म र हजुरबुबा मुलघर जाँदै गर्दा When an old man dies, a library burns to the ground - An African Proverb केही साल अघि म इलाम जाँदाको कुरा हो । समयले दिएको चाउरीपन अनि थोतो दात उपहारलाई सहर्ष स्वीकारेर मेरा हजुरबा आफ्नो जीवनका अन्तिम दिनहरुमा रमाइँ रहनुभएको थियो । खासै धेरै संगत त भएन हजुरबासँग, तर उहाँसँग निकै आकर्षित थिएँ । थाहा छैन किन । नब्बे बर्ष पुगेका हजुरबालाई मैले त्यस बेला कुनै बालखझै देखेको थिएँ । जीवनका नब्बे बर्ष अनेक परिस्थितीसँग जुधेर परिपक्क भएका मेरा हजुरबालाई एकाएक बच्चाझै बन्ने के ले बनायो त्यस कुराको राज हजुरबासँगै खरानी बनेर गयो । अब त म यस्तो भएर होला, उस्तो भएर होला भनेर अनुमान मात्र गर्न सक्छु । कोही आएर निकै बेर आफ्नो परिचय दिएपछि मात्र हजुरबाले मानिसलाई चिन्नुहुन्थ्यो । एक पल्ट त झन् हजुरबाले मान्छे नचिनेर ठूलोबुबालाईनै नमस्ते गर्नु भयो अरे । सम्झँदा एकै पल्ट हाँसो पनि लाग्छ अनि बाप्रति माया पनि लागेर आउँछ । मलाई तर यति कुरा थाहा छ कि उमेरका कारणले आफ्नै छोरालाई नचिनेर नमस्ते गर्दा बाले एकपल्ट पनि चित्त दुखाउनु भएन । उहाँ आफ्नो बुढेसकलालाई पनि उ
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.