Photo: Bhuwan Maharjan on Flickr |
बतासमा अचानक आज फुल फुलेछ
हतारिएर जीवनको कान खोजेछु
सुन्दर छ फुल , ताजा छ फुल
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।
बिउ कसले रोप्यो ? गोड्यो कसले ?
मलजल कसले गर्यो ? सजायो कसले ?
थाहैनदिइ फुलेको जो फुल छ
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।
सुन साथी, हेर साथी, माथी गगनमा
तिमीलाइ म फुल देखाउँछु , ध्यानले हेर
अचम्मै, रहरलाग्दो फुलेछ
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।
जसले देख्यो त्यसको हुने हैन
हेर यो हाम्रो साझा हो
हाम्रा पुर्खाको आशिष छ त्यहाँ
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।
पुर्खाले टिपे, बाउले टिपे, तिमी टिप
सिउँरिदेउ अब त कानमा
अक्षताको रातो रङ्ग छ त्यहाँ
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।
बिर्सीएको सम्झ, सम्झिएको बिर्स
रहरको शीतले भिजाउँ
सुर्यसँगै उदाएको जो फुल छ
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।
तिमी थियौ, म थिएँ, यसैलाई पर्खिएको
अब त पर्खाइ, खुसी छ
मामाको कोसेलीझै नबिर्सी फुलेछ
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।
हतार गर, हतार गर्छु , नओइलाई टिपीदिउँ
जीवनको बुच्चो कान सजाइदिउँ
बतासमा फुलेको दशैं फुल छ
अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ ।।
Comments
Post a Comment