Skip to main content

Posts

चिया, तिमी र म ...

दूध को चिया नखाने त मान्छे नै हैन भन्थेउ  तिम्रो अगाडि त्यस दिन नखाए पनि  कुनैदिन साथ दिउँला भनेर खाने बानी बसालेको थिएँ  चिया भन्दा पहिला तिम्रो लत लाग्छ भन्ने कहाँ थाहा थियो र मलाई  अचेल न्यास्रो लाग्दो हो मलाई तिम्रो त्यो पनि हो वा हैन म जान्दिन सोध्न मन लाग्छ मलाई  तैपनि सोध्न डर लाग्छ मनलाई  कतै मनले हो उस्कै न्यनस्रो हो भनिदिए तिमी भनेर के दिउ manlai मैले ? आदत बनेको छ बिना सित्ती निस्कनु  चिया पसल चहार्नु  अनि चियामा नभेटिने अनेक थोक खोजिरहनु सोध्दा चियालाई केही उत्तर नपाएर होला  म अचेल आफैलाई प्रश्न गर्ने भएको छू  कहिलेकाँही चिया पिउँदा आफैलाई सोध्छु  के आफूलाई तिमी बनाएर  मन बहलाउने मेलो त हैन  मेरो हातको यो एक कप चिया ?  कोही बोल्दैन  न चिया  न म  न तिमी  - बिजय लुईटेल

तिम्रा आँखाका भावनाहरु

                                                                                         Photo by  Andrea Piacquadio  from  Pexels थाहा छ तिम्रा ‌‌‍ओठले बोल्ने छैनन्  तिम्रा आँखाका भावनाहरु       यो कस्तो तिम्रो बेबसी  नभनिकनै बुझिदियोस पनि सोच्छौ  नजानेझैँ गरि सोधिदियोस पनि सोच्छौ   तिम्रा आँखा जसै हेर्दछु  स्कुलमा सरले पढाएको जस्तो  गणितको अप्ठ्यारो हिसाब त्यहाँ देख्दछु    नबुझे पनि हिसाब पास गर्नु हुन्थ्यो मलार्इ  आज पनि कसरी हुन्छ पास गर्नु छ ...   - बिजय लुईटेल

प्राक्टिकल बुढो : A Love Story

  Photo by  Yogendra Singh  from  Pexels      केही बर्ष अगाडि सम्म मेरो घर अगाडि झिँगटीले छाएको एउटा पुरानो नेपाली पाराको घर थियो , अहिले छैन । संसारको रीतनै यस्तै हो, सबै थोक सधै भरि रहिरहँदैन पनि । आफु ८३ बर्षको भएका कारण म यो कुरा मज्जाले आत्मसाथ गर्न सक्छु । आखिर म आँफै नरहने समय नजिक आइरहेको छ । हुन त यो सबै कुराबाट मुक्त हुनु पर्ने उमेर हो तर यही उमेरमा आएर मलाई एउटा नाथे घर नरहेकोले बिक्षिप्त बनाएको छ । त्यो घर मेरो साथीका बाले बनाएका हुन । मेरो साथी हर्क भगवानको प्यारो भएको ३ बर्ष जति भइसक्यो । त्यसकै छोरा मुकुन्देले हो बाउ बितेको अर्को सालबाटै घर भत्काउन थालेको । हुन त घर पुरानै पनि भइसकेको थियो । म बसेको घर पनि पुरानो भइसकेको छ , अब केही बर्षमा यस्को पनि हाल त्यही हुने वाला छ । म स्वार्थी भएको होइन , अब बस्ने नमिल्ने भएपछि मेरो छोरोले पनि भत्काउन करै लाग्छ यो घर । केही सम्झना जोडिएकाले साथीको घर भत्कदा मनमा कहिकतै नरमाइलोपनले घेरेको मात्र हो नत्र म आफुलाई प्राक्टिकल बुढो मान्छु ।       त्यस घरसँग धेरै सम्झना जोडिएका छन् मेरा । गाउँको सबैभन्दा ठूलो घर , घरै पछाडि एउटा ठूलो अम्

सामाजिक सञ्जाल ( Social Media )

Photo by  ROMAN ODINTSOV  from  Pexels कलममा मसीको साटो पिसाब बगेको समय छ  यस्तोमा के लेखौ म ? म तुर्काउन चाहन्न , हुर्काउन चाहन्छु  आफु मरेर अरु हुने उपयुक्त समय छ  यस्तोमा के गरौ म ? म हत्या गर्न चाहन्न ,प्राण भर्न चाहन्छु  थुतुनो बोल्दा गन्ध निस्कने समय छ  यस्तोमा के बोलौ म ? म सुघाउन चाहन्न ,सुनाउन चाहन्छु  गिदीको भित्तामा उदासीको जालो लागेको समय छ  यस्तोमा के सोचौ म ? म जालो भित्र लुक्न चाहन्न ,च्यात्न चाहन्छु  तिमी जस्तै म पनि सेकेन्ड , मिनेट , घण्टा , महिना, बर्ष गर्दै  तिम्रै संसारमा घुमिरहेथेँ आफुलाई बेच्न बजार चहारिरहेथेँ ।  देखेनौ र मलाई ? एक पल्ट सम्झि हेर त  म तिमी भित्रै छु , तिमी जस्तै  छु  म तिमी नै त हुँ ।   जति कलमको मसीमा पिसाबको मात्रा छ तिम्रो  सायद त्यो भन्दा बढी मात्रा मेरो छ जति आफु मारेर अरु बनेका छौ तिमी  म पनि पुरै आफु कहाँ छु र ? तिमी जस्तै सुनाउने चक्करमा  कयौ पटक सुघाएको छु मैले पनि  जति तिमीलाई उदासीले छोपेको छ त्यही जालो भित्र म पनि त छु  फरक यति छ म बिरामी छु  तिमी, हुन बाँकी छ  तिमीमा भोक अझै छ बिष पिउने  हेर मलाई म टन्न अघाएको छु  पत्याउँछौ ? म साँच्च

दिन

photo by: pixabay कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन । आफुलाई सजाउँन दिनले कयौँ कुरा चोर्छ उज्यालो चोर्छ , बतास चोर्छ बादल चोर्छ , झरी चोर्छ हरेक कुरा मनलागी चोर्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन । छोटो अनि रहरलाग्दो आयू बोकी  घामसँग लुकामारी खेल्छ  बताससँग छोइडुम खेल्छ चन्चले बालक जस्तो दिन स्वतन्त्र बनेर खेल्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु औँलामा छोएर बगिजाने खोलाको पानीझै लाग्छ सार्दा सार्दै मेटिएको ब्लाकबोर्डको अक्षरझै लाग्छ ढोकामा समाउँनै लाग्दा छुटेको गाडीझैँ लाग्छ सम्झन खोज्दा खोज्दै बिर्सीएको सम्झनाझै लाग्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन जो एउटा दिन दिएर मलाई  मेरो एउटा दिन चोरी लाग्छ जसरी एउटा प्रेमी प्रेम दिएर  प्रेम चोरी लान्छ । सधैझै आउँछ , सधैझै जान्छ हरेक दिन, एउटा दिन चोरेर लान्छ थाहै नदिइ यो अनौठो दिनले आयुको सीतन बिस्तारै खान्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन अनि यसपाली एउटा अठोठ गर्छु सधै मेरो दिन चोर्ने चोरको  म पनि केह

नयाँ बर्ष

Photo by  Anna Tarazevich  from  Pexels म जसरी धुन्छु आफ्ना पुराना लुगा  नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ जसरी पुराना लुगा सफा बनाउँछु म  त्यसरी सफा बनाउँछ मलाई नयाँ बर्ष हरेक बर्ष मलाई छोएर जान्छ, नयाँ बनाउँन धोएर जान्छ उर्जाले पखाली एकपल्ट मलाई  मैलो मेरो उ, भिरेर जान्छ म जसै जसै सफा बन्छु  नयाँ बनेको आफुलाई पाउँछु  सोचेर दिनैभर यस्तै केही  नयाँ बर्ष म गज्जब मनाउँछु  म जसरी धुन्छु आफ्ना पुराना लुगा  नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ जसरी पुराना लुगा सफा बनाउँछु म  त्यसरी सफा बनाउँछ मलाई, नयाँ बर्ष धोएका लुगा हेरि जसै म मुस्काउँछु उद्रेका ठाउँ हेरि फेरी घवराउँछु  थाहा छैन कोनि, किन यसो गर्छु   उद्रेँ कि भनी शरीर आफ्नो  सुम्सुमाउँछु । म जसरी धुन्छु आफ्ना पुराना लुगा  नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ जसरी धेरै धोएको लुगा फाटी जान्छ नयाँ बर्ष मलाई त्यसरी फटाएर जान्छ । - बिजय लुईटेल

कलेजी स्वीटर : एक प्रेम कथा

Photo by  Pavel Danilyuk  from  Pexels आज बिहानैबाट कोनी के सुर चढ्यो मेरो नातीलाई । बिकामे लुगाफाटा जति सबै फ्याकेर लगाउन लायक मात्र राख्छु भन्दै दराज खोतलीरहेको छ । देख्छु , उसको दराज छेउमा फ्याक्ने लुगाको एउटा ठूलो पहाड छ । निकै लुगा छन् क्यार त्यती निकाली सक्दा पनि अझै दराज खोतलीरहेकै छ । उमेरले नब्बे भेट्न आँटे पनि मेरा आँखा चीजबीज अझै ठम्याउँन सक्ने नै छन् । नातीले बनाएको फ्याक्ने लुगाको पहाडको चुचुरोमा एउटा कलेजी स्वीटर देखेँ । एकपल्ट ओल्टाइ पल्टाइ हेरेँ ।  बुढो भएँ सबैथोक याद रहँदैन , दुई बर्ष अघि जस्तो लाग्छ एकदिन मेरी नातिनी बुहारीले करैले  नातीलाई बजार लिएर गएकी थिइँ । झत्ते मात्रै छन् तपाईका लुगा त, केटा मान्छेलाई राम्रो भएर हिड्न मन लाग्दैन कि के हो भन्दै नातीलाई लगेको याद छ मलाई । दिन भर बजार घुमेर यही कलेजी स्वीटर किनेर ल्याएका थिएँ । हेर्नु त बुबा तपाईको नातीलाई यस्को पनि रंग मनपरेन अरे भन्दै यही स्वीटर देखाएकी थिइँ मलाई नातिनी बुहारीले त्यस दिन । कति चाँडै फ्याक्नु पर्ने भइसकेछ त्यो स्वीटर ।  के बुनिरहेकी बिना , अफिसबाट घर फर्कर्ने बितीकै , हातमा कुरुस लिएर गुलाबी धागो