Photo by: Noelle Otto/ Pexels गाडीको झ्यालमा उनी जस्तै देखेँ, धेरै बेर हेरिरहेँ। फेरी हैन जस्तो लाग्यो तैपनि हेरिरहेँ । निदाइरहेकी थिइ बोलाइदिउँझै लाग्यो, उठाइदिउँझै लाग्यो, उठाएर भनिदिउँझै लाग्यो तिमी त मेरी उनी जस्तै जो जस्तो, मात्र उनै छिन् । दाँज्न मन लागिहाल्यो फरक के रहेछ भनी । मनले तर, मान्दै मानेन, एकटक लगाएर हेरिरहेँ, मस्त निदाइरहेकी केटी । कता कता यसै लागिरह्यो, ब्युझने पो उनी हुन कि भनी।। - बिजय लुईटेल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.