Skip to main content

Posts

म घामभन्दा छिटो भएँ

Photo by: Abhiram Prakash , from Pexels उठेर बाहिर हेरेँ पुरै अन्धकार थियो, सोचेँ आाा के जानु यस्तो चिसोमा मनीङ्ग वक, बरू सिरक ओढेर सुत्छु, तातो त हुन्छ ।  तैपनि कसो कसो मनलाई मनाए अनि निस्के बाहिर । बाहिर निकै चिसो थियो केही बेर हिडे पछि बल्ल शरीरले तातो चाल पायो अनि मैले पनि चाल पाएँ कि म त आज घाम भन्दा चाँडो उठेछु । यो एउटा भावना जब मनमा उत्पन्न भयो तब मानौ मेरो हेराइमा यस्तो परिवर्तन आयो कि म सबै कुरालाई फरक ढङ्गबाट हेर्न थाले । लाखौ बर्ष देखी त्यो आकाशमा सधै उदाउने घामलाई जितेको किन महसुस भइरहेको थियो थाहा छैन मलाई, बस यती थाहा छ मैले आज घामले देख्न नपाएको धेरै कुरा देखेँ । मैले देखेँ कलेज जाने युवा युवतीका मुहारमा नाचेको अर्धनिद्रा मिश्रित हाँसो, त्यही देखेर होला, मेरा कलेजका दिनका सम्झनाहरू एकाकए कतैबाट आए अनि मेरो काधमा तप्थपाएर गए । त्यहाँ बाट केही पर पुगेपछि देखेँ एउटा मधुरो बत्ती, बत्ती मुनि बलिरहेको मधुरै ग्यास चुलो अनि त्यही चुलो माथी उडीरहेको चियाको बाफ , त्यही छेउमा बसेर मुखबाट बाफ उडाइरहेका दुई थान मान्छे , सोचेँ घामले आज त्यो बाफमा उडेका चिया पसलेको रहर देखेन

के बाड्नु नै प्रेम हैन र ?

आकाशमा छरिएका टुक्रा बादलहरूमा  तिमी र म आज लुकामारी खेलौ तिमीलाई मैले मज्जा चखाउनु छ  ।। बतासले मलाई कतै बगाउँदा  घाँटी तन्काउनुको मज्जा चखाउनु छ   अनि भाग्दै गरेको कसैको  हात समाउनुको मज्जा चखाउनु छ  ।। कसैमा मिलेर ठूलो हुँदा, कसैसँग छुटेर साँनो हुँदा  आफ्नालाई छुटुयाउनुको मज्जा चखाउनु छ  । बग्दा बग्दै पर पुगेको आफ्नालाई  परै बाट हेरेर मुस्काउनुको मज्जा चखाउनु छ  ।। उडेर पहाडपारि म ओझेल पर्दा  मन डगमगाउनुको मज्जा चखाउनु छ । कोही आफ्नो हराएर नभेटेपछि मन डराउनुको पनि मज्जा चखाउनु छ ।। खाली हुँदा आकाश, पर पर हेर्दै कसैलाई खोज्नुको मज्जा चखाउनु छ । नभेटिएपनि, सँगै बर्षनेछौँ भनेर मन बुझाउनुको मज्जा चखाउनु छ ।। अब चखाउनु छ तिमीलाई ती सबै कुरा जस्को मज्जा मैले एक्लै चाखेको छु । एक्लै मज्जा चाखेर अघाएको मलाई,   मज्जा बाडौ बाडौ लागेको छ  के बाड्नु नै प्रेम हैन र ? - बिजय लुईटेल

जङ्गलमा हराएको मान्छे

Photo by:  Bruno Abdiel from Pexels घना जङ्गल छ, अनि सुनसान पनि छ । हराएको छ एउटा मान्छे यही जङ्गलमा । ठूला ठूला रूख छन् , चराको चिरबिर छ , पातको सुस्केरा पनि छ । किन हराएँ त म भनि सोचिरहेछ त्यो मान्छे यो अत्यासलाग्दो स्थीतीमा । घामको प्रकाश पनि छ जो उसलाई भन्दैछ तँ यही पृथ्वीमा छस् अनि जङ्गलमा छरिएको छ घामको किरण, डालाबाट भुईमा छरिएका मकैका गेडा जस्तै । रूखहरूमा मिठा फल फलेका छन् । जङ्गल बीच एउटा ठूलो खोला छ , कलकल बगरिहेकोछ । खोला माथि एउटा राम्रो, काठको पुल छ जस्को एउटा अन्त्यमा त्यो मान्छे छ । अगाडि हेरिरहेको छ आफुले पार गरेको दुरीलाई । सोच्दैछ अब फेरी त्यतै फर्कनु उचीत हुँदैन । अब त मैले बिगतको यात्रा गर्नु अर्थहिन हुनेछ । सोच्दैछ सायद मैले पार गरेको त्यो दुरी नाप्न सक्थे त भविस्यमा मलाई मेरो यात्रा सम्झने खुराक हुनेथियो । त्यसैबखत जङ्गलका हरेक कुनाबाट कसैले उसको नाम बोलाउँछन्, एउटा ठूलो भिडको गाइगुइ जस्तो आवाजले त्यो शुन्यतालाई चिर्थौछ । यो जङ्गल जस्मा त्यो मान्छे हराएको छ त्यो सामान्य जङ्गल हैन , उसको आफ्नौ मनको जङ्गल हो , उसको भावनाहरूको जङ्गल हो , उसको काल्पनीक जङ्गल

बलि राजाको पक्राउ

Photo : Kamil Ghais /Flickr तीनतले घरको छतबाट पहिले तल्लाको झ्यालसम्म झरेर पिल पिल गर्दै बलिरहेको झिलीमिली बत्तीलाई एकछिन टोलाएर हेर्यो र बसन्तले भन्यो जाऔँ साथीहो अब यो घरका मान्छे तल झर्छन जस्तो लाग्दैन मलाई । उसको स्बर लगातर आधा घण्टा भट्टयाएपछि सुकेको थियो, तिर्खा पनि उतीनै लागेको थियो, पाएको भए एक अम्खोरा पानी एक सासमै रित्याइदिने थियो । पछाडिबाट रमेशले भन्यो जाने भए जाउँ तर आशिष दिएर जाउँ , घरबेटीले  गति छाड्यो भनेर हामीले छाड्नु हुँदैन । खोयाको गति नछाड्नु, सालेहरू माथी जाँड धोेकेर तासमा नारिएका होलान , यत्रो बेर गाएको नसुन्नेले हाम्रो आशिष सुन्छन् जस्तो लाग्छ तिमीहरूलाई झोक्कीदै भन्यो पुण्यरामले । पुण्यरामको कुराले देउसी टोलीमा थोरै खैलाबैला भयो , केटाहरूको गाइगुई बढ्न थाल्यो । ठिकै छ नि त यत्रो बेर त खेलियो अब दुई मिनेट त हो म भट्टाउँछु अनि जाउँला, ल बिष्णु मादल बजा, सकेर गइहालौ अब त अबेर पनि भैसको दरबार पुग्नु छ, बसन्तले सुकेको स्वरमा भन्यो । बसन्तका कुरा भुईमा झर्न नपाई बिष्णुको मादलले ताल दिइहाल्यो अनि आशिष सुरू भयो । बसन्त : आहै, भन मेरा भाइहो  देउसे : देउसीर

सपनाका बाफहरू

Photo by: Elti Meshau from Pexels यो कुरा सुन्दा तपाईलाई लाग्न सक्छ कि त्यो दिन पृथ्वीको थिएन, कुनै अर्कौ ग्रहबाट आएर पृथ्वीलाई छोपेको थियोे । तपाईलाई त अझ यो पनि लाग्न सक्छ कि म जुन निभानको कुरा गर्दैछु त्यो निभाननै कुनै अर्कै ग्रहको थियो , त्यो के त पिके को आमिर खान, हो त्यस्तै । मलाई पनि उसलाई पहिलो पल्ट भेट्दा त्यस्तै लागेको थियो । हैन हैन पिके जस्तो नाङ्गो थिएन , बस थोरै फरक थियो, उसको कुरा गराइले गर्दा । कसैलाई नभन्नु है भन्दै दायाँबायाँ  हेरेर सानो स्वरमा निभानले भनेको थियो , म मान्छेको जिउबाट उडेको सपनाको बाफ देख्न सक्छु । उसलाई त्यही क्षण छोडेर भागौझै लागेको थियो तर भाग्न सकिन , नभागेकै कारण अहिले तपाईलाई यो कथा सुनाउँदै छु । के हो आज त बबाल कथा फुरेजस्तो छ नि ? रबीन दाइले जिस्काउँदै भन्नुभयो । हैन हौ दाई यो त पुरै सत्य घटनामा आधारित कुरा हो, सुन्दै जानु न तपाईलाई अब म पुरै कथा भन्छु, मैले हौसीदै भनेँ । धेरै पल्ट दाइले नाइ नाइ भन्दा भन्दै जबरजस्ती आफुले लेखेका कथा सुनाएको थिएँ, यस्ले योपल्ट पनि नसुनाइ छोड्दैन भन्ने लागेर होला , केही नभनी सुन्नुभयो । साझँ परेको थियो, पानी

दशैं

Photo: Bhuwan Maharjan on Flickr बतासमा अचानक आज फुल फुलेछ हतारिएर जीवनको कान खोजेछु सुन्दर छ फुल , ताजा छ फुल अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । बिउ कसले रोप्यो ? गोड्यो कसले ? मलजल कसले गर्यो ? सजायो कसले ? थाहैनदिइ फुलेको जो फुल छ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । सुन साथी, हेर साथी, माथी गगनमा तिमीलाइ म फुल देखाउँछु , ध्यानले हेर अचम्मै, रहरलाग्दो फुलेछ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । जसले देख्यो त्यसको हुने हैन हेर यो हाम्रो साझा हो हाम्रा पुर्खाको आशिष छ त्यहाँ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । पुर्खाले टिपे, बाउले टिपे, तिमी टिप सिउँरिदेउ अब त कानमा अक्षताको रातो रङ्ग छ त्यहाँ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । बिर्सीएको सम्झ, सम्झिएको बिर्स रहरको शीतले भिजाउँ सुर्यसँगै उदाएको जो फुल छ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । तिमी थियौ, म थिएँ, यसैलाई पर्खिएको अब त पर्खाइ, खुसी छ मामाको कोसेलीझै नबिर्सी फुलेछ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । हतार गर, हतार गर्छु , नओइलाई टि

मेरो कोठामा एउटा गितार छ ।

Photo by: CloudyPixel on Unsplash मेरो कोठामा एउटा गितार छ जो केही साल यता बिमार छ । दुर्भाग्य, ऊ त्यसै सुस्ताइरहेछ धुलोले छोपिएर निस्ताइरहेछ । रूपमा उसका, सम्झना टाँसिएका छन् म सँग कहीकतै गाँसिएका । देख्छु उसले एक्लोपन भोगेको छुवाइ बिना आँफै बज्न खोजेको । मनमा उसका असङख्य धुन छन् लाग्छ अचेल ति मनैमन रून्छन् । थोरै फरक आजको रात छ खोजेको उसले केबल हात छ । त्यही कोठामा एकजोर हात छ जो किताब कापीको साथ छ । कलम छ त्यहाँ पानामा छुवाएको आफैले आफैलाई अक्षरमा रूवाएको । औला हातका, थर्रथरी काँपीरहेका भावनाका लम्वाई अक्षरमा नाँपीरहेका । रातको साच्चै अनौठो पहर छ शुन्यतालाई संगीत सुन्ने रहर छ । गितारले हात खोजेको छ हातले साथ खोजेको छ त्यसैले धुनबिहिन जीवनले गितारलाई मित रोजेको छ ।। - बिजय लुईटेल