Photo by: Pixabay सपना देखेको थिएँ वा यर्थाथनै थियो, यसै भन्न सक्दिन । हिजो रातीको कुरा हो, आँखा खोलेरै देखेको जस्तो लाग्छ , सपनानै पो थियो कि जस्तो पनि लाग्छ, ब्युझेको थिएँ जस्तो पनि लाग्छ, निदाइरहेकै थिएँ जस्तो पनि लाग्छ । हिजै राति त हो मैले त्यो रातो चप्पललाई झुल झुन्डाउने हुकमा डोरीको पासो लाएर झुन्डेको देखेको । सपनानै हो जस्तो लाग्छ, तर फेरी सोच्छु सायद ब्युझेकै थिएँ तैपनि जाबो एउटा चप्पलको जोडी न हो भनेर फेरी सुतेँ कि ? यदि मान्छे झुन्डेको देखेको भए झस्केर उठ्ने थिएँ होला अनि थाहा हुने थियो सपना हो कि विपना भनेर। अनि चप्प ल लाई त्यस्तो सारो मत्लब कस्ले पो गर्छ र, न चप्पल कराउँछ न त रून्छनै । त्यही माथि म चप्पलको सौख राख्ने मान्छे पनि परिन । जहाँ सम्म मलाई याद छ एकपल्ट म सँग स्बाट्ट खुट्टा छिराउँने एउटा चप्प्ल थियो कालो रङ्गको हात्तीछाप । त्यो चप्प्ल खुकुलो भएकाले फुटबल खेल्न गाह्रो थियो । सोच्थेँ कहिले यो चप्पल चुँडिएला र बाबालाई अर्कौ चप्पल किन्न लगाउँ भनेर । यो लगभग म पाँच छ कक्षा पढ्दाको कुरा हो , अहिले त म जस्को , जस्तै चप्पल भेट्यो त्यही लगाएर हिँडि
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.