Skip to main content

Posts

बतास मेरो साथी

Photo: pixabay बतास बेग्लै तवरले बगेको थियो । मैले थाहा पाएँ बतास बतास नभएर एउटा भावना हो ,बतास खुसी हो, बतास हाँसो हो । त्यती मात्रै नभएर बतास एउटा गाडी हो जो सम्झना रहर सपना अनि यस्तौ अमूर्त भावनाको चिठ्ठी बोकेर ओहोरदोहोर गर्छ । भक्तपुरको एउटा डाँडाको घरको झ्यालमा चिउँडो अड्याएर फुर्सद मासीरहेको मलाई त्यतीबेला एकाएक बतासले बोलायो, अनि मैले बतासँग बोल्न सिकेँ । बोल्नेको पिठो बिक्छ भन्ने सुनेको मैले बतास सँग बोलेर मेरो उदासी बेचेँ । मैले सोचेको थिइन बतासले मलाई आफूसँग घुम्ने निम्तो दिन्छ अनि म उसको लहैलहैमा लागेर घुम्न निस्कनेछु । तर अब निम्तो दियो त दियो भनेर म बताससँगै बतासिएँ । झ्यालबाट एउटा मान्छे ठ्याक्कै त्यहीबेला हरायो ।  बताससँगै बग्दै थाहा छैन म कुन ठाँउ पुगेँ । कुनै डाँडा थियो , निभ्न लागेको रातो सुर्य बादलको सेतो गल्बन्दी बाँधेर मलाई हेर्दै थियो । पिपलको पातले गाएको गीत सुन्दै म त्यही पिपलको पाउमा बनेको चौतारीमा बसिरहेको थिएँ । निलो आकाशले चौतारीलाई छाता ओढाएको थियो, एउटा बिशाल निलो छाता । ठाँउ नचिनेर बतासलाई सोधेँ , कहाँ ल्यायौ तिमीले मलाई ? बतास कुदेर अलि पर गयो अनि एउटा ख

नेपालीको औंला पसल

Photo by: Kaique Rocha/ Pexels बजार जान मलाई औधी मनपर्छ , सामान किन्न म प्रायजसो आँफै जाने गर्छु । हिजोको कुरा हो, केही तरकारी र  दुई जोर मोजा किन्नु पर्यो भनेर बजार तिर निक्लेको थिएँ । हातमा सामान बोक्ने झोला , खुट्टामा  फित्तावाल हात्तीछाप चप्पल लगाएर बजार जाने बाटोमा फटाफट हिँडीरहेको थिएँ । जाँदै गर्दा देखेँ एउटा मेरै उमेरको केटो बाटो छेउमा बसेर रोइरहेको थियो ।  केही बेर उसको छेउमा उभिएर हेरेँ , उसले मलाई देख्यो तैपनि रून छोडेन । यसो सोचेँ कस्तो अचम्मको केटो रहेछ , यत्रो भएर पनि रून लाज नलागेको । एक मन सोचेँ आाा रूदै गरोस मलाई केको टाउको दुखाइ । यस्तै सोचेर त्यो केटोलाई रोएकै छोडेर जान लागेको थिएँ अचानक मेरो दिमागले मलाई प्रश्न सोध्यो , मान्छे कुन बेला रून लजाउँदैन ? मनले एकाएक उत्तर दियो, जब लाज भन्दा पीडा ठूलो हुन्छ । मेरो मानवताले उसलाइ त्यसरी छोडेर जान दिएन , त्यसपछि उसको छेउमा गएर बसेँ , केही बेर एक शब्द पनि बोलिन, बिस्तारै उसले रून कम गर्यो । मान्छेको जात पनि अचम्मको छ , पीडा भएको बेला केही नबोले पनि छेउमा उभीदिने मान्छे भयो भने पनि उसलाई धेरै हिम्मत मिल्छ । रून कम भएपछि मैले

यात्रा गरिरहेछ जीवन

Photo by Andre Furtado from Pexels सम्झना पानीको छालझै पछि छुट्दैछ यात्रा गरिरहेछ जीवन । हातमा , समयको , एउटा सानो बहना छ जो नथाकी चलिहरेछ.. कति सम्झना बगाइहरेछ कति सपना बोलाइरहेछ यात्रा , हिसाबबिहिन तैरिरहेछ । तर जीवन , जो आँफै एउटा उपहार छ उसैले यी सबको हिसाब मागिरहेछ त्यसैले त   बतासमा अदृश्य   एउटा प्रश्न छ जो हरपल सोधिरहन्छ उपहारको हिसाव पनि कोही राख्न सक्छ र ? - बिजय लुईटेल

देथ फुटेजेज ( Death Footages )

Photo by: Rafael Guajardo/ pexels नवराज आज उत्पातै खुसी छ । त्यो उत्पात खुसीलाई अझ भव्य बनाउँनका निम्ति मदिरा पसल जाने निधो गरेको छ । घाँटी हेरेर हाड निल्नु भन्ने उखानको अनुयायी भएका कारण आफ्नो गोजीलाई मध्यनजर गर्दै भर्खरै उसले सामानको सानो लिस्ट बनाएको छ । सामानको लिस्ट यस प्रकारको छ : १. दुई बोतल बियर २. एक प्याकेट चाउचाउ  ३. एक प्याकेट नुनिलो बदाम ४. एक प्याकेट आलु चिप्स नवराजलाई मान्छे, मानसिक छ यो भन्छन् , उसका कुरा र प्रश्नले गर्दा । उसले भने आफुलाई सधै अरूभन्दा फरक र योग्य मान्छ । मान्न पनि किन नमानोस, हरेक कुरामा उसको आफ्नै तर्क हुन्छन् । एकदमै धेरै किताबहरू पढ्छ अनि सबै कुरामा चासो पनि राख्छ । हरेक कुरालाई जरै सम्म खोतल्नु उसको बानी हो र ऊ मान्छ कि केही कुरालाई बुझ्न त्यसको जरै सम्म जानु जरूरी छ , उसको मान्यताले उसको व्यवहारमा प्रस्ट प्रभाव पारेको देखिन्छ ।  साँच्चै भन्नु पर्दा नवराज हसिलो मान्छे भने हैन , आज जस्तै खुसीको माहोलमा मात्र ऊ थोरै हसिलो देखिने गर्छ । पक्कै पनि मदिरा पसले आज उसलाई देखेर छक्क पर्नेछ , सोध्नेछ के को खुसी हो भाई यस्तो भनेर । तर

कविको बगैचा

यो एउटा बगैचाको कथा हो, यसलाई बगैचाको ब्यथा भन्दा पनि खासै फरकचै पर्दैन । बगैचामा अनगिन्त फुल फुलेका छन्, एकदम हेरौ हेरौ लाग्ने बगैचा छ , तर दुर्भाग्य, बगैचा खाली छ, अनि त्यही बिचमा एउटा मरेको मुसाको लास छ । मान्छेको आवतजावत छैन, मान्छेहरू पर्खालमा चिउडो अड्याएर भित्र हेर्छन , या भनौ हेर्न खोज्छन् तर पर्खालबाटै मरेको मुसो ह्वास्स गनाउँछ । अचम्मको कुरा मलाई के लाग्छ भनेँ कसरी एउटा सानो मुसाको गन्धले पुरै बगैचा कुरूप बनाउँन सक्छ ? के दागहरूको जस्तै चरित्र हुन्छ मरेको मुसोको पनि ? हुन पनि सक्छ , म पनि त चित्र भन्दा पहिले त्यसका लागेको दाग देख्छु । मान्छेले पनि फुलका बास्ना भन्दा पहिले मुसाको गन्ध थाहा पाउनु असम्भव कहाँ छ र ?  बगैचा चारैतर्फबाट पर्खालले घेरिएको छ । पर्खाल चाहे जे कुराको होस, मलाई पर्खालसँग एक किसिमको बिरक्ती छ । यो बिरक्ती मभित्र त्यसै उब्जिएको भने हैन एउटा अग्लो पर्खालले दिएको अनुभव हो । भन्यो भने हाँस्नु हुन्छ तपाईहरू तैपनि भन्छु । मेरो छिमेकमा पहिले एउटा ठूलो भोटे कुकुर थियो, अहिले छैन, केही बर्ष अगाडि घरको बारी खोस्रेर त्यही मर्यो अरे भन्छन् छिमेकी अङ्कल । मैल

फेसबुक

छिर्छ कोही एउटा साघुरो कोठा. तस्बिरहरुको भिड भित्र. मुस्कानहरुको कथा बीच , कसैको कथा छुनलाई कसैको कथा हुनलाई ।। आँखा सबै हेर्दछन् उसलाई प्यासी मौनता साथ, या ऊ हेर्दछ तिनलाई माया अगाध लिनलाई ।। काला अक्षर बताउँछन् कथा. दमित यथार्थका गाथा. दुःखी घमन्डका साथ. फैलाई आफ्ना हात ।। आंशिक जीवनको सँगालो उसको पुर्ण जीवन तान्छ. अदृश्य जाल हान्छ.  समयको सितन खान्छ ।। अक्षरबीच संवाद बोल्छन् प्रेमका खण्ड बोकी, माया बनेर किस्ताबन्दी आउँछ मुटु छुनलाई गुटुमुटु हुनलाई ।। अक्षरमै अभ्यस्त जीवन बोकी अक्षर औलामा, भावनालाई पछि छोडी  अक्षरहरुमै बाँच्दछ यथार्थलाई पर सार्दछ ।। देखेर पनि नदेखेको, छोएर पनि नछोएको,  बुझेर पनि नबुझेको, झुठा जीवनका चित्रलाई मगज यर्थार्थ मान्दछ, तर के उसले जान्दछ ?  जस्ले...  नभएको संसार हराउँदा आँसुको भल बगाउँछ  उसैको छेउको सिरानीमा हर रात सुत्ने बेला भएन... ? भन्दै  एउटा जिउँदो यथार्थ चल्मलाउँछ ।। - बिजय लुईटेल

म त्यस्तो केटी हैन ।

Photo by : Andrea Piacquadio from Pexels रात, समयको साच्चै अनौठो प्रहर हो । धेरै थोक लिएर आउँछ रातले , कोही बेला चाहना लिएर आउँछ , कोही बेला सपना, कोही बेला सम्झना , कोही बेला एक्लोपन अनि कोही बेला शुन्यता पनि । मेरो लागि भनेर रात आजसम्म कहिल्यै एक्लै आएको छैन , केही न केही उसको साथ जरूर हुन्छ । दिनभर साथीभाइसँग घुमेर फर्कदा रात एक्लोपनको यर्थााथ लिएर पर्खीरहन्छ , दिनभर एक्लै बसेको दिन रातले साथीभाइको सम्झना लिएर आउँछ । रात एक हिसाबले मेरो पर्सनल असिस्टेन्ट जस्तो छ जसले दिनमा मैले बिर्सीएका कुरा मलाई बिस्तारमा, बिस्तरामा बताउँछ । एक रात त रातले अचम्मै गर्यो , सधै निर्जीव भावना र सम्झना मात्र बोक्ने रात एउटा सजिव आकृति बोकेर मेरो सामु उभियो ।   जुनेली रात थियो , आधा जुनको । म जुनलाई हेरिरहेको थिएँ , जुन एउटा डाँडाभन्दा थोरै माथि आकाशमा झुन्डिएर मलाई हेरिरहेको थियो । त्यो डाँडाको ठ्याक्कै तलबाट एउटा खोलो बगिरहेको थियो , सुनकोसी खोलो , म सुकुटे विच रिसोर्टमा थिएँ । अनि म त्यही खोलोको किनारमा एउटा विच चेयरमा ढल्केर बियर पिउँदै थिएँ , टुबोर्ग बियर । छेउमा देब्रेपट्टि, एउटा मेरो ज