लाग्दो हो मलाई तिम्रो
त्यो पनि हो वा हैन म जान्दिन
सोध्न मन लाग्छ मलाई
तैपनि सोध्न डर लाग्छ मनलाई
कतै मनले हो उस्कै न्यनस्रो हो भनिदिए
तिमी भनेर के दिउ manlai मैले ?
आदत बनेको छ
बिना सित्ती निस्कनु
चिया पसल चहार्नु
अनि चियामा नभेटिने अनेक थोक खोजिरहनु
सोध्दा चियालाई केही उत्तर नपाएर होला
म अचेल आफैलाई प्रश्न गर्ने भएको छू
कहिलेकाँही चिया पिउँदा आफैलाई सोध्छु
के आफूलाई तिमी बनाएर
मन बहलाउने मेलो त हैन
मेरो हातको यो एक कप चिया ?
कोही बोल्दैन
न चिया
न म
न तिमी
- बिजय लुईटेल
Comments
Post a Comment