Photo: Pixabay |
बिचरा !!
सम्झनाहरूको सम्झना आउँछ
केही समय अघि जो टुहुरा बने
सायद अहिले मन खोज्दै छटपटाइरहेछन् ।
तर मन कहाँ छ ?
मन मान्छे भएको भए प्रहरीले समाउथे,
म पनि हुलिया यस्तो भनि तिनलाइ बताउथेँ,
भेटेपछि रमाउथेँ , टुहुराको सम्झना गराउथेँ
एउटा परिवार टुट्नबाट बच्थ्यो ।
मनले सम्झना बिर्सेछ , पापी अभिभावक बनेछ
सम्झनाले मन सम्झेर, असल टुहुरो बनेछ
अब खोजोस पो कता , त्यसलाई
नहराएर भागेको जो छ ।
छोडिएकै ठाँउमै जडवत छन् सम्झना
मानौ कुनै मुर्ती सजिएको छ पार्कमा
खोजिरहेछन् एकटक लगाई हराएकालाई
आँफै हराएँझै गर्दै ।
भागेको मनलाई पनि आराम कहाँ छ र ,
ऊ पनि नजर बचाउँदै, लुकिछिपी हिँडीरहेछ
फर्किएको छैन, सम्झना छाडेको गल्लीहरू
सचेत भएको छ , हरपल सर्तक छ
डरले उसको आत्मा काँपीरहेछ ।
नयाँ शहरमै पनि बाउ खोज्दै , नाम पुकार्दै
कोही आइदेला भन्दै, मर्दै बाँचिरहेछ ।।
- बिजय लुईटेल
Comments
Post a Comment